Skip to main content

Sarbocha Khabar

Advertisement
सर्वोच्च खबर

सर्वोच्च खबर

86 Posts
वीरगञ्जको मेनरोड विस्तार प्रक्रिया अघि बढ्यो, मितेरी पुलदेखि गण्डकसम्म दुई खण्डमा ठेक्का आह्वान

वीरगञ्जको मेनरोड विस्तार प्रक्रिया अघि बढ्यो, मितेरी पुलदेखि गण्डकसम्म दुई खण्डमा ठेक्का आह्वान

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको त्रिभुवन राजपथलाई दुई खण्डमा विभाजन गरी ठेक्का आह्वान गरेको हो। कार्यालयले २०८३ असोज ३० गते (अक्टोबर १६, २०२६) प्रकाशित गरेको सूचनाअनुसार पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्मको चार किलोमिटर र दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको ४.०५४ किलोमिटर सडक स्तरोन्नति गरिनेछ। पहिलो खण्डका लागि ६ करोड रुपैयाँ र दोस्रो खण्डका लागि ५ करोड ५० लाख रुपैयाँ बोलपत्र जमानत तोकिएको छ। दुवै खण्डको बोलपत्र दस्तुर २० हजार रुपैयाँ निर्धारण गरिएको छ। सूचनामा सडक निर्माणको अनुमानित लागत भने खुलाइएको छैन। इच्छुक तथा योग्य…
Read More
मानवसेवा आश्रममा भोजन गराएर ‘हाम्रो नेपाल दैनिक’ले मनायो छैटौँ वार्षिकोत्सव

मानवसेवा आश्रममा भोजन गराएर ‘हाम्रो नेपाल दैनिक’ले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै सञ्चारमाध्यमले आफ्नो वार्षिकोत्सवलाई सेवामूलक कार्यक्रमका रूपमा मनाएको हो । हाम्रो नेपाल दैनिककी सञ्चालक प्रीति चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसियाले हाम्रो नेपाल दैनिकको छैटौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै अनलाइन पत्रिकाको उत्तरोत्तर प्रगति, निरन्तर सफलता र व्यावसायिक विकासको कामना गरेका थिए । उनले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता मार्फत जनताको आवाज बुलन्द…
Read More
पर्सामा विभिन्न कार्यक्रम गरी १५२औँ विश्व हुलाक दिवस मनाइयो

पर्सामा विभिन्न कार्यक्रम गरी १५२औँ विश्व हुलाक दिवस मनाइयो

वीरगञ्ज, २३ असोज। ‘One Postal Network, Infinite Possibilities’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनन्त सम्भावना’ भन्ने नाराका साथ पर्सामा विभिन्न कार्यक्रम गरी १५२औँ विश्व हुलाक दिवस मनाइएको छ। विश्व हुलाक दिवसको अवसरमा जिल्ला हुलाक कार्यालय, पर्साले विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको हो। कार्यक्रममा कार्यालयका कर्मचारी तथा अन्य सहभागीहरूको उपस्थिति रहेको थियो। दिवसका अवसरमा हुलाक सेवाको महत्त्व, यसको प्रभावकारिता तथा नागरिकसम्म सेवा प्रवाहलाई थप सहज र व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको थियो। बदलिँदो प्रविधि र सञ्चारको विकाससँगै हुलाक सेवालाई आधुनिक, भरपर्दो र सेवाग्राहीमैत्री बनाउनुपर्ने आवश्यकतासमेत औँल्याइएको छ। हुलाक सेवा नागरिकबीच सूचना, पत्राचार तथा विभिन्न सामग्री आदानप्रदान गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा रहँदै…
Read More
पकहाँ मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न, ३६ करोड २९ लाख ८० हजारको बजेट प्रस्तुत

पकहाँ मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न, ३६ करोड २९ लाख ८० हजारको बजेट प्रस्तुत

पर्सा । पकहाँ मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा बिहीबार सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्षका लागि ३६ करोड २९ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिका अध्यक्ष सुरेश प्रसादको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो। गाउँसभामा उपाध्यक्ष सरफुन नेशा, प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। गाउँसभामा प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा पूर्वाधार निर्माण, खानेपानी, सरसफाइ, सामाजिक विकास र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको जनाइएको छ। स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने गरी विभिन्न…
Read More
कामना सेवा विकास बैंकद्वारा सिमरा कलेजलाई ल्यापटप हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा सिमरा कलेजलाई ल्यापटप हस्तान्तरण

बारा । कामना सेवा विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सिमरा कलेजलाई एक थान ल्यापटप सहयोग गरेको छ। बैंकको वीरगञ्ज शाखाका शाखा प्रमुख नरेश शर्माले सिमरा कलेजका प्रतिनिधिलाई ल्यापटप हस्तान्तरण गर्नुभएको हो। शैक्षिक गतिविधिमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन तथा विद्यार्थीको सिकाइ प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त ल्यापटप उपलब्ध गराएको जनाएको छ। ल्यापटप हस्तान्तरण गर्दै शाखा प्रमुख शर्माले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएको बताउनुभयो। शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले कलेजलाई गरिएको सहयोगले शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो। कलेज पक्षले कामना…
Read More
सन नेपाल लाइफको वीरगञ्ज शाखा नयाँ स्थानमा स्थानान्तरण

