Skip to main content

Sarbocha Khabar

Advertisement

प्याब्सन वीरगंजको आयोजनामा भोलि देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

Advertisement

वीरगञ्ज । वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ ।

प्रतियोगिता प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा ज्ञानदा एकेडेमीको मैदानमा हुने बताएका छन् । प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा छात्रातर्फ २१ वटा विद्यालय र छात्रतर्फ २० वटा विद्यालयहरुले सहभागिता जनाउने जानकारी दिएका थिए ।

नेपाल विद्यालय खेलकुद महासंघ सँगको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा पहिलो पटक टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा हुने खेलमा प्रत्येक टोलीमा ११ जना खेलाडी रहनेछन् भने फिल्डिङ गर्ने क्रममा ९ जना मात्र मैदानमा रहनेछन् ।

प्रतियोगिता संयोजक तथा वीरगञ्ज महानगर समितिका सचिव अमित आलोकका अनुसार एक दिनमा चार वटा खेल हुनेछन् । प्रतियोगिताका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम रहनेछन् ।

आजको पत्रकार सम्मेलनमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान, नेपाल विद्यालय खेलकुद महासंघ पर्साका अध्यक्ष एवं प्याब्सन वीरगञ्जका निवर्तमान अध्यक्ष आलोक चौरसिया, प्याब्सनका सुमन दास, जे.पी चौरसिया, हरिश्याम ठाकुर, रामकिशोर यादव, आभाष क्षेत्री लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरूको  उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search