Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

काठमाडौं । पारिजात स्मृति केन्द्रको ३०औँ वार्षिक साधारण सभा २०८० साल असोज ६ गते पारिजात स्मृति भवन म्हेपि, नयाँबजारमा सम्पन्न भयो । मार्क्सवादी सांस्कृतिक मोर्चाका संयोजक एवम् प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सभाको सभापतित्व केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो ।   साधारण सभामा महासचिव दीलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०७९ / ०८० को लेखा परीक्षण प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको थियो ।   साधारण सभाले अध्यक्ष डा. राजेन्द्रप्रसाद अधिकारी तथा कोषाध्यक्ष देवीका तिमिल्सिनाले कार्य व्यस्तताको कारण देखाउँदै दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।  रिक्त अध्यक्ष तथा कोषाध्यक्ष पदमा क्रमशः मातृका…
Read More
चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

 काठमाडौँ । चीनका हाङ्चाओ सहरमा शनिवारदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदै छ ।  एसियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्नुहुनेछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनुहुनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर…
Read More
‘उसले आज सरकार चिन्यो’

‘उसले आज सरकार चिन्यो’

बाह्रबिसेको बस स्टपमा बोकाएर ल्याएपछि नैन भन्ने नैनबहादुरले आफ्नो जहानलाई एउटा शीतल ठाउँ खोजी थकाइ मार्न लगायो र आफू तरकारी पसलतिर लम्क्यो । केही छिनपछि अलिकति दही, च्यूरा, आलुको तरकारी र पानी लिएर ऊ फर्क्यो । अनि, आफ्नो जहानलाई खान कर लगाउँदै भन्यो, ‘खा खा अलिक बेथालाई त खाएकैले जित्छ । भरै अस्पताल पुग्नेसाथै तोक लाग्यो भने भर्ना हुन पाइहाल्छेस् खाने चाँजो मिल्ने हो होइन, खा खा ।’ पहेँली, ख्याउटी, फुकीढल भएकी स्वास्नी मान्छे, जो दोहोरो सास फेरिरहेकी थिई, सुस्केरा जस्तो आवाजमा आफ्नो लोग्नेलाई भनी, ‘टुङ्गोमा पुग्छु जस्तो लागेको छैन मलाई, खै रगत त्यत्तिकै आइरहेको छ ।’ त्यसपछि उसले खोकी,…
Read More
आफु पिडामा हुँदा पनि सेवा गर्दै हिँड्ने प्रमिता

आफु पिडामा हुँदा पनि सेवा गर्दै हिँड्ने प्रमिता

क्यान्सर लगायतको रोगको नाममा कुनै एनजिओ खोल्ने । थोरै काम गर्ने, त्योभन्दा कैयौँ धेरै आफ्नो स्वार्थ पुरा गर्ने थुप्रै सङ्घ–संस्थाहरू भेटिन्छन् । तर त्यस प्रकारका सङ्घ–संस्थाभन्दा फरक प्रकारले काम गर्छिन्, अभियन्ता प्रमिता  खनाल । काठमाडौँको बुढानीलकण्ठ बस्ने प्रमिता  भन्छिन्, ‘हामी पूर्ण निस्वार्थ भावनाले काम गरेका छौँ । आफ्नै खल्तीबाट पैसा खर्च भएको छ । संस्थाको एक रुपैयाँ पैसा पनि लिएका छैनौ ।’ क्यान्सर सरभाईबरहरुको शरीर आफैमा सेन्सेटीभ हुन्छ । विभिन्न प्रकारका भाइरसहरूले चुनौती बढिरहेको अवस्थामा कसरी समाजसेवामा सक्रिय हुन सक्नुभएको छ भन्दा अभियन्ता प्रमिता  भन्छिन्, ‘सरभाईबरहरुको अवस्था कस्तो छ ? अवस्था हरेर हामी मिलाएर काम गर्छौ । एकदमै हाई रिस्क…
Read More
‘मसालको पार्टी सदस्य बन्न बर्षौ कुर्नुपर्‍यो’

‘मसालको पार्टी सदस्य बन्न बर्षौ कुर्नुपर्‍यो’

