Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

वीरगंजमा एकसाथ करिब १३ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंजमा एकसाथ करिब १३ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंज २८ कार्तिक । वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगंजको आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले छात्राहरुलाई प्रशिक्षण दिनुभएको थियो । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको आज एक कार्यक्रमका बिच खानेपानी मन्त्रि प्रदिप यादवले उद्घाटन गर्नुहुदै सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले वीरगंज महानगर पालिकाले एकसाथ नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न…
Read More
प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा ८ महिला सहित ८० जनाले गरे रक्तदान

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा ८ महिला सहित ८० जनाले गरे रक्तदान

११ असोज, वीरगंज । प्राइम कमर्सियल बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेश कार्यालयको आयोजनामा बैंकको आदर्शनगर वीरगंज शाखाले “रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ शुक्रवार बैंक परिसरमा आयोजित कार्यक्रममा ८ महिला सहित ८० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ । रक्तदान गर्नेहरुमा दिपेश राय, शैलेन्द्र प्रसाद कुर्मी, समिम हवारी, रमेश पंडित, अकलेश प्रसाद कुर्मी, दिलिप कुमार साह, दयाकान्त प्रसाद ओझैया, कर्तव्य सिंह लगायतकाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र सिंहले बताए । सो रक्तदान कार्यक्रममा प्रईम बैंक वीरगंज शाखाका प्रबन्धक मेघनाथ सोनार, नरेश शर्मा, नितेस कुमार, मनमोहन शर्मा, निजगढ…
Read More
रेल्वे मा.वि.को व्यवस्थापन समिति विगठन गर्ने महानगरको निर्णयलाई उच्च अदालतको सदर

रेल्वे मा.वि.को व्यवस्थापन समिति विगठन गर्ने महानगरको निर्णयलाई उच्च अदालतको सदर

४ असोज,वीरगंज। वीरगंजको नेपाल रेल्वे माद्यमिक विद्यालयको व्यवस्थापन समिति खारेज गर्ने महानगरपालिकाको निर्णय उच्च अदालतले सदर गरेको छ । महानगरले नियम विपरित व्यवस्थापन समिति खारेज गरेको भन्दै समितिका अध्यक्ष विजय बाबु रौनियार, सदस्य राजनबाबु रौनियार समेतले अन्तरिम आदेश पाउँ भन्दै दायर गरेको रिट उच्च अदालत वीरगंजले खारेज गर्दै अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले महानगरले नियम संगत नै व्यवस्थापन समिति खारेज गरेको ठहर गर्दै अन्तरिम आदेश दिइरहनु नपर्ने आदेश गरेको हो । वीरगंज महानगरपालिकाले विद्यालयको व्यवस्थापन समिति अध्यक्ष रौनियार सहितले विद्यालयको व्यवस्थापन सही ढंगले गर्न नसकेको, समितिको…
Read More
दुर्घटना पछि गठ्ठाघरको अवस्था तनावग्रस्त

दुर्घटना पछि गठ्ठाघरको अवस्था तनावग्रस्त

३१ साउन । भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेकोछ । स्थानीयहरुका अनुसार दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।  स्थानीयले ट्रक चालकलाई कारबाही  माग गर्दै प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् । दुर्घटनामा मृत्यु भएको महिलाको नामथर र ठेगाना खुलेको छैन । उनलाई ट्रकको चक्काले चेपेको  थियो । ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले…
Read More
त्रिशूलीमा २ बर्ष दुर्घटना अपडेट: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

त्रिशूलीमा २ बर्ष दुर्घटना अपडेट: नदीमा बेपत्ता बसको खोजी कार्य सुरु

नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालबाट त्रिशूली नदीमा खसेका दुई बसका यात्रुको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरुको खोजी गर्न थालेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार रातिमा काम गर्न नसकिने भएकाले शुक्रबार साँझ खोजीकार्य रोकिएको थियो । नदीमा पानीको मात्रा बढी भएको तथा धमिलो पानीमा यात्रुको खोजी गर्न समस्या देखिएपछि गए राति खोजीकार्य रोकिएको थियो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले सम्भावित सबै स्थानमा हराइरहेका यात्रुको खोजी गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “धमिलो पानीकैबीच खोज र उद्धार थालेका छौँ ।” काठमाडौँबाट गौरतर्फ आउँदै गरेको…
Read More
नेपाल युवा परिषद्द्धारा श्री नेपाल स्काउट निमावि ईटियाहीमा बृक्षारोपण सम्पन्न

