Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

छिपहरमाईमा १२ जना नयाँ शिक्षकको पदस्थापन

छिपहरमाईमा १२ जना नयाँ शिक्षकको पदस्थापन

७ वैशाख,वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा एक शिक्षिका सहित १२ जना शिक्षक पदस्थापन भएका छन् । शिक्षक सेवा आयोगले लिएको परीक्षामा पर्सा जिल्लाबाट नाम निकालेर सिफारिस भएका नवप्रवेशी शिक्षकशिक्षिकाहरुलाई शुक्रबार एक कार्यक्रमका बीच पदस्थापन गरिएको हो । छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले १२ जना शिक्षकशिक्षिकालाई टीका लगाई पदस्थापन पत्र प्रदान गरेका हुन् । साथै उनले दत्तचित्त भएर शिक्षण पेशामा समर्पित भई पालिकाको शैक्षिक विकासमा सहयोग गर्न पनि आग्रह गरेका छन् । पालिकामा शैक्षिक जनशक्ति अभाव खट्किएको अवस्थामा नियुक्त भएर आएका शिक्षकशिक्षिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा टेवा पुग्ने अध्यक्ष गुप्ताको विश्वास रहेकोछ । सो अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक रौनियार…
Read More
प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भिडियो सहित

प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भिडियो सहित

२४ चैत्र,वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीकाे कुटपिटबाट एक ई रिक्सा चालक घाइते भएका छन् । बिन्दवासिनी प्रहरी चाैकीका प्रहरी जवान काैशल चाैधरीकाे कुटपिटबाट पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका २८ बर्षिय ई रिक्सा चालक रंजन साह घाइते भएका हुन् । तिलावे पुल नजिक उनले चलाएकाे ई रिक्सा राेकेर प्रहरी जवान चाैधरीले ई रिक्सा चालक साहलाई कुटपिट गरेकाे भिडियाे अहिले समाजिक संजाल फेसबुकमा भाइरल भइरहेकाे छ । साे भिडियाेमा ई रिक्सा चालककाे टाउकाेबाट रगत खसी रहँदा पनि प्रहरी जवान चाैधरीले ठूलाे अपराधि सरह उनकाे कलर समातेर लगेकाे देखिन्छ । याे प्रहरीकाे ददागिरी भएकाे भन्दै…
Read More
ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको उपाधि ठाकुररामलाई

ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्टको उपाधि ठाकुररामलाई

वीरगंज । हाम्रो फुटसल र मेरिगोल्ड (+२) कलेजको संयुक्त आयोजनामा सञ्चालित ईन्टर कलेज मेरिगोल्ड फुटसल (फुटबल) टुर्नामेन्ट–२०८० को उपाधि ठाकुरराम बहुमुखि क्याम्पस वीरगंजले हात पारेको छ । वीरगंज महानगरपालिका वडा नं. १६ नगवा श्रीराम चौक स्थित हाम्रो फुटसल (फुटबल) खेल मैदानमा सञ्चालित टुर्नामेन्टको शुक्रवार भएको फाईनल खेलमा ठाकुरराम बहुमुखि क्याम्पस विजयी भएको छ । नेशनल मेडिकल कलेज वीरगंज र ठाकुरराम कलेज बिच भएको खेलमा ७–४को अन्तरले ठाकुराम बिजयी भएको हो । खेलको म्याद अफ दी म्याच ईमाम हुसैन अंसारी, प्लेयर अफ द टुर्नामेन्टको उपाधि किसमत कोईराला र बेष्ट गोलकिपर खडका घोषित भएका थिए । विजेता तथा उपबिजेता टिमलाई कार्यक्रमको प्रमुख…
Read More
भूकम्पपीडितलाई दिने अनुदान रकम एकै किस्तामा दिन सरकारसँग काँग्रेसको आग्रह

