Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

वीरगञ्जको मेनरोड विस्तार प्रक्रिया अघि बढ्यो, मितेरी पुलदेखि गण्डकसम्म दुई खण्डमा ठेक्का आह्वान

वीरगञ्जको मेनरोड विस्तार प्रक्रिया अघि बढ्यो, मितेरी पुलदेखि गण्डकसम्म दुई खण्डमा ठेक्का आह्वान

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको त्रिभुवन राजपथलाई दुई खण्डमा विभाजन गरी ठेक्का आह्वान गरेको हो। कार्यालयले २०८३ असोज ३० गते (अक्टोबर १६, २०२६) प्रकाशित गरेको सूचनाअनुसार पहिलो खण्डमा मितेरी पुलदेखि घण्टाघरसम्मको चार किलोमिटर र दोस्रो खण्डमा घण्टाघरदेखि गण्डक चोकसम्मको ४.०५४ किलोमिटर सडक स्तरोन्नति गरिनेछ। पहिलो खण्डका लागि ६ करोड रुपैयाँ र दोस्रो खण्डका लागि ५ करोड ५० लाख रुपैयाँ बोलपत्र जमानत तोकिएको छ। दुवै खण्डको बोलपत्र दस्तुर २० हजार रुपैयाँ निर्धारण गरिएको छ। सूचनामा सडक निर्माणको अनुमानित लागत भने खुलाइएको छैन। इच्छुक तथा योग्य…
Read More
पकहाँ मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न, ३६ करोड २९ लाख ८० हजारको बजेट प्रस्तुत

पकहाँ मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा सम्पन्न, ३६ करोड २९ लाख ८० हजारको बजेट प्रस्तुत

पर्सा । पकहाँ मैनपुर गाउँपालिकाको १५औँ गाउँसभा बिहीबार सम्पन्न भएको छ। गाउँसभामा आगामी आर्थिक वर्षका लागि ३६ करोड २९ लाख ८० हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिका अध्यक्ष सुरेश प्रसादको अध्यक्षतामा सम्पन्न गाउँसभामा गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो। गाउँसभामा उपाध्यक्ष सरफुन नेशा, प्रमुख प्रशासकीय अधिकृत सुमित सिंहलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। गाउँसभामा प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, सडक तथा पूर्वाधार निर्माण, खानेपानी, सरसफाइ, सामाजिक विकास र नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिइएको जनाइएको छ। स्थानीय आवश्यकता र नागरिकका अपेक्षालाई सम्बोधन गर्ने गरी विभिन्न…
Read More
कामना सेवा विकास बैंकद्वारा सिमरा कलेजलाई ल्यापटप हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा सिमरा कलेजलाई ल्यापटप हस्तान्तरण

बारा । कामना सेवा विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रमा प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सिमरा कलेजलाई एक थान ल्यापटप सहयोग गरेको छ। बैंकको वीरगञ्ज शाखाका शाखा प्रमुख नरेश शर्माले सिमरा कलेजका प्रतिनिधिलाई ल्यापटप हस्तान्तरण गर्नुभएको हो। शैक्षिक गतिविधिमा सूचना प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउन तथा विद्यार्थीको सिकाइ प्रक्रियामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त ल्यापटप उपलब्ध गराएको जनाएको छ। ल्यापटप हस्तान्तरण गर्दै शाखा प्रमुख शर्माले बैंकले वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा समेत सहयोग गर्दै आएको बताउनुभयो। शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रविधिको महत्वपूर्ण भूमिका रहने भएकाले कलेजलाई गरिएको सहयोगले शैक्षिक गतिविधिमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो। कलेज पक्षले कामना…
Read More
विद्यार्थीको शैक्षिक गुणस्तरदेखि अनुसन्धानसम्म, ठाकुरराम क्याम्पसमा विशेष कार्यक्रम

विद्यार्थीको शैक्षिक गुणस्तरदेखि अनुसन्धानसम्म, ठाकुरराम क्याम्पसमा विशेष कार्यक्रम

