Skip to main content

Sarbocha Khabar

Advertisement

हन्ट नेपाल मिडिया द्धारा स्कूल ब्याग तथा शैक्षिक सामग्री वितरण

Advertisement

२३ असोज,वीरगंज । हन्ट नेपाल मिडिया प्रा.लि.द्धारा सञ्चालित हाम्रो नेपाल दैनिक डट कम अनलाईनले बुधवार आफ्नो चौथौ वार्षिकोत्सव एक कार्यक्रमका बिच सम्पन्न गरेको छ ।

अनलाईन पत्रिकाले आफ्नो वार्षिकोत्सवको अवसरमा वीरगंज आदर्शनगर स्थित आमाको माया छात्रावासमा आश्रित बालबालिकाहरुको लागि स्कूल ब्याग तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

छात्रावास परिसरमा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यसवन्त यादवले अनर्लाइनको उत्तरोतर प्रगतिको कामना गर्दै यो छात्रावास सँग आफ्नो पुरानो सम्बन्ध रहेको बताए । उनले करिब एक दशक भन्दा अगाडि देखि म यो छात्रावासमा आश्रित बालबालिकाहरुको लागि सहयोग गर्दै आएको र आउने दिनमा पनि आवश्यक पर्ने सहयोगहरु गर्न तत्पर रहेको प्रतिबद्धता जनाए ।

पर्सा जिल्लाका अन्य पत्रिकाहरुले आफ्नो वार्षिकोत्सव ठूल–ठूला होटेलहरुमा लाखौ खर्च गरी मनाउने गरेको तर यस अनलाईनले आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै व्याग तथा शैक्षिक सामग्रीहरु वितरण गरी मनाएकोमा आफू असाध्यै हर्षित भएको बताए ।

सोअवसरमा जनजाति कल्याण आश्रम नेपाल राष्ट्रिय छात्रावासका प्रमुख महेश्वर हाँस्दाले यस छात्रावासमा आश्रित २७ जना बालबालिकाहरु वीरगंजको विभिन्न विद्यालय तथा कलेजहरुमा अध्ययन गरिरहेको बताउदै आश्रित बालबालिकाहरुको बस्ने, खाने, पढाई खर्च लगायतका सम्पूर्ण व्यवस्थापन यस छात्रावासले विभिन्न दाताहरुको सहयोगमा गर्दै आएको जानकारी दिए ।

सो कार्यक्रमको अध्यक्षता गर्दै सञ्चालक रामेश्वर चौरसियाले अनलाईनलाई चौथौ वर्षसम्म पु¥याउनमा प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण पाठकवर्ग, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी, शुभेच्छु्क लगायत सम्पूर्णमा धन्यबाद ज्ञापन गरेका थिए । सो कार्यक्रममा हिन्दु स्वयम् सेवक संघका रन्जित साह, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य र नेपाल पोष्ट डेलीका सञ्चालक मनोज पटेल, नेपाल पत्रकार महासंघ पर्साका कार्य समिति सदस्य अजय चौरसिया,  सञ्चारकर्मीहरु बलिराम यादव, अनुप यादव, जय यादव लगायतको सहभागिता रहेको थियो । सो कार्यक्रमको सञ्चालन कालिका टाईम्स दैनिकका सम्पादक शम्भु कुमार सुमनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search