२६ कार्तिक २०८० २०:३६
२६ कार्तिक २०८० २०:३६
काठमाडौं, २६ कार्तिक । आज नेपालसहित संसारभरी नै दीपावली मनाइँदैछ। त्यसको एक दिनअघि अर्थात हिजो शनिबार अयोध्यामा दीपावलीको अवसरमा दीप प्रज्वलन गरेर विश्व कीर्तिमान बनाईएको थियो । दीपावलीका दुई मुख हुन्छन्, एउटा लक्ष्मी र गणेशको पूजा गर्ने घरभित्रको हुन्छ भने अर्को अनुहार रंगीन बत्तीले झल्कने घरको हो, मानिसहरूले यो पर्वलाई दीपावली र आतिशबाजीका बीचमा मनाउँछन्। तर यी सबैको बीचमा धेरैको मनमा यो प्रश्न उठ्छ कि दीपावली मनाउने चलन कहिलेदेखि सुरु भयो ? कहिले र कहाँबाट दियो बाल्न थालियो ? आतिशबाजी कहिलेबाट भयो ? आज हामी तपाईका यी सबै प्रश्नको जवाफ दिनेछौं र तपाईलाई दिपावालीसँग सम्बन्धित धेरै रोचक जानकारी पनि बताउनेछौं।…