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि तथा अनुसन्धानप्रति रुचि बढाउने उद्देश्यले ‘Students Academic Quality Enhancement Program’ आयोजना गरिएको छ। नेपाल केमिकल सोसाइटी, मधेश प्रदेशको सहकार्यमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अनुसन्धान प्रस्ताव लेखन, शोधपत्र तथा थेसिस लेखन, पावरपोइन्ट तथा पोस्टर प्रस्तुतीकरण र सन्दर्भ लेखनलगायतका विषयमा जानकारी दिइएको थियो। कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. उमेश चौरसियाले विद्यार्थीको शैक्षिक विकासका लागि अध्ययनसँगै अनुसन्धानमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। उनले विद्यार्थीले आफूले सिकेको ज्ञानलाई व्यवहारिक तथा अनुसन्धानात्मक कार्यमा प्रयोग गर्न सकेमा व्यक्तिगत क्षमता विकाससँगै समाज र देशको शैक्षिक क्षेत्रमा योगदान पुग्ने बताए। त्यसैगरी उ.प्र डा. संजय चौरसियाले विद्यार्थीको…
Read More
पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवासँगै पर्साका विभिन्न स्थानीय तहको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ। मन्त्रालयले सार्वजनिक गरेको सरुवा विवरणअनुसार पर्साका धोबिनी, पकाहामैनपुर, पटेर्वासुगौली, जिराभवानी, परवानीपुर, बिश्रामपुर, पर्सौनी र छिपहरमाई लगायतका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी परिवर्तन भएको छ। सरुवा सूचीअनुसार पर्साका केही स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् भने केही कार्यरत अधिकृत अन्य स्थानीय तह तथा संघीय निकायमा पुगेका छन्। प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक नेतृत्वमा महत्वपूर्ण भूमिका रहने पद भएकाले पछिल्लो सरुवाले स्थानीय तहको सेवा प्रवाह तथा प्रशासनिक कामकारबाहीमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। सरुवापछि पर्साका स्थानीय…
Read More
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Sports Club का नवनिर्वाचित पदाधिकारीहरूको शपथ ग्रहण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका प्रिनसिपल उमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य इसलाम हवारी  त्यसैगरी बिशिस्टअतिथि तथा  विद्यालयका फाउन्डर डा. उमेश चौरसियाको उपस्थित रहेका थिए । कार्यक्रममा विभिन्न क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष, सह–कोषाध्यक्ष तथा कार्यकारी सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै विद्यालय र विद्यार्थीहरूको हितमा काम गर्ने शपथ ग्रहण गराइएको थियो। शिक्षिकाहरुले नवनिर्वाचित पदाधिकारीहरूलाई टीका लगाई सम्मान गर्नुभएको थियो भने शिक्षक रवि लगायत क्लब मेन्टर तथा एडभाइजरहरूले विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन प्रदान…
Read More
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भाथा बाबा) को दर्शन तथा पूजाअर्चनाका लागि भक्तजनहरू डाक बम यात्रामा निस्किएका छन्। वीरगञ्ज–१९ बर्वा गोगका भक्तजनहरूले तिलावे नदीमा पुगेर विधिपूर्वक सोमबार बिहान ३ बजे जल भरेपछि ‘बोलबम’को जयघोष गर्दै भाथा बाबा मन्दिरतर्फ प्रस्थान गरेका हुन्। हातमा पवित्र जल बोकेर धार्मिक उत्साह र श्रद्धाका साथ भक्तजनहरू यात्रामा दर्सजनौं भक्हतजनहरु भागी भएका छन्। बर्वा देखि भाथा धाम सम्मको यात्रा कुदेर जाने डाक बम यात्रामा सहभागी भक्तजनहरूले भाथा बाबा मन्दिरमा पुगेर पवित्र जल अर्पण गर्दै पूजा तथा आराधना गर्ने जनाएका छन्। यात्राका क्रममा भक्तजनहरूले भगवान्…
Read More
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाकार आदर्श मिश्रामाथि कानुनी कारबाहीको माग गरेको छ । महासंघ पर्साले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउँदै ‘आदर्श मिश्रा’ नामबाट टिकटक सञ्चालन गर्ने व्यक्तिले पत्रकारिता क्षेत्रलाई लक्षित गरी अमर्यादित, अश्लील तथा अपमानजनक शब्द प्रयोग गरेको र सामाजिक सद्भावमा समेत असर पर्ने सामग्री सार्वजनिक गरेको जनाएको छ । नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय महतोले सार्वजनिक गरिएको भिडियो सामग्रीले पर्साका पत्रकारहरूको प्रतिष्ठामाथि आँच पुर्‍याएको उल्लेख गर्दै कुनै पनि पेशाप्रति अश्लील तथा अपमानजनक टिप्पणी गर्नु निन्दनीय र कानुनी कारबाहीको विषय भएको बताएका छन् । महतोले जिल्ला…
Read More
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।सोमबार आयोजित परवानीपुर गाउँपालिकाको १८औँ गाउँसभाको अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सुगान्धी देवी कनुइनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन् । त्यसअघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तूत गरेका थिए । जसमा शिक्षा, पूर्वाधार विकास,सरसफाइ, आर्थिक विकास तथा प्रभावकारी सेवा प्रवाहलाई प्रमुख प्राथमिकतामा राखिएको छ। नीति तथा कार्यक्रममा गाउँपालिकाभित्र अधुरा रहेका विद्यालय भवन निर्माण कार्य सम्पन्न गरिने,कर सेवा गाउँपालिकाबाटै उपलब्ध गराउने, भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने तथा…
Read More
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा पक्राउ गरेको छ । तीन दिन अघि सार्वजनिक भएको जेनजी आन्दोनल जाँचबुझ आयोगको प्रतिवेदनले उनीहरूले लापरवाही गरेको ठहर गरेको थियो ।त्यही लापरबाहीको कारण ज्यान मार्ने घटना भएको उल्लेख गरेको थियो । प्रतिवेदनमा  पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ लगायतमाथि मुलुकी अपराध संहिता आपकर्षित हुने उल्लेख गरेको थियो । मुलुकी अपराध संहिताका २८१, २८२ र २८३  लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ ।  उक्त दफामा ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ । हेलचेक्र्याइँपूर्वक कसैको ज्यान…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search