Sarbocha Khabar

Advertisement

समाचार

भारतीय फूलमा बन्देज नहुदाँ पुस्तौनी पेशा धरापमा

भारतीय फूलमा बन्देज नहुदाँ पुस्तौनी पेशा धरापमा

बिशाल बस्नेत, न्युज कारखाना महाेत्तरी, ३० कात्तिक  । पुस्तौनी फूल खेती गर्दै आएका महोत्तरी बल्वा नगरपालिका-२ का राम बिनय भण्डारीले यसपालीको तिहारमा भनेजस्तो व्यापार गर्न सकेनन् । भारतवाट आयात भएका फूल कै कारण मुल्यमा आकास पताल फरक पर्ने हुदाँ बेच्न नसक्ने एउटा कारण रहयो भने माली समुदायबाहेक अन्य समुदायले पनि व्यावसायिक फूल खेती गर्दा समस्या बनेको भण्डारीको भनाई छ । उन्लाई यो तिहारमा व्यापारले भन्दा पनि पेशा नै धरासयी बन्दै गएको प्रती निक्कै चिन्ता बढाएको छ । `पुर्ख्यौली फूल खेती नै गर्ने हाम्रो पेशा हो तर माली समुदायबाहेक अन्य समुदायहरुले पनि ब्यावसायिक खेती गर्दा हामी समस्यामा पर्दै गएका छौ,´ भण्डारीले भने, `अब त पेशा नै परिवर्तन…
Read More
नेतन्याहुलाई प्रतिस्थापन गर्ने समय भयोः इजरायली विपक्षी नेता

नेतन्याहुलाई प्रतिस्थापन गर्ने समय भयोः इजरायली विपक्षी नेता

तेल अहिव, ३० कार्तिक ।  इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई प्रतिस्थापन गर्नु पर्ने माग बढेकाे छ । नेतन्याहुलाई प्रतिस्थापन गर्ने र उनको अति दक्षिणपन्थी मन्त्रिपरिषद्लाई प्रतिस्थापन गर्ने समय आएको इजरायलका विपक्षी दलका नेता यायर लापिडले बताए पछि इजरायलमा तरंग छाएकाे छ । ‘हामीले राष्ट्रिय पुनर्निर्माण सरकार गठन गर्नुपर्छ, लिकुडले यसको नेतृत्व गर्नेछ, नेतान्याहू र चरमपन्थीहरूलाई प्रतिस्थापन गरिनेछ,’ ल्यापिडले टविटरमार्फत भनेका छन् । इजरायली सेना र जनताले अक्टोबर ७ को आक्रमण पछि लचिलोपन देखाउँदै आएको उनले भनेका छन । जसको फाइदा प्रधानमन्त्री नेतान्याहुले लिइरहेको र जनतालाइ धोका दिएकोसमेत उनले जनाएका छन । उनले भने, ‘तर सरकारको कमजोरीको कारण देशमा आक्रमण भएको हो,…
Read More
तिहार सकिएसँगै सुरु भयो छठको तयारी

तिहार सकिएसँगै सुरु भयो छठको तयारी

२९ कात्तिक, काठमाडौँ । तिहार सकिएसँगै तराइ क्षेत्रमा छठको तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएपछि मधेसप्रदेश र जनकपुर धामको विभिन्न पोखरीलाई स्थानीय र क्लबहरूको सहयोगमा विशेषरूपमा श्रृङ्गार्न थालिएको छ । कतिपय पोखरीका घाटमा सरसफाइ पनि गरिएको छ । तराईमा छठको छुट्टै महत्त्व रहेको छ । सस्कृतीविद् राजेन्द्र बिमल तराइ क्षेत्रमा छठको बिशेष महत्व रहेको बताउँछन् । मिथिलाञ्चलको पौराणिक महत्त्व बोकेको जनकपुरधामका गङ्गा सागर पोखरी, धनुष सागर पोखरी, अरगजा पोखरी, महरासागर, रत्न सागर, गोरधोइ, अरगजासर, नोचा पोखरी, मटकोरबा पोखरी, दुधमती घाटलगायत पोखरी, नदी तलाउलाई स्थानीयवासीको विशेष सक्रियतामा सरसफाइ तथा सजाउने काम भइरहेको छ । प्रत्येक वर्ष छठ मनाउनेहरू…
Read More
भाइटीकासँगै सकियो यो बर्षको तिहार

भाइटीकासँगै सकियो यो बर्षको तिहार

२९ कात्तिक, काठमाडौँ । हिन्दु धर्मावलम्बी नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन बुधबार भाइटीका लगाएसँगै सकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १०ः५१ बजेलाई शुभ साइत तय गरेको थियो । शुभ साइतमा दिदीबहिनीहरूले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै टीका लगाइदिएका छन् । दाजुभाइहरूले पनि दिदीबहिनीहरूलाई आ—आफ्नो गच्छेअनुसारका दक्षिणा, उपहार, पक्वान्न आदि दिएर यो यो पर्व मनाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने चलन रहिआएको छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका…
Read More
टिकटक बन्द गर्ने सरकारको निर्णय, होला त कार्यान्वयन ?

टिकटक बन्द गर्ने सरकारको निर्णय, होला त कार्यान्वयन ?

