२६ आश्विन २०८३ २०:११
२६ आश्विन २०८३ २०:११
वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ । सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई प्राथमिकता दिँदै सञ्चारमाध्यमले आफ्नो वार्षिकोत्सवलाई सेवामूलक कार्यक्रमका रूपमा मनाएको हो । हाम्रो नेपाल दैनिककी सञ्चालक प्रीति चौरसियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसियाले हाम्रो नेपाल दैनिकको छैटौँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै अनलाइन पत्रिकाको उत्तरोत्तर प्रगति, निरन्तर सफलता र व्यावसायिक विकासको कामना गरेका थिए । उनले पत्रकारिता समाजको ऐना भएको उल्लेख गर्दै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिता मार्फत जनताको आवाज बुलन्द…
