Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

३ फागुन, काठमाडौं । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको १२ औं  महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा पर्साका कमलेश सहनी निर्बिरोध निर्वाचित भएका छन । पर्साको कालिकामाई गाउँपालिका-२ गदियानी निवासी सहनी हाल पर्साकाे अध्यमन कार्यालयमा सुब्बा पदमा कार्यरत छन।
Read More
प्याब्सन वीरगंजको आयोजनामा भोलि देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

प्याब्सन वीरगंजको आयोजनामा भोलि देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

वीरगञ्ज । वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । प्रतियोगिता प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा ज्ञानदा एकेडेमीको मैदानमा हुने बताएका छन् । प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा छात्रातर्फ २१ वटा विद्यालय र छात्रतर्फ २० वटा विद्यालयहरुले सहभागिता जनाउने जानकारी दिएका थिए । नेपाल विद्यालय खेलकुद महासंघ सँगको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा पहिलो पटक टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा हुने खेलमा प्रत्येक टोलीमा ११ जना खेलाडी रहनेछन् भने फिल्डिङ गर्ने क्रममा ९ जना मात्र मैदानमा रहनेछन् । प्रतियोगिता…
Read More
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

काठमाडौंँ, २२ माघः (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नुभएको छ । बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गर्नुभएको हो । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई  खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु…
Read More
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ, २ माघः  (रासस) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ८१, वित्त तीन दशमलव ४८, लगानी शून्य दशमलव शून्य सात, लघुवित्त शून्य दशमलव ५२, म्युचुअल फण्ड शून्य…
Read More
वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

वीरगंज २६ पुष । वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नगरसभाको १६ औं अबिधेशनको शुक्रबार (आज) एक समारोहका बिच महानगर प्रमुखले उद्घाटन गर्नुहुदै नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताए। उनले चालु आर्थिक बर्षकालागि नगरसभाले स्विकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताए । उहनले बजेट…
Read More
वीरगंजमा एकसाथ करिब १३ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंजमा एकसाथ करिब १३ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंज २८ कार्तिक । वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगंजको आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले छात्राहरुलाई प्रशिक्षण दिनुभएको थियो । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको आज एक कार्यक्रमका बिच खानेपानी मन्त्रि प्रदिप यादवले उद्घाटन गर्नुहुदै सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले वीरगंज महानगर पालिकाले एकसाथ नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न…
Read More
प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा ८ महिला सहित ८० जनाले गरे रक्तदान

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा ८ महिला सहित ८० जनाले गरे रक्तदान

११ असोज, वीरगंज । प्राइम कमर्सियल बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेश कार्यालयको आयोजनामा बैंकको आदर्शनगर वीरगंज शाखाले “रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ शुक्रवार बैंक परिसरमा आयोजित कार्यक्रममा ८ महिला सहित ८० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ । रक्तदान गर्नेहरुमा दिपेश राय, शैलेन्द्र प्रसाद कुर्मी, समिम हवारी, रमेश पंडित, अकलेश प्रसाद कुर्मी, दिलिप कुमार साह, दयाकान्त प्रसाद ओझैया, कर्तव्य सिंह लगायतकाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र सिंहले बताए । सो रक्तदान कार्यक्रममा प्रईम बैंक वीरगंज शाखाका प्रबन्धक मेघनाथ सोनार, नरेश शर्मा, नितेस कुमार, मनमोहन शर्मा, निजगढ…
Read More
रेल्वे मा.वि.को व्यवस्थापन समिति विगठन गर्ने महानगरको निर्णयलाई उच्च अदालतको सदर

रेल्वे मा.वि.को व्यवस्थापन समिति विगठन गर्ने महानगरको निर्णयलाई उच्च अदालतको सदर

४ असोज,वीरगंज। वीरगंजको नेपाल रेल्वे माद्यमिक विद्यालयको व्यवस्थापन समिति खारेज गर्ने महानगरपालिकाको निर्णय उच्च अदालतले सदर गरेको छ । महानगरले नियम विपरित व्यवस्थापन समिति खारेज गरेको भन्दै समितिका अध्यक्ष विजय बाबु रौनियार, सदस्य राजनबाबु रौनियार समेतले अन्तरिम आदेश पाउँ भन्दै दायर गरेको रिट उच्च अदालत वीरगंजले खारेज गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले महानगरले नियम संगत नै व्यवस्थापन समिति खारेज गरेको ठहर गर्दै अन्तरिम आदेश दिइरहनु नपर्ने आदेश गरेको हो । वीरगंज महानगरपालिकाले विद्यालयको व्यवस्थापन समिति अध्यक्ष रौनियार सहितले विद्यालयको व्यवस्थापन सही ढंगले गर्न नसकेको, समितिको…
Read More
दुर्घटना पछि गठ्ठाघरको अवस्था तनावग्रस्त

दुर्घटना पछि गठ्ठाघरको अवस्था तनावग्रस्त

३१ साउन । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेकोछ । स्थानीयहरुका अनुसार दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।  स्थानीयले ट्रक चालकलाई कारबाही  माग गर्दै प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् । दुर्घटनामा मृत्यु भएको महिलाको नामथर र ठेगाना खुलेको छैन । उनलाई ट्रकको चक्काले चेपेको  थियो । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले…
Read More
त्रिशूलीमा २ बर्ष दुर्घटना अपडेट: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

त्रिशूलीमा २ बर्ष दुर्घटना अपडेट: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।” काठमाडौँबाट गौरतर्फ आउँदै गरेको…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search