Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 2

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोमबार श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरिएको थियो । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका फाउन्डर, प्रिन्सिपल, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बाढी–पहिरोमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालय परिवारले एक मिनेट मौनधारण गरेको थियो। सो अवसरमा स्थानीय स्वर्गीय सोनालाल पण्डितको तस्बिरमा माल्यार्पण गर्दै फूल तथा अबिर अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो। दिवंगत आत्माहरूको सम्झनामा विद्यार्थीहरूले क्यान्डल बत्ती बालेर समेत श्रद्धाञ्जली अर्पण गरेका थिए। विद्यालयले विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना…
Read More
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) लाई स्थानीय नीति, योजना तथा कार्यक्रमसँग प्रभावकारी रूपमा जोड्ने पहल अघि बढाएको छ। गाउँपालिकाको सभा हलमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न शाखाका प्रमुख, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई दया वा सहानुभूतिको विषयका रूपमा नभई समान अधिकार भएका नागरिकका रूपमा विकासको मूलधारमा समेट्नुपर्नेमा जोड दिएका छन्। ACCESS परियोजना अन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको प्राविधिक सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। गाउँपालिकाकी उपाध्यक्ष बविता सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका भौतिक संरचना, सार्वजनिक…
Read More
वीरगञ्जमा अवैध औषधि उत्पादन गर्ने उद्योगमा प्रहरीको छापा, सञ्चालक पक्राउ

वीरगञ्जमा अवैध औषधि उत्पादन गर्ने उद्योगमा प्रहरीको छापा, सञ्चालक पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–११ श्रीपुरस्थित एक उद्योगमा अवैध रूपमा औषधि उत्पादन, लेबलिङ तथा प्याकेजिङ गरी बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी कार्यालय पर्सा र औषधि व्यवस्था विभाग, शाखा कार्यालय वीरगञ्ज पर्साको संयुक्त टोलीले छापा मारेर विभिन्न सामग्री बरामद गर्नुका साथै एक जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार आर.पी. फार्मास्युटिकल प्रा.लि. उद्योगमा बिना इजाजत औषधि उत्पादन तथा बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा २०८३ साल साउन २९ गते दिउँसो ३ः३० बजे चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा उद्योगबाट Rectified Spirit, Hand Sanitizer, Clove Oil, लेबलिङ गर्ने मेसिन तथा लेबल छाप्ने मेसिन लगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले…
Read More
सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ को  निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णय उत्प्रेषणको आदेशले खारेज गर्ने ऐतिहासिक फैसला गरेको हो । फैसला सुनाउँदै न्यायाधीश सुवेदीले पूर्ण पाठ तयार भइसकेकोले दुईदिनभित्रमा सार्वजनिक गर्ने पनि जानकारी दिएका थिए । एक साता अघि सकिएको अन्तिम बहसपश्चात् आज सर्वोच्चले सो फैसला गरेको हो । मिडिया सोसाइटीका अख्तियारप्राप्त निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले सरकारको असंवैधानिक निर्णय खारेज हुँदा सबै मिडियाप्रति न्याय भएको प्रतिक्रिया दिएका छन् । ‘ढिलै भएपनि सरकारको…
Read More
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्वजनिक भए पछि यातायात व्यवस्था कार्यालय कलैया बाराले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । घटना २०८२ साल फागुन महिनामा कार्यालय समय भित्र भएको जनाईएको छ । सम्बन्धित व्यक्तिले आफू पत्रकार भएको परिचय दिँदै कार्यालयमा प्रवेश गरी कर्मचारीहरू माथि अनावश्यक दवाव सिर्जना गर्ने, अपशब्द प्रयोग गर्ने तथा कार्यालयको नियमित कार्यसम्पादनमा अवरोध पु¥याउने कार्य गरेपछि सामान्य विवाद उत्पन्न भएको सो विज्ञप्तीमा उल्लेख रहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो घटनाको सम्पूर्ण दृश्य नभई सानो अंश मात्र…
Read More
काठ तस्करीविरुद्ध संयुक्त छापा : परसवाबाट सालका गोलिया र फर्निचर प्रयोजनका काठ बरामद

