२४ कार्तिक २०८१ २०:१५
२४ कार्तिक २०८१ २०:१५
वीरगंज । हिन्दुहरुको महान चाड छठ पर्वको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १९ बर्वामा सांगितिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । युवा स्मार्ट ग्रुपको आयोजनामा आयोजित कार्यक्रममा भारत बिहारका चर्चित गायक अशोक अलबेला लगायतको टिमले सहभागी स्थानियहरुलाई मनोरञ्जन गराएका थिए । सन्दिप चौरसिया र बिबेक यादवको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बीरगंज महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष मुकेश कुमार चौरसिया, अतिथिहरु बिन्देश्वर प्रसाद चौरसिया, ध्रुप प्रसाद चौरसिया, उपेन्द्र यादव, समाजसेवी कुवर चौरसिया, केहुनिया चौकिका प्रहरी सहायक निरीक्षक राकेश यादव, अमरपट्टिका प्रहरी चौकीका प्रमुख रन्जन सिंह, त्यसैगरी मुन्ना यादव, दरोगा महतो, मुन्ना चौरसिया, युवा स्मार्ट ग्रुपका सदस्य…
