Skip to main content

Sarbocha Khabar

Advertisement

समाचार

दुईटा किस्ता वापतको रकम भुक्तानी नहुदा वीरगंजका संचारमाध्यहरु मर्कामा

दुईटा किस्ता वापतको रकम भुक्तानी नहुदा वीरगंजका संचारमाध्यहरु मर्कामा

वीरगंज, २३ असार । समाजवादी प्रेस संगठन नेपाल पर्साले वीरगंज महानगरपालिकाको लोककल्याणकारी विज्ञापनकाे भुक्तानी गर्न माग गरेको छ । संगठनले आईतवार नगर प्रमुख राजेशमान सिंहसंग भेट गरि असार मसान्त सक्न लागेको एक दिन बाकी रहदा पनि भुक्तानी नभएको जानकारी गराउदै भुक्तानी गर्न माग गरेको हो । आर्थिक बर्ष २०८०/०८१ को लोककल्याणकारीको तेस्रो र अन्तिम किस्ताको भुक्तानी अहिले सम्म भएको छैन । दुईटा किस्ता वापतको रकम भुक्तानी नहुदा वीरगंजका संचारमाध्यहरु मर्कामा परेका छ । नगर प्रमुख सिंहले भोलि सम्म बाकी रहेको सबै संचारमाध्यमको लोककल्याणकारीको भुक्तानी गर्न आश्वासन दिनु भयो । उहाँले भेटघाट कै क्रममा प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखा प्रमुखलाई…
Read More
नेपाल युवा परिषद्द्धारा श्री नेपाल स्काउट निमावि ईटियाहीमा बृक्षारोपण सम्पन्न

नेपाल युवा परिषद्द्धारा श्री नेपाल स्काउट निमावि ईटियाहीमा बृक्षारोपण सम्पन्न

वीरगंज । राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा नेपाल युवा परिषद्ले असार १४ गते देखि २१ गतेसम्म देशभरी नै “एक युवा एक विरुवा” अभियान सञ्चालन गरिरहेको छ । सोही क्रममा अभियानको अन्तिम दिन शुक्रवार नेपाल युवा परिषद् पर्साको आयोजना र बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाही स्थित श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । श्री नेपाल स्काउट निमाविका व्यवस्थापन समितिका अध्यक्ष मुकेश चौरसियाको विशेष सक्रियतामा स्कूल परिसरमा विभिन्न प्रजातिका करिब ५०० विरुवा रोपिएको हो । नेपाल युवा परिषद्का मधेश प्रदेश संयोजक श्रवण प्रसाद साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का…
Read More
विद्यार्थी सँगै अभिभावकसँग भेट्दै मेयर : सिंह

विद्यार्थी सँगै अभिभावकसँग भेट्दै मेयर : सिंह

वीरगंज वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गराउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । यस वर्षको एसइई (माध्यमिक शिक्षा परीक्षा) मा सामुदायिक विद्यालयहरूको नतिजा कमजोर भएको प्रति चिन्ता व्यक्त गर्दै उनले विद्यार्थीहरुको शैक्षिक गुणस्तर बढाउन शिक्षक, विद्यार्थी तथा अभिभावक सबै एक भएर लाग्नु पर्नेमा जोड दिएका थिए । महानगर प्रमुख सिंहले आजबाट विद्यार्थीका अभिभावकसँग विद्यालयमै पुगेर भेट्ने अभियान नै सुरु गरेका  छन्। शुक्रबार आज विर्तामा रहेको श्री सुन्दरमल रामकुरमा कन्या माद्यमिक विद्यालयमा आगामी वर्ष एसईई दिने कक्षा १० मा अध्ययनरत विद्यार्थीका अभिभावकलाई विद्यालयमा बोलाएर छलफल गर्दै विद्यालयमा मात्रै नभई अभिभावकले घरमा पनि आफ्ना सन्ततीको पढाइको बारेमा चासो…
Read More
जगरनाथपुरमा ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

जगरनाथपुरमा ४४ कराेड ३४ लाखकाे बजेट प्रस्तुत

१० असार,वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाकाे ११ औं गाउँ सभाकाे अधिवेशन तथा आ.व. २०८१/०८२ काे निती, कार्यक्रम र बजेट प्रस्तुतीकरण कार्यक्रम साेमबार सम्पन्न भएकाे छ । गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष बबिता सिंहले ४४ कराेड ३४ लाख २३ हजार ५ सय बराबरकाे बजेट प्रस्तुत गरेकी थिइन । उनले आय तर्फ नेपाल सरकारकाे समानिकरण अनुदान १० कराेड ९७ लाख, प्रदेश सरकारकाे समानिकरण ७९ लाख ८२ हजार, नेपाल सरकारकाे राजश्व बाँडफाँड ९ कराेड ३९ लाख, प्रदेश सरकारकाे राजश्व बाँडफाँड ५१ लाख १२ हजार ६ सय ८२, नेपाल सरकारकाे सर्शत चालु १५ कराेड ८४ लाख २३ हजार ५ सय,…
Read More
वीरगञ्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख (पूर्णपाठ)