काठ तस्करीविरुद्ध संयुक्त छापा : परसवाबाट सालका गोलिया र फर्निचर प्रयोजनका काठ बरामद

वीरगञ्ज । हिजोदेखि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा काठ तस्करीसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि पर्साको सबैया क्षेत्रमा वन संरक्षण निकायहरू सक्रिय बनेका छन्। त्यसैक्रममा सबैया साझेदारी वन उपभोक्ता समूह, सब डिभिजन वन कार्यालय सबैया, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ परसवा क्षेत्रमा छापा मारेर अवैध रूपमा लुकाइछिपाइ राखिएको सालका गोलिया तथा फर्निचर प्रयोजनका काठ बरामद गरेको छ। संयुक्त टोलीले त्रिपालले छोपेर राखिएको अवस्थामा ठूलो परिमाणमा सालको काठ फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त काठ वन क्षेत्रबाट अवैध रूपमा कटानी गरी संकलन गरिएको आशंका गरिएको छ। बरामद काठ नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया…
Read More
सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्ना

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्ना

२९,जेष्ठ बिरगंज ।  सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारकाे विभेदकारी तथा स्वेच्छाचारी निर्णयकाे विराेधमा पर्सका सञ्चारकर्मीहरुले शुक्रबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार पनि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् । धर्नामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि प्रहार गरेर जनताको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए । उनले सरकारले पत्रकारहरूको माग सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए ।   नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट…
Read More
सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहलाई आफ्नो राजनीतिक सल्लाहकार (Political Advisor) पदमा नियुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद साहले अर्जुन शाहको अनुभव, योग्यता, क्षमता, राजनीतिक सुझबुझ, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा रहेको योगदानलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी राजनीतिक सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको वताए । सांसद साहले संसदीय कार्य, जनसम्पर्क, नीति तथा परामर्श तथा निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित विविध विषयमा आवश्यक राजनीतिक सुझाव, सल्लाह र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । सांसद साहले जेनजी अगुवा समेत रहेका…
Read More
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको भन्ने गुनासो बढेपछि महानगरले मंगलबारदेखि अभियान अघि बढाएको हो। नगर प्रहरी इन्चार्ज हरि भुषाल का अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अनुगमनका लागि नेपाल प्रहरी सँगको समन्वयमा नगर प्रहरी परिचालन गरिएको छ। अनुगमन टोलीले सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए/नभएको लगायतका विषयमा जाँच गरिरहेको छ। साथै, सञ्चालन अनुमति, दर्ता, कर भुक्तानीको अवस्था, सेवा सञ्चालनको प्रकृति तथा आचारसंहिताको पालना भए/नभएको विषयमा विशेष ध्यान दिइएको नगर प्रहरी इन्चार्ज भुषालले जानकारी दिनुभयो। नाबालिका प्रयोग…
Read More
नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीरगंज शाखाले बिहिबार  “नेकोको अभियान, शिक्षामा योगदान” भन्ने मुल नाराका साथ बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कम्पनिका मधेस प्रदेश कलस्टर हेड बिक्रम आलेको निर्देशनमा विधार्थीहरुलाई पनि बिमा सम्बन्धि जानकारी हुन आवश्यक रहेको बताउदै  विद्यार्थीहरु सँग अभिमुखिकरण कार्यक्रम गरिएको बताए । नेको इन्सुरेन्स लि. वीरगंज शाखाका नितेश श्रेष्ठ, प्रनिश सापकोटाले सो स्कूलमा अध्यनरत्त कक्षा ९  का विद्यार्थीहरुलाई बिमा के हो ? बिमा कसरी हुन्छ, यसबाट हुने फाईदाहरु लगायतका विषयमा जानकारी गराएका थिए । गोल्डेन फ्युचर स्कुलका प्रिन्सिपल…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search