Skip to main content

Sarbocha Khabar

Advertisement

Blog

वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

पर्सा । वीरगञ्जका युवा सन्तोष कुमार साह, जो नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत छन् । सडक दुर्घटनामा परेका तीनजनाको जीवन जोगाएर उनी मानवताको अनुपम उदाहरण दिएका छन् । आज बाराको सिमराबाट वीरगञ्ज फर्किने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । वरपरका मानिसहरू सहयोग गर्न हिचकिचाइरहेका थिए भने एम्बुलेन्स पनि उपलब्ध थिएन । सन्तोष साहले एक क्षण नसोची आफ्नो गाडी रोके , घाइतेहरूलाई अस्पताल पुर्याए, र आवश्यक सबै औपचारिकता पूरा गरे। उनको त्वरित निर्णय र निस्वार्थ सेवाभावले तीन अमूल्य जीवन जोगियो । अस्पतालका चिकित्सकहरूका अनुसार समयमै…
Read More
प्राईम कमर्सियल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्राईम कमर्सियल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

५ चैत, बिरगंज । प्राईम कमर्सियल  बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरगंज मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जगरनाथपुर गाउपालिका वडा नं ५ , झाकडा मसिहानी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा सैकड़ो भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका…
Read More
सर्वोच्चको फैसलामा कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय

सर्वोच्चको फैसलामा कार्यान्वयन सुरु : वीरगंजको मुख्य सडक विस्तारका लागि सार्वजनिक कार्यालयका संरचना तत्काल हटाउने निर्णय

६ चैत,वीरगंज । सर्वाेच्च अदालतले फागुन २८ गते वीरगंजको मुख्य सडक (मेन रोड) विस्तारको पक्षमा फैसला गरेपछि वीरगंज महानगरपालिकाले मंगलबार सडक क्षेत्रमा पर्ने सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरूसँग बैठक आयोजना गरेको छ । बैठकमा सडक क्षेत्राधिकार (दायाँ/बायाँ २५/२५ मिटर) भित्र पर्ने आफ्ना संरचना तत्काल हटाउने प्रतिबद्धता सरकारी कार्यालयका प्रमुखहरूले व्यक्त गरेका छन् । यसअघि वीरगंज भन्सार कार्यालय, नारायणी सिंचाई कार्यालय र नेपाल बैंक लिमिटेड सिटी अफिस वीरगंजले सडक क्षेत्राधिकार छाडेर आफ्ना संरचना निर्माण गरिसकेका छन् । अन्य सरकारी कार्यालयहरूले पनि आफ्ना संरचना हटाउने प्रतिबद्धता जनाएका छन्, जसले सडक डिभिजन कार्यालय हेटौँडालाई सडक विस्तारको कार्यान्वयनमा सहजता प्रदान गर्नेछ । वीरगंज महानगरपालिकाका प्रमुख…
Read More
स्ववियु निर्वाचन : ठाकुरराममा शान्तिपूर्ण तरिकाले सम्पन्न, खस्यो ४० प्रतिशत मत

स्ववियु निर्वाचन : ठाकुरराममा शान्तिपूर्ण तरिकाले सम्पन्न, खस्यो ४० प्रतिशत मत

६ चैत,वीरगन्ज वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि भएको स्ववियु निर्वाचनमा ४० प्रतिशत मात्रै मत खसेको  छ। ठाकुरराम क्याम्पसमा यसअघि २०६३ सालमा स्ववियु निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित स्ववियु पदाधिकारी र सदस्यको कार्यकाल २०६५ सालमा सकिएको थियो । त्यस पछी  यता ठाकुरराम क्याम्पसमाभने स्ववियु निर्वाचन नै हुन सकेको थिएन। मंगलबार बिहान १० देखि साँझ ५:३० बजेसम्म भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले जानकारी दिए। मंगलबार बिहान ८ बजेदेखि नै मतदान सुरु हुने भनिएतापनि तयारी पूरा नभएका कारण बिहान १० बजेदेखि मात्रै मतदान सुरु भएको थियो।…
Read More
बिरगंज जेसीजद्वारा होली मिलन कार्यक्रम सम्पन्न

बिरगंज जेसीजद्वारा होली मिलन कार्यक्रम सम्पन्न

२८ फागुन,बिरगंज । बिरगंज जेसीजद्वारा भव्य रूपमा होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । रंग र उमंगको चाड होलीलाई अवसरका रूपमा उपयोग गर्दै बिरगंज जेसीजले विशेष कार्यक्रमको आयोजना गरेको हो । बिरगंज जेसीज २०२५ का अध्यक्ष सरोज चौरसियाको अध्यक्षतामा भएकाे सो कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति अध्यक्ष जेसी सरोज चौरसियाले विशेष धन्यवाद व्यक्त गरेका थिए । उनले आफ्नो कार्यसमितिका सदस्यहरू, मनोनीत साथीहरू, पूर्व अध्यक्षहरू, जेसीजका साधारण सदस्यहरू लगायत सबैप्रति हार्दिक आभार प्रकट गर्दै रंगहरूको पर्व होलीको शुभकामना दिएका थिए । आपसी सदभाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले समारोहमा होली पर्वको महत्वका साथै सामाजिक कार्य र विकासमा यस्ता सामाजिक…
Read More
गोल्डेन फ्युचर एकेडेमीमा बिज्ञान प्रविधिहरुको प्रदर्शनी

