Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Sports Club का नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्रिनसिपल उमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य इसलाम हवारी  त्यसैगरी बिशिस्टअतिथि तथा  विद्यालयका फाउन्डर डा. उमेश चौरसियाको उपस्थित रहेका थिए । कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा कार्यकारी सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै विद्यालय र विद्यार्थीहरूको हितमा काम गर्ने शपथ ग्रहण गराइएको थियो। शिक्षिकाहरुले नवनिर्वाचित पदाधिकारीहरूलाई टीका लगाई सम्मान गर्नुभएको थियो भने शिक्षक रवि लगायत क्लब मेन्टर तथा एडभाइजरहरूले विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान…
Read More
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भाथा बाबा) को दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरू डाक बम यात्रामा निस्किएका छन्। वीरगञ्ज–१९ बर्वा गोगका भक्तजनहरूले तिलावे नदीमा पुगेर विधिपूर्वक सोमबार बिहान ३ बजे जल भरेपछि ‘बोलबम’को जयघोष गर्दै भाथा बाबा मन्दिरतर्फ प्रस्थान गरेका हुन्। हातमा पवित्र जल बोकेर धार्मिक उत्साह र श्रद्धाका साथ भक्तजनहरू यात्रामा दर्सजनौं भक्हतजनहरु भागी भएका छन्। बर्वा देखि भाथा धाम सम्मको यात्रा कुदेर जाने डाक बम यात्रामा सहभागी भक्तजनहरूले भाथा बाबा मन्दिरमा पुगेर पवित्र जल अर्पण गर्दै पूजा तथा आराधना गर्ने जनाएका छन्। यात्राका क्रममा भक्तजनहरूले भगवान्…
Read More
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाकार आदर्श मिश्रामाथि कानुनी कारबाहीको माग गरेको छ । महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउँदै ‘आदर्श मिश्रा’ नामबाट टिकटक सञ्चालन गर्ने व्यक्तिले पत्रकारिता क्षेत्रलाई लक्षित गरी अमर्यादित, अश्लील तथा अपमानजनक शब्द प्रयोग गरेको र सामाजिक सद्भावमा समेत असर पर्ने सामग्री सार्वजनिक गरेको जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोले सार्वजनिक गरिएको भिडियो सामग्रीले पर्साका पत्रकारहरूको प्रतिष्ठामाथि आँच पुर्‍याएको उल्लेख गर्दै कुनै पनि पेशाप्रति अश्लील तथा अपमानजनक टिप्पणी गर्नु निन्दनीय र कानुनी कारबाहीको विषय भएको बताएका छन् । महतोले जिल्ला…
Read More
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।सोमबार आयोजित परवानीपुर गाउँपालिकाको १८औँ गाउँसभाको अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुइनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् । त्यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तूत गरेका थिए । जसमा शिक्षा, पूर्वाधार विकास,सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र अधुरा रहेका विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिने,कर सेवा गाउँपालिकाबाटै उपलब्ध गराउने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने तथा…
Read More
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको छ । तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेको थियो ।त्यही लापरबाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो । प्रतिवेदनमा  पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आपकर्षित हुने उल्लेख गरेको थियो । मुलुकी अपराध संहिताका २८१, २८२ र २८३  लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ ।  उक्त दफामा ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्र्याइँपूर्वक कसैको ज्यान…
Read More
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको छ। फागुन ९ गते वीरगन्जमा बसेकाे नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले प्रतिनिधिसभाको निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसंगको सीमा पूर्णरुपले बन्द गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार पर्सा र बाराका सबै सीमानाका आज (साेमबार) राति १२ बजेदेखि बन्द हुने भएको हाे।
Read More
अनिल रुङटाको पक्षमा बढ्दो जनलहर,नेपाली कांग्रेस पर्सा–१ मा २५० जेन–जी युवाको प्रवेश

अनिल रुङटाको पक्षमा बढ्दो जनलहर,नेपाली कांग्रेस पर्सा–१ मा २५० जेन–जी युवाको प्रवेश

१५ फागुन, बिरगंज । पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटाको पक्षमा चुनावी माहोल दिनप्रतिदिन बलियो बन्दै गएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ अन्तर्गतका विभिन्न वडाबाट करिब २५० जना जेन–जी युवाहरु पार्टीमा प्रवेश गरेका छन्। आयोजित कार्यक्रममा उम्मेदवार रुङटाले नवप्रवेशीहरुलाई टीका–माला लगाई औपचारिक स्वागत गर्दै युवाशक्तिको साथले परिवर्तन र विकासको अभियान अझ सशक्त बनेको बताएका छन्। क्षेत्रका सम्पूर्ण वडाबाट एकैसाथ युवाहरुको आकर्षण बढ्नुले रुङटाको जितको आधार मजबुत बन्दै गएको स्थानीय नेताहरुको दाबी छ। युवाहरुको उत्साहजनक सहभागिताले यसपटक क्षेत्र नं. १ मा नेपाली कांग्रेसप्रति जनलहर सिर्जना भएको बताइएको छ। नवप्रवेशी जेन–जी युवाहरुको भनाइ,हामी जेन–जी युवाहरु स्वच्छ राजनीति,…
Read More
सामाजिक संस्कार बिना आर्थिक समृद्धि असम्भव : मेयर सिंह

सामाजिक संस्कार बिना आर्थिक समृद्धि असम्भव : मेयर सिंह

वीरगंज वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने स्पष्ट पारेका छन् । वीरगंजमा आज सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले मानसिकताको परिवर्तन बिना दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । मेयर सिंहले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरू विशेषगरी लहैलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने उल्लेख समेत गरेका थिए । “कसैको प्रभाव वा दबाबमा नपरी युवाहरू सकारात्मक र सिर्जनात्मक कार्यमा अग्रसर हुनुपर्छ,” उनले भने। वैभवशाली वीरगंज निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले संघीय सरकारले वीरगंजलाई उपेक्षा गरेको आरोप लगाए । देशभर…
Read More
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका हुन् । आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ । क्त नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको पनि जनाइएको छ । सोही प्रमाणपत्र प्रयोग गरी…
Read More
पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

२७ मंसिर,बिरगंज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। सशस्त्र प्रहरीले यस अवधिमा सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरी भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य बराबरका विभिन्न वस्तु तथा सामान बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार सशस्त्र प्रहरीको सक्रियता बढेसँगै अवैध चोरी–तस्करी नियन्त्रणको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि भएको छ। “गत आर्थिक वर्षमा हामीले रु २८ करोड ९२…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search