Skip to main content

Sarbocha Khabar

Advertisement

लागु औषध गाँजा सहित पर्सा बाट एक जना पक्राउ

२७ भदौ, वीरगंज । पर्सा प्रहरीले लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय पाेखरियाबाट खटिएकाे प्रहरी टाेलीले बहुदरमाई नगरपालिकाकाे वडा नं.३ पदमौल गम्हरियाका ३८ बर्षिय रफिक महमदलाई पक्राउ गरेकाे हाे ।

बिशेष सुचनाको अधारमा खटिएको प्रहरी टोलीले बिहिबार दिउसाे ०१:०० बजेको समयमम महमदलाई निज कै घरमा छापामारी गरि उनलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

महमदकाे घरकोठा खानतलासी गर्दा प्लाष्टिकको झोला भित्र लुकाई छिपाई राखिएको लागु औषध गाँजा १५ फेला पारी बरामद प्रवक्ता भारतीले वताए । पक्राउ परेका महमदलाई इलाका प्रहरी कार्यालय पोखरिया मै राखि निज विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको  भारतीले जानकारी दिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search