कात्तिक २७, काठमाडौँ । सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत गरेको चार दिन पछि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको छ । सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउने भन्दै निर्देशिका ल्याएको सरकारले त्यसको कार्यान्वयन प्रक्रिया सुरु नगरी टिकटक प्रतिबन्ध गरेको हो । टिकटक प्रतिबन्धको निर्णयको पक्ष र विपक्ष दुबैथरि मत सार्वजनिक भएका छन् । राजनीतिक दलका कतिपय नेताहरुले टिकटक माथि प्रतिबन्धको विपक्षमा धारणा राखेका छन् । उनीहरुले टिकटकलाई मर्यादित बनाउन सरकारले नियम बनाउनुपर्नेमा प्रतिबन्ध लगाउनु उचित नहुने धारणा राखेका छन् । अन्य दलभित्रका नेताहरुको पनि फरक फरक धारणा आएको छ । टिकटक बन्द गर्ने सरकारो निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि मिश्रित प्रतिक्रिया जनाएका छन्…
Read More
दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

काठमाडौँ, २७ कार्तिक । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि सामु ओमोरोडियोनले पहिलो मिनेटमै गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएका थिए । यो यस सिजनमा बार्सिलोनाको नवौं जित हो । यो जितपछि १३ खेलमा ३० अंक भएको बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ । त्यस्तै आल्भेजको भने यो हारपछि १३ खेलमा १२ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ ।
Read More
बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

बगरमा नै सुन फलाउदै सिराहाका पूर्ण भुमिहिनहरु

बिशाल बस्नेत /न्युज कारखाना, महोत्तरी, २७ कार्तिक ।  एक बर्ष अगाडि मात्र फर्केर हेर्ने हो भने कर्जन्हा नगरपालिकाको वडा न.६ स्थित कमला नदिको किनारमा रहेको वगरमा कासघारी र बालुवा मात्र  मात्र थियो । बगर नै बगर रहेको बरहरा मिर्चैया भन्ने यस ठाउँमा दिउसै मानिसहरु आवतजावत गर्न  डराउथे । तर  बर्ष दिनको छोटो अवधीमा यही बालुवाघारी हरियाली मात्र हैन, गरिव र भुमिहिनको लागी सबथोक बनेको छ । लटरम्म फलेको खुर्सानी देखाउदै स्थानिय रामेस्वर सिंहले भने-` यदि  यो बगर नगरले  गरिखान दिएर सहयोग नगरेको भए त हामी निक्कै समस्यामा हुन्थ्यौ ।´ `पहिले बनिबुथो गरेर खान पनि खान धौधौ हुन्थ्यो, ´ एक बर्ष अगाडीको स्मरण गर्दै…
Read More
आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

आज तिहारको तेस्रो दिन, गाई पूजा गरेर मनाइँदै

कात्तिक २५, काठमाडौं । तिहारको तेस्रो दिन आज गाई पूजा गरेर मनाइँदै छ । घरमा गाई पाल्नेहरुले घरमै र नहुनेहरुले गौशालामा गई गाईको पूजाआजा गरेका हुन् । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिई मनाइन्छ । आज गौशालामा गाईलाई पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । आजका दिन नेपालीहरूको घर गोठ र गौशालामा रहेको गाईको विशेष पूजा आराधना गरी गाई तिहार मनाउने परम्परा रहि आएको छ । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।
Read More
इजरायलद्दारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

इजरायलद्दारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

गाजा, २६ कार्तिक । इजरायलको आक्रमणले अल शिफा अस्पतालको एक भाग ध्वस्त भएको छ । सो अस्पतालको कार्डियाक वार्ड ध्वस्त भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन् । एक स्वास्थ्य अधिकारीले भने कि इजरायली हवाई आक्रमणले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाको कार्डियक वार्डलाई ध्वस्त पारेको छ, यस अस्पताल वरिपरि अझै पनि लडाइँ भइरहेको छ। गाजाका उपस्वास्थ्य मन्त्री युसेफ अबु अल(रिशले एएफपीलाई भने, ‘अधिग्रहणकर्ता इजरायलले अल सिफा अस्पतालको हृदय रोग विभागलाई पूर्ण रूपमा ध्वस्त पारेको छ ।’ उनका अनुसार सो बिभागको दुई तले भवन हवाई हमलामा पूर्ण रूपमा ध्वस्त भएको छ। प्रत्यक्षदर्शीहरूले आक्रमणको पुष्टि गरेका छन, जसलाई एएफपीले स्वतन्त्र रूपमा प्रमाणित…
Read More
कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा

कोरियाली राजदुत सामसुङ एसेम्बल प्लान्ट अवलाेकन गर्न लुम्बिनीमा

भैरहवा, २६ कार्तिक । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत टाई योङ पार्कले कोरियाली उत्पादन सामसुङको एसेम्बल प्लाण्ट बन्दै गरेको कोरियाली कम्पनी हुण्डाई एसेम्बल प्लाण्ट, बेलहिया सिमा नाका र बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गरेका छन् । दुइ दिने भ्रमणमा रूपन्देही आएका उनले नवलपरासीको रामग्राक नगरपालिका स्थित गोल्छा अर्गनाईजेशन अन्तर्गतका कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन गरेका हुन् । उनले निकट भविष्यमा सञ्चालनमा आउन लागेको हुण्डाई एसेम्बल प्लाण्टको समेत अवलोकन गरेका छन् । कोरियाली कम्पनी सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको अवलोकन पश्चात उनले कोरियाली कम्पनीले नेपालमा पनि रोजगारी श्रृजना गर्न सकेकोमा खुशी ब्यक्त गरे । कोरियाकै ठूलो ब्यापारीक प्रतिष्ठान मध्येको एक सामसुङ टेलिभिजनको एसेम्बल प्लाण्टको कारण यस…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search