Sarbocha Khabar

Advertisement

पर्सा–४ मा पोखरियाका नगर अध्यक्षसहित ६५० जना कांग्रेसमा प्रवेश

Advertisement

वीरगंज । पर्सा क्षेत्र नं. ४ मा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू पार्टी परिवर्तन गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित एक वडाध्यक्षसहित सयौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सन्जय कुमार पटेलको नेतृत्वमा ४५१ जना तथा जसपा नेपाल पोखरिया नगरपालिकाका नगर अध्यक्ष एवं मेयर प्रत्याशी राजु साह र वडा नं. ३ बसन्तपुरका वडा अध्यक्ष प्रत्याशी रबिभूषण तिवारीको नेतृत्वमा थप २०० जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस पर्सा ४ का क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए।

यसैगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य विभिन्न दल परित्याग गरी दर्जनौं स्थानीय नेता तथा कार्यकर्ता पनि कांग्रेसमा समाहित भएको सचिव अहमदले बताए ।

नवप्रवेशीहरूलाई पूर्व मन्त्री एवं पर्सा क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजाल, पूर्व मन्त्री, प्रदेश सभा सदस्य एवं कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री तथा जगरनाथपुर गाउँपालिका अध्यक्ष एवं क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव लगायत नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा कांग्रेस मधेश प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, पर्साका सह–सचिव नवीन सिंह, जिल्ला कोषाध्यक्ष प्रेम बहादुर थापा, नेता बशिष्ठ नारायण कुर्मी, किशोरी साह कानु, किशोर जैसवाल, अजय पटेल लगायतको उपस्थिति रहेको थियो।

कांग्रेस प्रबेश गर्नेहरुले पर्सा ४ का उम्मेदवार रमेश रिजालाई जिताउनु सक्रिय भुमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search