Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

सर्वोच्चको फैसलामा कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय

सर्वोच्चको फैसलामा कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय

६ चैत,वीरगंज । सर्वाेच्च अदालतले फागुन २८ गते वीरगंजको मुख्य सडक (मेन रोड) विस्तारको पक्षमा फैसला गरेपछि वीरगंज महानगरपालिकाले मंगलबार सडक क्षेत्रमा पर्ने सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरूसँग बैठक आयोजना गरेको छ । बैठकमा सडक क्षेत्राधिकार (दायाँ/बायाँ २५/२५ मिटर) भित्र पर्ने आफ्ना संरचना तत्काल हटाउने प्रतिबद्धता सरकारी कार्यालयका प्रमुखहरूले व्यक्त गरेका छन् । यसअघि वीरगंज भन्सार कार्यालय, नारायणी सिंचाई कार्यालय र नेपाल बैंक लिमिटेड सिटी अफिस वीरगंजले सडक क्षेत्राधिकार छाडेर आफ्ना संरचना निर्माण गरिसकेका छन् । अन्य सरकारी कार्यालयहरूले पनि आफ्ना संरचना हटाउने प्रतिबद्धता जनाएका छन्, जसले सडक डिभिजन कार्यालय हेटौँडालाई सडक विस्तारको कार्यान्वयनमा सहजता प्रदान गर्नेछ । वीरगंज महानगरपालिकाका प्रमुख…
Read More
बिरगंज जेसीजद्वारा होली मिलन कार्यक्रम सम्पन्न

बिरगंज जेसीजद्वारा होली मिलन कार्यक्रम सम्पन्न

२८ फागुन,बिरगंज । बिरगंज जेसीजद्वारा भव्य रूपमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै बिरगंज जेसीजले विशेष कार्यक्रमको आयोजना गरेको हो । बिरगंज जेसीज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा भएकाे सो कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति अध्यक्ष जेसी सरोज चौरसियाले विशेष धन्यवाद व्यक्त गरेका थिए । उनले आफ्नो कार्यसमितिका सदस्यहरू, मनोनीत साथीहरू, पूर्व अध्यक्षहरू, जेसीजका साधारण सदस्यहरू लगायत सबैप्रति हार्दिक आभार प्रकट गर्दै रंगहरूको पर्व होलीको शुभकामना दिएका थिए । आपसी सदभाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले समारोहमा होली पर्वको महत्वका साथै सामाजिक कार्य र विकासमा यस्ता सामाजिक…
Read More
आमसञ्चार परिषद् विधेयकः पत्रकारिता क्षेत्र नियमनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव

आमसञ्चार परिषद् विधेयकः पत्रकारिता क्षेत्र नियमनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव

हेमन्त जोशी÷रासस काठमाडौँ, १४ फागुन ः राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रतिनिधिसभामा पेस भएकोे छ । यो विधेयकमाथि प्रतिनिधिसभाका सांसदहरूको संशोधन राख्ने, विषयगत समितिमा छलफलका लागि लैजानेलगायत प्रक्रियाहरू बाँकी छन् । तर ‘विधेयकमाथि विचार गरियोस्’ भनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार प्रतिनिधिसभामा राख्नुभएको प्रस्तावमाथि छलफलका क्रममै सांसदहरूले विधेयकका व्यवस्थामाथि अनेक प्रश्न र शङ्का व्यक्त गर्नुभयो । यो विधेयकमार्फत संशोधन गर्न र थप्न खोजिएका विषयको औचित्य, प्रभावकारिता र सम्भावित चुनौतीबारे गम्भीर बहस आवश्यक धारणा सांसदहरूले राख्नुभयो । उहाँहरूले आ–आफ्ना धारणा राख्ने क्रममा यो विधेयकले पत्रकारिता क्षेत्रलाई थप सुदृढ बनाउँछ वा थप नियन्त्रण गर्छ भन्ने प्रश्न उठान गर्नुभएको…
Read More
अब सवारीसाधन खरिदका लागि  ६० प्रतिशत मात्र ऋण पाइने