वीरगञ्ज महानगरको बजेट २ अर्ब ८९ करोड ४८ लाख (पूर्णपाठ)

८ असार,वीरगंज। वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । शनिबार आयोजित १५ औँ नगरसभामार्फत महानगरले बजेट सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ६२ करोडले घटेर आएको छ । आगामी आर्थिक वर्षका लागि महानगरले २ अर्ब ८९ करोड ४८ लाखको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा महानगरको बजेट शंसोधित सहित ३ अर्ब ५१ करोड रहेको थियो । महानगरपालिकाका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा सुरु भएको नगरसभामा बजेट प्रस्तुत गर्दै उप–प्रमुख इम्तियाज आलमले चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पचिस प्रतिशत रोक्का रहेको, संघीय सरकारको राजश्व असुलीमा…
Read More
पत्रकारिताको जग बलियो बनाउनमा महानगर सहयोग गर्न तयार छ ः प्रमुख सिंह

पत्रकारिताको जग बलियो बनाउनमा महानगर सहयोग गर्न तयार छ ः प्रमुख सिंह

६ असार,वीरगंज वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताएका  छन् । आजदेखि सुरु भएको तीन दिने आम संचारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताए । मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उनले वीरगंजको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री प्रकासित गर्ने पनि  आग्रह गरेका थिए । कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागि पर्नु पर्नेमा पनि उनले जोड दिए । काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि…
Read More
वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

६ असार,वीरगंज ।  वीरगंज महानगरपालिकाे वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेकाे संकल्प लाेक सेवा इन्सच्युटमा बुधबार राति आगलागी भएकाे छ । मध्य रातिमा भएकाे आगलागीमा इन्सच्युट भित्र रहेकाे फर्निचर, कम्प्युटर,कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएका छन् । अन्दाजी १२ बजे राति भएकाे आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बाेर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चकाे टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्राेजेक्टर २ वटा, फ्रिज १ वटा, जरनेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, दराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएकाे इन्सच्युटका संचालक अशाेक साहले जानकारी…
Read More
रमाना बुझन आनाकानी गर्दै नर्सिङ्ग प्रमुख साह

रमाना बुझन आनाकानी गर्दै नर्सिङ्ग प्रमुख साह

३२ जेष्ठ, वीरगन्ज पर्सा जिल्ला स्थित वीरगञ्जको नारायणी अस्पतालकी बरिष्ठ नर्सिङ्ग प्रशासक प्रमुख श्रुति साहले आफु मनोमानी गरेर अहिले सम्म रमाना नबुझेको समाचार प्राप्त भएको छ । पर्सा जिल्लाबाट अन्य ठाउँमा सरुवा भएको हप्तौ बितिसक्दा पनि सरुवा भएको ठाउँमा जानको लागि आनाकानी गरिरहेको जनाईएको छ । स्वास्थ्य मन्त्रालयले निकालेको सरुवाको सूचना अनुसार एक हप्ता भन्दा बढी बितिसक्दा पनि ऐन कानून बिपरित तरिकाले साह यहि बसिरहेको स्रोतले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ २३ गते प्रकाशित गरेको सूचना अनुसार साहलाई वीरगञ्जको नरायणी अस्पतालबाट कोशी अस्पताल बिराटनगरमा सरुवा गरेको हो । तर साहले बर्तमान मेडिकल सुपरिटेन्डन्ट डा. एनामुल हकलाई समेत…
Read More
पाेखरिया अस्पतालमा जटिल समस्याबाट ग्रसित बिरामीहरुलाई नि:शुल्क उपचार गर्न छलफल

पाेखरिया अस्पतालमा जटिल समस्याबाट ग्रसित बिरामीहरुलाई नि:शुल्क उपचार गर्न छलफल

२८ जेठ, वीरगंज पर्साको पोखरिया अस्पतालमा मेडिसिटी अस्पताल काठमांडौको सहकार्यमा विभिन्न जटिल समस्याबाट ग्रसित बिरामीहरुको नि:शुल्क उपचार गरिने सम्बन्धमा साेमबार छलफल भएकाे छ । पोखरिया अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव र मेडिसिटी अस्पताल काठमांडौको निर्देशक विजय रिमालसंग पोखरिया अस्पतालमै बसी छलफल भएकाे हाे । छलफलमा मेडिसिटी अस्पताल निर्देशक रिमालले गाउँमा स्क्रीनिंग गरेका बिरामीको पैसाको अभावमा अल्प आयुमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई सहजीकरण गरी पोखरिया अस्पताल मै जटिल भन्दा जटिल समस्याबाट ग्रसित बिरामीको नि:शुल्क उपचार गर्न आफुहरु तयार रहेकाे वताए । पोखरिया अस्पतालको सभा हलमा भयको छलफलमा…
Read More
क्कली प्रमाण पत्रका आधारमा जागिर खाएका उपअनुसन्धान निर्देशकलाई भ्रष्टाचार मुद्दा

क्कली प्रमाण पत्रका आधारमा जागिर खाएका उपअनुसन्धान निर्देशकलाई भ्रष्टाचार मुद्दा

२७ जेठ, काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ । उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको भनाइ छ । अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search