Sarbocha Khabar

Advertisement

पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

Advertisement

२७ मंसिर,बिरगंज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ।

सशस्त्र प्रहरीले यस अवधिमा सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरी भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य बराबरका विभिन्न वस्तु तथा सामान बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार सशस्त्र प्रहरीको सक्रियता बढेसँगै अवैध चोरी–तस्करी नियन्त्रणको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि भएको छ।

“गत आर्थिक वर्षमा हामीले रु २८ करोड ९२ लाख ५० हजार मूल्य बराबरका अवैध चोरी–तस्करीका सामान बरामद गरेका थियौँ,” उनले भने, “चालु आर्थिक वर्षमा हालसम्मकै तथ्यांक हेर्दा गत वर्षको भन्दा अझ बढी बरामद हुने अपेक्षा गरेका छौँ।”

उनका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सशस्त्र प्रहरीले बिलविजकभन्दा बढीका रु आठ करोड ५९ लाख ७२ हजार ७५० मूल्य बराबरका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। जबकि गत आर्थिक वर्षभरिमा भने रु ११ करोड ९९ लाख ४७ हजार १७८ मूल्य बराबरका यस्ता सामान बुझाइएको थियो।

पर्सा जिल्ला भारतसँग १०७ किलोमिटर खुला सीमाले जोडिएकाले चोरी–तस्करी नियन्त्रण चुनौतीपूर्ण भए पनि सशस्त्र प्रहरीले विशेष रणनीतिका साथ काम गरिरहेको उपरीक्षक भट्टले बताए।

“तालिमप्राप्त कुकुरको प्रयोग, २४ घण्टा सीमा निगरानीलगायतका उपायमार्फत चोरी–तस्करी नियन्त्रणका लागि हामी निरन्तर सक्रिय छौँ,” उनले भने, “यसको सकारात्मक प्रभाव बिरगंज भन्सार कार्यालयको राजस्व सङ्कलनमा पनि देखिएको छ।”

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा मात्रै रु ७५ अर्ब ५९ करोड राजस्व सङ्कलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने रु ६६ अर्ब ७३ करोड राजस्व सङ्कलन भएको थियो। यसअनुसार चालु आवको चार महिनामा भन्सार कार्यालयले १३ प्रतिशत अर्थात् रु आठ अर्ब ७६ करोड बढी राजस्व सङ्कलन गरेको हो।

उपरीक्षक भट्टले बेमौसमी वर्षा, जेन–जी आन्दोलन, छिमेकी मुलुक भारतको बिहार राज्यमा भएको विधानसभा निर्वाचनजस्ता प्रतिकूल अवस्थाका बाबजुद पनि राजस्व सङ्कलन उत्साहजनक हुनु सकारात्मक पक्ष भएको बताए।

“सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिरहेको छ,” उनले भने, “स्थानीय प्रशासन र नागरिकको सहयोगका कारण चोरी–तस्करी नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका छौँ।”

सशस्त्र प्रहरी बल पर्साले विपद् व्यवस्थापनमा पनि सक्रिय भूमिका खेल्दै आएको छ। गत असोज १८ र १९ गते आएको बाढीका क्रममा सुत्केरी महिलासहित डुबानमा परेका नागरिकहरूको उद्धारमा सशस्त्र प्रहरी सक्रिय रूपमा खटिएको थियो। साथै कटुवा पेस्तोलसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाइएको छ।

यसैगरी चालु आर्थिक वर्षको पाँच महिनामा सशस्त्र प्रहरीले ३५० किलोग्राम गाँजा र ३० दशमलव ९८ किलोग्राम चरेश नियन्त्रणमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search