नेपाल युवा परिषद्द्धारा श्री नेपाल स्काउट निमावि ईटियाहीमा बृक्षारोपण सम्पन्न

वीरगंज । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा नेपाल युवा परिषद्ले असार १४ गते देखि २१ गतेसम्म देशभरी नै “एक युवा एक विरुवा” अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा अभियानको अन्तिम दिन शुक्रवार नेपाल युवा परिषद् पर्साको आयोजना र बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाही स्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । श्री नेपाल स्काउट निमाविका व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियाको विशेष सक्रियतामा स्कूल परिसरमा विभिन्न प्रजातिका करिब ५०० विरुवा रोपिएको हो । नेपाल युवा परिषद्का मधेश प्रदेश संयोजक श्रवण प्रसाद साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का…
Read More
पत्रकारिताको जग बलियो बनाउनमा महानगर सहयोग गर्न तयार छ ः प्रमुख सिंह

पत्रकारिताको जग बलियो बनाउनमा महानगर सहयोग गर्न तयार छ ः प्रमुख सिंह

६ असार,वीरगंज वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताएका  छन् । आजदेखि सुरु भएको तीन दिने आम संचारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताए । मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उनले वीरगंजको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री प्रकासित गर्ने पनि  आग्रह गरेका थिए । कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागि पर्नु पर्नेमा पनि उनले जोड दिए । काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि…
Read More
क्कली प्रमाण पत्रका आधारमा जागिर खाएका उपअनुसन्धान निर्देशकलाई भ्रष्टाचार मुद्दा

क्कली प्रमाण पत्रका आधारमा जागिर खाएका उपअनुसन्धान निर्देशकलाई भ्रष्टाचार मुद्दा

२७ जेठ, काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ । उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको भनाइ छ । अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग…
Read More
वीरगंज-१९ मा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

वीरगंज-१९ मा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न

बीरगंज । पर्साको बीरगंज महानगरपालिका वडा नं. १९ मा रहेको बिन्दवासिनी स्वास्थ्य चौकीमा शनिवार निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । बीरगंज महानगरपालिका वडा नं. १९ को योजनामा सम्पन्न शिविरबाट १७० जना महिला र १३० जना पुरुष गरि जम्मा ३०० जना लाभान्वित भएको स्वास्थ्य चौकी प्रमुख शिव हरि तिवारीले बताए । शिविरमा जेष्ठ नागरिक विशेषज्ञ डा. अनुपम उपाध्याय, नेत्र रोग विशेषज्ञ डा.पवन राज पटेल, बाल तथा शिशुरोग विशेषज्ञ डा. आनन्द रौनियार, स्त्री रोग विशेषज्ञ डा. नाज्दा , फिजिसियन डा. शैलेजानन्द भुरेर लगायतको टिमले आँखा तथा स्वास्थ्य परीक्षण गरेका थिए । वीरगंज महानगरपालिका वडा नं. १९ का कार्यवाहक अध्यक्ष…
Read More
पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

पोखरीयामा योजना शाखा प्रमुख पाण्डेले अग्रिम कमिशन असुल्दै

३१ बैशाख,वीरगंज । पाेखरिया नगरपालिकाका याेजना शाखा प्रमुख संजय पाण्डेले मेयर प्रधुन चाैहानलाई प्रभावमा पारेर याेजना बिक्री गरिरहेकाे सामाचार प्राप्त भएकाे छ । पाेखरिया नगरपालिकामा हालीमुहाली रहेका पाण्डेले विभिन्न ठेक्दारहरुसंग विकास निर्माणकाे याेजना उपलब्ध गराइदिने भन्दै अग्रिम कमिशन असुल्दै आएका छन् । समाचार स्राेतका अनुसार उनले एउटै याेजनाकाे लागि २/३ जना ठेक्दारसंग कमिशन वापतकाे रकम असुल्दै आएका छन् । याेजना कै लागि उनकाे अघिपछि दिनहुँ विभिन्न ठेक्दारहरु घुमिरहेकाे प्रत्यक्ष रुपमा देख्न सकिन्छ । तत्कालिन जिल्ला विकास समितिकाे जिन्सि शाखा प्रमुख हुँदादेखि नै ठेक्दारसंग सेटिङ मिलाउन माहिर मानिएका उनी पाेखरिया नगरपालिकामा त्यँही काम गर्दै आएका छन् । उनले जिल्ला विकास समितिकाे…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search