अब सवारीसाधन खरिदका लागि ६० प्रतिशत मात्र ऋण पाइने

काठमाडौँ अब सबै प्रकारका विद्युतीय सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा मूल्यको ६० प्रतिशतसम्म मात्र कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत उक्त व्यवस्था गरेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले विद्युतीय सवारीमा बजार मूल्यको ८० प्रतिशतसम्म ऋण प्रवाह गर्दै आएका थिए । यस्तै, विद्युतीयबाहेक अरु व्यक्तिगत सवारीसाधन खरिदमा पनि बैंक तथा वित्तीय संस्थाले ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्ता सवारीसाधनमा खरिदका लागि मूल्यको ५० प्रतिशतसम्म मात्र ऋण लिन पाइन्थ्यो ।
Read More
पटेर्वा सुगौलीमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र निर्माण

पटेर्वा सुगौलीमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र निर्माण

वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिका-२ गादीको रंगपुरटाँडीमा नवनिर्मित आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवनको मंगलबार उद्घाटन गरिएको छ। किसानले उत्पादन गरेका सामग्रीको संकलन र बिक्री वितरण तथा भण्डारणका लागि १ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको भवनको मधेस प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले चिस्यान केन्द्रको उद्घाटन गरेका हुन्। मन्त्री सिंहले यो वर्ष कार्यसम्पादन मूल्यांकनमा मधेस प्रदेशमै दोस्रो स्थान हासिल गर्न सफल पटेर्वा सुगौली गाउँपालिकालाई आगामी वर्षमा पहिलो बन्ने गरी काम गर्न सुझाव दिए। पटेर्वा सुगौली गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, सडक पूर्वाधार विकास लगायतमा उदाहरणीय काम गरिरहेको उनले बताए। मधेस प्रदेशलाई कृषि बिउ बिजनको उत्पादनमा…
Read More
नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

३ फागुन, काठमाडौं । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको १२ औं  महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा पर्साका कमलेश सहनी निर्बिरोध निर्वाचित भएका छन । पर्साको कालिकामाई गाउँपालिका-२ गदियानी निवासी सहनी हाल पर्साकाे अध्यमन कार्यालयमा सुब्बा पदमा कार्यरत छन।
Read More
प्याब्सन वीरगंजको आयोजनामा भोलि देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

प्याब्सन वीरगंजको आयोजनामा भोलि देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

वीरगञ्ज । वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । प्रतियोगिता प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा ज्ञानदा एकेडेमीको मैदानमा हुने बताएका छन् । प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा छात्रातर्फ २१ वटा विद्यालय र छात्रतर्फ २० वटा विद्यालयहरुले सहभागिता जनाउने जानकारी दिएका थिए । नेपाल विद्यालय खेलकुद महासंघ सँगको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा पहिलो पटक टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा हुने खेलमा प्रत्येक टोलीमा ११ जना खेलाडी रहनेछन् भने फिल्डिङ गर्ने क्रममा ९ जना मात्र मैदानमा रहनेछन् । प्रतियोगिता…
Read More
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

काठमाडौंँ, २२ माघः (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नुभएको छ । बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गर्नुभएको हो । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई  खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु…
Read More
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ, २ माघः  (रासस) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८३ अङ्कले बढेर दुई हजार पाँच सय ९५ दशमलव ९६ को बिन्दुमा कायम भएको हो । आज दुई सय ९९ कम्पनीको एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर ६३ हजार तीन सय ७७ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह शून्य दशमलव ८१, वित्त तीन दशमलव ४८, लगानी शून्य दशमलव शून्य सात, लघुवित्त शून्य दशमलव ५२, म्युचुअल फण्ड शून्य…
Read More
वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

वीरगंज २६ पुष । वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नगरसभाको १६ औं अबिधेशनको शुक्रबार (आज) एक समारोहका बिच महानगर प्रमुखले उद्घाटन गर्नुहुदै नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताए। उनले चालु आर्थिक बर्षकालागि नगरसभाले स्विकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताए । उहनले बजेट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search