३० आश्विन २०८३ ०९:४३
३० आश्विन २०८३ ०९:४३
वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको त्रिभुवन राजपथलाई दुई खण्डमा विभाजन गरी ठेक्का आह्वान गरेको हो। कार्यालयले २०८३ असोज ३० गते (अक्टोबर १६, २०२६) प्रकाशित गरेको सूचनाअनुसार पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्मको चार किलोमिटर र दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको ४.०५४ किलोमिटर सडक स्तरोन्नति गरिनेछ। पहिलो खण्डका लागि ६ करोड रुपैयाँ र दोस्रो खण्डका लागि ५ करोड ५० लाख रुपैयाँ बोलपत्र जमानत तोकिएको छ। दुवै खण्डको बोलपत्र दस्तुर २० हजार रुपैयाँ निर्धारण गरिएको छ। सूचनामा सडक निर्माणको अनुमानित लागत भने खुलाइएको छैन। इच्छुक तथा योग्य…
