Sarbocha Khabar

Advertisement

सामाजिक संस्कार बिना आर्थिक समृद्धि असम्भव : मेयर सिंह

Advertisement

वीरगंज
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने स्पष्ट पारेका छन् । वीरगंजमा आज सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले मानसिकताको परिवर्तन बिना दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए ।


मेयर सिंहले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरू विशेषगरी लहैलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने उल्लेख समेत गरेका थिए । “कसैको प्रभाव वा दबाबमा नपरी युवाहरू सकारात्मक र सिर्जनात्मक कार्यमा अग्रसर हुनुपर्छ,” उनले भने। वैभवशाली वीरगंज निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले संघीय सरकारले वीरगंजलाई उपेक्षा गरेको आरोप लगाए । देशभर आपूर्ति हुने अधिकांश सामान वीरगंज हुँदै जाने गरे पनि केवल ढुवानी मार्गका रूपमा सीमित हुँदा यहाँका नागरिकले धुलो–धुवाँ सहनुपरेको र अपेक्षित सुविधा नपाएकोप्रति उहाँले असन्तोष व्यक्त गरे।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले उद्यमशीलताको विकास अपरिहार्य रहेको बताउदै अब जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिएका थिए । आर्थिक संस्कारले नै बजारलाई चलायमान बनाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उहाको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुत मार्ग निर्माणपछि वीरगंजको तीव्र विकास हुने विश्वास व्यक्त गरेका थिए । एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी), सुख्खा बन्दरगाह (ड्राइपोर्ट) र वीरगंज भन्सार कार्यालय जस्ता संरचना हुँदाहुँदै पनि त्यसको प्रत्यक्ष लाभ शहरले लिन नसकेको उनले बताए ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले वीरगञ्जसँगै पर्सा र बारा जिल्लासमेत प्रभावित हुने गरी सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धराशायी हुँदै गएको र तीनै तहका करको बोझका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उहाँले चिन्ता व्यक्त गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगंज आफैंमा आर्थिक संस्कारयुक्त शहर भए पनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गर्दै बिरगंजको पहिचान जोगाउन यहाँ रहेका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवद्र्धन आवश्यक रहेको उनले जानकारी दिए ।
पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगंजको दिगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुको साथै संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले पनि आर्थिक चेतना र सहकार्यबाट मात्र वीरगंजको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने धारणा राखेका थिए  ।
कार्यक्रममा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा. निरज कुमार सिंह, रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साह, अर्थविद् डा. दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए।
अन्तरक्रियामा सहभागीहरूले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्चिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search