सन नेपाल लाइफको वीरगञ्ज शाखा नयाँ स्थानमा स्थानान्तरण

वीरगञ्ज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखा कार्यालय नयाँ स्थानमा स्थानान्तरण गरिएको छ। शाखा कार्यालय स्थानान्तरणको अवसरमा विशेष कार्यक्रम आयोजना गरी नयाँ कार्यालयको समुद्घाटन गरिएको हो। कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार आर्याल, मधेस प्रदेश प्रमुख नवराज चौधरी, क्षेत्रीय कार्यालय प्रमुख प्रमोद साह तथा वीरगञ्ज शाखा प्रमुख नरेश पटेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कम्पनीका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सेवाग्राहीहरूको सहभागिता रहेको थियो। नयाँ स्थानबाट सेवाग्राहीलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बीमा सेवा उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालय स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ। कार्यक्रममा कम्पनीका पदाधिकारीहरूले बीमा सेवाको पहुँच विस्तार गर्दै सेवाग्राहीलाई छिटोछरितो तथा प्रभावकारी सेवा…
Read More
विद्यार्थीको शैक्षिक गुणस्तरदेखि अनुसन्धानसम्म, ठाकुरराम क्याम्पसमा विशेष कार्यक्रम

विद्यार्थीको शैक्षिक गुणस्तरदेखि अनुसन्धानसम्म, ठाकुरराम क्याम्पसमा विशेष कार्यक्रम

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुसन्धानप्रति रुचि बढाउने उद्देश्यले ‘Students Academic Quality Enhancement Program’ आयोजना गरिएको छ। नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अनुसन्धान प्रस्ताव लेखन, शोधपत्र तथा थेसिस लेखन, पावरपोइन्ट तथा पोस्टर प्रस्तुतीकरण र सन्दर्भ लेखनलगायतका विषयमा जानकारी दिइएको थियो। कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. उमेश चौरसियाले विद्यार्थीको शैक्षिक विकासका लागि अध्ययनसँगै अनुसन्धानमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। उनले विद्यार्थीले आफूले सिकेको ज्ञानलाई व्यवहारिक तथा अनुसन्धानात्मक कार्यमा प्रयोग गर्न सकेमा व्यक्तिगत क्षमता विकाससँगै समाज र देशको शैक्षिक क्षेत्रमा योगदान पुग्ने बताए। त्यसैगरी उ.प्र डा. संजय चौरसियाले विद्यार्थीको…
Read More
प्राइम बैंकको २०औँ वार्षिकोत्सवमा ४ महिलासहित ७५ जनाले गरे रक्तदान

प्राइम बैंकको २०औँ वार्षिकोत्सवमा ४ महिलासहित ७५ जनाले गरे रक्तदान

वीरगञ्ज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको मधेस प्रदेश कार्यालयले वीरगञ्ज शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजित कार्यक्रममा ४ जना महिलासहित ७५ जनाले रक्तदान गरेका छन्। बैंकका मधेस प्रदेश प्रमुख बुद्धिराज बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज शाखा प्रमुख ऋषिराम भट्टराई बैंकका कर्मचारी रोनेश कार्की, मनमोहन शर्मा, नितेश कुमार , रुची साह, रिता देवी, सन्तोषी राणा लगायत  विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा समाजसेवीहरूको सहभागिता रहेको थियो। रक्तदान गर्नेहरूमा मधेस प्रदेश प्रमुख बुद्धिराज बराल, वीरगञ्ज शाखा प्रमुख ऋषिराम भट्टराई, रिता साह, शालु सिंह, रणजीत अर्याल, दिलीप कुमार शाह, राजु कलवार, मनमोहन शर्मा, नितेश कुमार, विपिन आचार्य,…
Read More
पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवासँगै पर्साका विभिन्न स्थानीय तहको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सरुवा विवरणअनुसार पर्साका धोबिनी, पकाहामैनपुर, पटेर्वासुगौली, जिराभवानी, परवानीपुर, बिश्रामपुर, पर्सौनी र छिपहरमाई लगायतका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी परिवर्तन भएको छ। सरुवा सूचीअनुसार पर्साका केही स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् भने केही कार्यरत अधिकृत अन्य स्थानीय तह तथा संघीय निकायमा पुगेका छन्। प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक नेतृत्वमा महत्वपूर्ण भूमिका रहने पद भएकाले पछिल्लो सरुवाले स्थानीय तहको सेवा प्रवाह तथा प्रशासनिक कामकारबाहीमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। सरुवापछि पर्साका स्थानीय…
Read More
क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोमबार श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरिएको थियो । विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका फाउन्डर, प्रिन्सिपल, शिक्षक–शिक्षिका, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बाढी–पहिरोमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालय परिवारले एक मिनेट मौनधारण गरेको थियो। सो अवसरमा स्थानीय स्वर्गीय सोनालाल पण्डितको तस्बिरमा माल्यार्पण गर्दै फूल तथा अबिर अर्पण गरी भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको थियो। दिवंगत आत्माहरूको सम्झनामा विद्यार्थीहरूले क्यान्डल बत्ती बालेर समेत श्रद्धाञ्जली अर्पण गरेका थिए। विद्यालयले विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search