भूकम्पपीडितलाई दिने अनुदान रकम एकै किस्तामा दिन सरकारसँग काँग्रेसको आग्रह

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । धुम्बाराही स्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न आग्रह गरेको हो । जाजरकोट भूकम्पबाट पीडितलाई सरकारले अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर त्यो रकम अहिलेसम्म पनि पीडितको हातमा पुगेको छैन । पीडितहरू चिसो भुइँमा त्रिपालमुनि रात कटाउन बाध्य छन् ।
Read More
यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

१३ मंसिर,काठमाडौं ।  एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो । देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ । नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकास त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र् आकास चन्द रहेका छन् । यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ…
Read More
कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने

कांग्रेस मधेस प्रदेश सम्मेलन आगामी पुस ५ र ६ मा हुने

१२ मङ्सिर, काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन आगामी पुस ५ र ६ गते हुने भएको छ। जनकपुरमा आज बसेको कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकले पुस ५ र ६ गते पार्टीको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस मधेस प्रदेशले जनाएको छ। बैठकले सम्मेलनका लागि समितिहरू गठन गर्ने निर्णय गरेको छ। मधेस प्रदेश सम्मेलनमा राजनीतिक सांगठनिक/आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसममितिहरू गठन गर्ने निर्णय भएको छ।
Read More
राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ छैनः शेरबहादुर देउवा

राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ छैनः शेरबहादुर देउवा

  मंसिर ११, चिततवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका छन् । सोमबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग उनले गणतन्त्रको विकल्प नभएको भन्दै कसैले पनि देशलाई गणतन्त्रबाट पछाडि फर्काउन नसक्ने बताएका हुन् । गणतन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ । गणतन्त्रविरोधी गतिविधिबाट आफूहरू नअत्तालिएएको भन्दै उनले राजतन्त्रको पक्षमा आन्दोलन गर्नुको कुनै अर्थ नरहेको बताए ।
Read More
युरोको भाउ १४६ रूपैयाँ पुग्यो

युरोको भाउ १४६ रूपैयाँ पुग्यो

मंसिर ११, काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि बिदेशी मुद्राको बिनिमय दर सार्बजिनक गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको १ को खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा कायम गरेको छ भने युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ १०  पैसा र बिक्री दर १४६ रुपैयाँ २८ पैसामा कारोबारको अनुमति दिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ७७ पैसा र बिक्री दर १६८ रुपैयाँ…
Read More
आगामी वैशाखमा लगानी सम्मेलन हुने

आगामी वैशाखमा लगानी सम्मेलन हुने

मंसिर १०, काठमाडौं ।  सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्नेगरी तयारी थालेको छ । ९ र १० वैशाखमा हुने ‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा समिति बनाइएको छ । अर्थमन्त्री महत अध्यक्ष रहेको तयारी समितिको बैठक पनि बसेको छ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा आइतबार समितिको बैठक बसेको हो ।
Read More
एमालेका ११ सय कार्यकर्ता जाजरकोटमा, भूकम्प पीडितलाई बनाइदिए ८० घर

एमालेका ११ सय कार्यकर्ता जाजरकोटमा, भूकम्प पीडितलाई बनाइदिए ८० घर

मंसिर ९, जाजरकोट ।  नेकपा एमालेले ८० वटा अस्थायी घर निमार्ण गरेर भुकम्प पीडितलाई हस्तान्तरण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन । ‘१ हजार १ सयको संख्यामा जाजरकोटमा १२ र रुकुम पश्चिममा १३ गरी हाम्रा २५  स्वयंसेवक समूह भूकम्पपछि उद्दार र पुनः स्थापन कार्यमा खटिएका छन्,’ अध्यक्ष ओलीले भनेका छन, ‘अहिलेसम्म जाजरकोटमा १३२ र रुकुममा ३५ वटा गरी १६७ वटा भत्किएका घर पन्छाइ सामान उद्दार गरेको छ । एक विद्यालय सहित जाजरकोटमा २९ वटा र रुकुममा ५१ वटा गरी ८० वटा अस्थायी घरटहरा बनाई हस्तान्तरण…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search