राम कार्की कुनै एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दा सिधै केन्द्रीय समितिको पद पाइहाल्ने संस्कृति विकास भएको अवस्था छ । तर नेकपा(मसाल)मा पार्टी प्रवेश गर्दा पार्टी सदस्य पाउन बर्षौ कुर्नु परेको बताउनुहुन्छ, नेता राम कार्की । महामन्त्री मोहन विक्रम सिंहसँग पार्टी सदस्यताको लागि अनुरोध गर्दा पनि ‘बाहिरबाट आउनेको परीक्षण काल बढी हुने भएकोले अझ लामो प्रक्रियामा जानुपर्ने भन्नुभएको’ बताउनु हुन्छ, नेता कार्की ।  ‘आफूभन्दा तल्लो समितिमा काम गर्ने कार्यकर्ता, क्षेत्रीय स्तरको नेता हुँदा पनि आफू सदस्यताको लागि सङ्घर्ष गरिरहनु परेको’ वहाँ बताउनुहुन्छ – ‘पार्टीको प्रक्रियामा जानुपर्दछ भन्दा म लामो समयसम्म मसालको नजिकको मान्छे जस्तो मात्र भए । धेरै लामो प्रक्रिया…
Read More
पढ्न मन लाग्दैन, के गर्ने ? 

पढ्न मन लाग्दैन, के गर्ने ? 

पढ्न बस्यो । तर पढ्नै मन लाग्दैन । त्यस्तो किन हुन्छ होला ? मनलाई नियन्त्रण गर्न नसक्दा पढ्ने कुरा गाह्रो भइरहेको हुन्छ । यो समस्याको समाधानको उपाय के हो त ? त्यस्ता केही टिप्सहरू बारे चर्चा गरौँ ।    १) पढाइमा अवरोध गर्ने मोबाइलजस्ता चिजहरूलाई आफूभन्दा टाढा राख्ने ।  २) आफू बस्ने कोठामा सामानहरू जथाभाबी फालिएको हुनुहुँदैन । पढ्ने कोठा शान्त होस् ।  ३) ओछ्यानमा बसेर पढ्दा अल्छी लाग्छ । त्यसैले त्योभन्दा टाढा बसेर पढौँ ।  ४) आफूले पढ्ने विषयको समय सारणी बनाऔं ।  ५) एउटा समयमा एउटा विषय मात्र पढ्ने ।  ६) पढ्ने समयमा पढाइमा मात्र केन्द्रित हुने । अरू विषयमा…
Read More
पुटिन–किम वार्ताले नाटोलाई तनाव

पुटिन–किम वार्ताले नाटोलाई तनाव

उत्तर कोरियाका शासक किम जोग उन र रुसी राष्ट्रपति पुतीनका बिच १२ सेप्टेम्बर बिहान भेटवार्ता सम्पन्न भएको छ । नेता किम विशेष रेलमा चढी आज बिहानै रुसी सहर व्लादिवोस्तोक सहर पुगेका हुन् । सो रेलमा २० वटा बुलेट प्रुफ गाडीहरू पनि रहेको जानकारी हुन आएको छ ।  उत्तर कोरियाको हतियार र युद्ध सामग्रीसँग सम्बन्धित अफिसरहरू पनि सँगै यात्रामा रहेको जानकारी हुन आएको छ । सन् २०१९ पछि पहिलो पटक हुन लागेको यो वार्ताले दुवै देशको सम्बन्धमा सुधार हुने क्रिमलिनका प्रवक्ता डिमीट्री पेस्कोवले बताएका छन् ।   दुई देशको भेटवार्ता हतियार खरिदबिक्री हुनसक्ने भन्दै नाटोको लागि टाउको दुखाइको विषय बनेको छ ।…
Read More
पुँजीवादी आर्थिक सङ्कटको असफल प्रयास जी २० : भट्ट 

पुँजीवादी आर्थिक सङ्कटको असफल प्रयास जी २० : भट्ट 

काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुला डा सिल्वालाई अध्यक्ष बनाउँदै जी २० समिट समापन भएको छ । यसका साथै आगामी वर्ष हुने जी २० समिटको आयोजना समेत ब्राजिलले गर्नेछ । भारतका राष्ट्रपति नरेन्द्र मोदीले संस्कृत भाषामा स्वस्ति अस्तु विश्यस्य ! अर्थात सम्पूर्ण विश्वमा आशा र शान्तिको सञ्चार होस् भन्दै जी २० समिटको समापन गरेका हुन् ।  जी २० को अध्यक्षको भूमिका ग्रहण गर्दै ब्राजिलका राष्ट्रपतिले ३ वटा विषयलाई प्राथमिकता दिने बताए–१) सामाजिक न्याय र भोकमरीका विरुद्ध लडाई २) दिगो विकास ३) संसारका संस्थानहरूमा परिवर्तन ।  के यस प्रकारको समिटले विश्वमा सामाजिक न्यायका पक्षमा काम गर्छ त ? यो विषयमा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search