Skip to main content

Sarbocha Khabar

Advertisement

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भाथा बाबा) को दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरू डाक बम यात्रामा निस्किएका छन्।

वीरगञ्ज–१९ बर्वा गोगका भक्तजनहरूले तिलावे नदीमा पुगेर विधिपूर्वक सोमबार बिहान ३ बजे जल भरेपछि ‘बोलबम’को जयघोष गर्दै भाथा बाबा मन्दिरतर्फ प्रस्थान गरेका हुन्।

हातमा पवित्र जल बोकेर धार्मिक उत्साह र श्रद्धाका साथ भक्तजनहरू यात्रामा दर्सजनौं भक्हतजनहरु भागी भएका छन्।

बर्वा देखि भाथा धाम सम्मको यात्रा कुदेर जाने डाक बम यात्रामा सहभागी भक्तजनहरूले भाथा बाबा मन्दिरमा पुगेर पवित्र जल अर्पण गर्दै पूजा तथा आराधना गर्ने जनाएका छन्।

यात्राका क्रममा भक्तजनहरूले भगवान् शिवको जयजयकार गर्दै बोल भन्दै  धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएका छन्।


भाथा बाबा मन्दिरमा हरेक वर्ष विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालुहरू दर्शन तथा पूजाअर्चनाका लागि आउने गर्छन्। यस यात्राले स्थानीय धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको भक्तजनहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search