गोल्डेन फ्युचर एकेडेमीमा बिज्ञान प्रविधिहरुको प्रदर्शनी

वीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीहरुले बिज्ञान बिषयका प्रविधिहरुको प्रदर्शनी गरेका छन् । गोल्डेन फ्युचर एकेडेमीका डाइरेक्टर डा. उमेश चौरसियाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यमा सो बिज्ञान प्रविधिको प्रदर्शनी भएको हो । कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका विभिन्न प्रविधिका औजार देखि अन्य सामाग्रीहरु प्रदर्शन गरेका थिए । प्रदर्शनको उदघाटन समारोहमा प्रहरी उपरीक्षक मिश्रले विद्यार्थीहरुले तयार गरेको विभिन्न प्रविधिहरुको अवलोकन गर्ने क्रममा निजी बिद्यालयले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत धेरै उपलब्धि हासिल गरेको बताए । आजका यी विद्यार्थीहरुले बैज्ञानिक ज्ञान हासिल गरे…
Read More
आमसञ्चार परिषद् विधेयकः पत्रकारिता क्षेत्र नियमनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव

आमसञ्चार परिषद् विधेयकः पत्रकारिता क्षेत्र नियमनका लागि नयाँ कानुनी व्यवस्था प्रस्ताव

हेमन्त जोशी÷रासस काठमाडौँ, १४ फागुन ः राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१’ प्रतिनिधिसभामा पेस भएकोे छ । यो विधेयकमाथि प्रतिनिधिसभाका सांसदहरूको संशोधन राख्ने, विषयगत समितिमा छलफलका लागि लैजानेलगायत प्रक्रियाहरू बाँकी छन् । तर ‘विधेयकमाथि विचार गरियोस्’ भनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार प्रतिनिधिसभामा राख्नुभएको प्रस्तावमाथि छलफलका क्रममै सांसदहरूले विधेयकका व्यवस्थामाथि अनेक प्रश्न र शङ्का व्यक्त गर्नुभयो । यो विधेयकमार्फत संशोधन गर्न र थप्न खोजिएका विषयको औचित्य, प्रभावकारिता र सम्भावित चुनौतीबारे गम्भीर बहस आवश्यक धारणा सांसदहरूले राख्नुभयो । उहाँहरूले आ–आफ्ना धारणा राख्ने क्रममा यो विधेयकले पत्रकारिता क्षेत्रलाई थप सुदृढ बनाउँछ वा थप नियन्त्रण गर्छ भन्ने प्रश्न उठान गर्नुभएको…
Read More
नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

१४ फागुन, बिरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन यहि फाल्गुण १५ र १६ गते मधेश प्रदेशको वीरगञ्जमा सम्पन्न गर्न सम्पुर्ण तयारी पुरा भरएको छ। नेसनल प्याब्सनको केन्द्रीय समितिको सातौं बैठकले वीरगञ्जको टाउनहल, आदर्शनगरमा महाधिवेशन आयोजना गर्ने निर्णय भएको आज यहा भरएको प्रेस सम्मेलनमा बताइएको छ। यसअघि, सातौं राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित नेपालगञ्जमा सम्पन्न भएको थियो। निजी विद्यालयहरूको हित संरक्षण,शिक्षा क्सेत्रामा निजि क्षेत्र को लगानि कर तिर्नेसेवा सुबिधा को पहुच संघीय शिक्षासम्बन्धी ऐन, शैक्षिक सुधार, शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकास, तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालनलगायतका विषयमा छलफल गर्न यो महाधिवेशन…
Read More
अब सवारीसाधन खरिदका लागि  ६० प्रतिशत मात्र ऋण पाइने

अब सवारीसाधन खरिदका लागि ६० प्रतिशत मात्र ऋण पाइने

काठमाडौँ अब सबै प्रकारका विद्युतीय सवारीसाधन खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिँदा मूल्यको ६० प्रतिशतसम्म मात्र कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत उक्त व्यवस्था गरेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले विद्युतीय सवारीमा बजार मूल्यको ८० प्रतिशतसम्म ऋण प्रवाह गर्दै आएका थिए । यस्तै, विद्युतीयबाहेक अरु व्यक्तिगत सवारीसाधन खरिदमा पनि बैंक तथा वित्तीय संस्थाले ६० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि यस्ता सवारीसाधनमा खरिदका लागि मूल्यको ५० प्रतिशतसम्म मात्र ऋण लिन पाइन्थ्यो ।
Read More
पशुपतिमा महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन ओलीको निर्देशन

पशुपतिमा महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन ओलीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको अवलोकन गरेका छन् । उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए । उनका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए । महाशिवरात्रिको अवसरमा बुधबार…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search