Sarbocha Khabar

Advertisement

खेलकुद

प्याब्सन वीरगंजको आयोजनामा भोलि देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

प्याब्सन वीरगंजको आयोजनामा भोलि देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

वीरगञ्ज । वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । प्रतियोगिता प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा ज्ञानदा एकेडेमीको मैदानमा हुने बताएका छन् । प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा छात्रातर्फ २१ वटा विद्यालय र छात्रतर्फ २० वटा विद्यालयहरुले सहभागिता जनाउने जानकारी दिएका थिए । नेपाल विद्यालय खेलकुद महासंघ सँगको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा पहिलो पटक टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा हुने खेलमा प्रत्येक टोलीमा ११ जना खेलाडी रहनेछन् भने फिल्डिङ गर्ने क्रममा ९ जना मात्र मैदानमा रहनेछन् । प्रतियोगिता…
Read More
कतारविरुद्ध नेपालका आसिफ शेखले बनाए अर्धशतक

कतारविरुद्ध नेपालका आसिफ शेखले बनाए अर्धशतक

१ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपमा कतारविरुद्धको खेलमा नेपालका आसिफ शेखले अर्धशतक पूरा गरेका छन् । ओपनर ब्याटर उनले ३९ बलमा ६ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । उनको अर्धशतक मद्दतमा नेपालले १३.४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १२० रन बनाएको छ । नेपालका कुशल भुर्तेलले १२ र कप्तान रोहित पौडेलले १८ रन बनाएर आउट भए । आसिफलाई साथ दिइरहेका कुशल मल्ल भने ३५ रन बनाएर आउट भए । १८ बल खेलेका उनले ३ छक्का र २ चौकाको मद्दतमा ३५ रन बनाएका हुन् । आसिफ ५२ रन बनाएर आउट भएका छन् । अनलाईन खबर
Read More
यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

१३ मंसिर,काठमाडौं ।  एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो । देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ । नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकास त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र् आकास चन्द रहेका छन् । यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ…
Read More
दोस्रो हारपछि जिम्बाबेको टी-२० विश्वकप छनौट संकटतर्फ

दोस्रो हारपछि जिम्बाबेको टी-२० विश्वकप छनौट संकटतर्फ

मंसिर १०, काठमाडौं । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटमा जिम्बाबेले दोस्रो हार बेहोरेको छ । आइतबार सम्पन्न खेलमा युगान्डाले जिम्बाबेलाई ५ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३७ रनको लक्ष्य पछाएको युगान्डाले १९.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३६ रन बनाएको थियो । अफ्रिका छनौट अन्तर्गत जिम्बाबेको यो दोस्रो हार हो । यसअघि जिम्बाबे नामिबियासँग ७ विकेटले पराजित भएको थियो । अफ्रीका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिष्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा,…
Read More
केनको गोलमा बायर्न म्युनिख विजयी

केनको गोलमा बायर्न म्युनिख विजयी

  काठमाडौँ, ९ मङ्सिर । जर्मनीको बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले क्लोन क्लबलाई पराजित गरेको छ । गए राती सम्पन्न खेलमा बायर्न म्युनिखले क्लोमलाई १-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा खेलको २०औँ मिनेटमा ह्यारी केनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । ह्यारी केनको यस सिजनको लिगमा यो १८औँ गोल हो । यो जितपछि बायर्न म्युनिख लिगको शीर्ष स्थानमा उक्लिएको छ । बायर्नको १२ खेलमा ३२ अङ्क भएको छ । त्यस्तै एक खेल कम खेलेको लेभरकुसेनको ३१ अङ्क रहेको छ । त्यसै गरी क्लोन भने १२ खेलमा ६ अङ्कसहित पुछारमा रहेको छ ।
Read More
आजबाट सुपर लिग: उद्घाटन खेलमा काठमाडौँ र इलाम आमुन्ने सामुन्ने

आजबाट सुपर लिग: उद्घाटन खेलमा काठमाडौँ र इलाम आमुन्ने सामुन्ने

काठमाडौँ, ८ मङ्सिर । नेपाल सुपर लिग आजबाट सुरु हुदैँछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रङ्गशालामा सुरु हुँदै छ । जस अन्तर्गत कुल ४० खेल हुनेछन् । आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौँ र इलाम आमुने सामुने हुनेछन् । सुपर लिगको दोस्रो संस्करणको नवप्रवेश टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ भने उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौँले विदेशी खेलाडीलाई पनि अनुबन्धित गरेको छ ।
Read More
टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

टी-२० विश्वकपको अफ्रिका छनौटमा जिम्बाबेमाथि नामिबियाको जित

काठमाडौँ, ७ मङ्सिर । आइसीसी टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका छनौटको खेलमा जिम्बाबेले नामिबियासँग हार बेहोरेको छ । अफ्रिका छनौटको पहिलो खेलमा नामिबियाले जिम्बाबेलाई ७ विकेटले पराजित गरेको हो । जिम्बाबेले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले १४.४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि जिम्बाबेले पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो । अफ्रिका छनौटबाट २ देश विश्वकपमा छनौट हुने छन् । जसमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् । अफ्रिका छनौटमा नामिबिया र जिम्बाबेसहित युगान्डा, केन्या, नाइजेरिया, रुवान्डा र तान्जानिया सहभागी रहेका छन् । अब जिम्बाबेले अर्को खेल आज तान्जानियासँग खेल्दै छ…
Read More
आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै

आजदेखि केपी ओली कप टी-२० क्रिकेट, १२ टिम खेल्दै

काठमाडौँ, ७ मङ्सिर। गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखि १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । आज पहिलो दिन बागमती प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातोबिच खेल हुँदै छ । यो खेल बिहान ११ बजेदेखि पोखरा रङ्गशालामा हुँदै छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले पोखरामा आयोजना गर्ने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख,…
Read More
युरोकपमा छानियो क्रोएसिया

युरोकपमा छानियो क्रोएसिया

काठमाडौँ, ६ मङ्सिर । क्रोएसिया युरोकप २०२४ मा छनौट भएको छ । मङ्गलवार राति सम्पन्न समूह डी अन्तर्गतको खेलमा अर्मेनियालाई १-० गोल अन्तरले पराजित गर्दै क्रोएसिया युरोकपमा छनौट भएको हो ।   क्रोएसियाको जितमा खेलको ४३औँ मिनेटमा आन्ट बुडीमिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि क्रोएसियाको समूह डी मा ८ खेलमा १६ अङ्क भएको छ र समूह उपविजेता हुँदै युरोकपमा छनौट भएको छ । यस समूहबाट समूह विजेता हुँदै टर्की युरोकपमा छनौट भएको छ ।   यो सँगै अब प्लेअफबाट छनौट हुने तीन देश बाहेक युरोकपमा खेल्ने २१ को टुङ्गो लागेको छ । युरोकप २०२४ को…
Read More
विश्वकप फुटबलको छनोटमा अर्जेन्टिनासँग ब्राजिल पराजित

विश्वकप फुटबलको छनोटमा अर्जेन्टिनासँग ब्राजिल पराजित

मंसिर ६, काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो । विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वे विरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ । ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो । तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए । विश्वकप छनोटमा ब्राजिल पहिलो पटक घरेलु मैदानमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search