Skip to main content

Sarbocha Khabar

Advertisement

वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

Advertisement

पर्सा । वीरगञ्जका युवा सन्तोष कुमार साह, जो नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत छन् । सडक दुर्घटनामा परेका तीनजनाको जीवन जोगाएर उनी मानवताको अनुपम उदाहरण दिएका छन् ।

आज बाराको सिमराबाट वीरगञ्ज फर्किने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । वरपरका मानिसहरू सहयोग गर्न हिचकिचाइरहेका थिए भने एम्बुलेन्स पनि उपलब्ध थिएन ।

सन्तोष साहले एक क्षण नसोची आफ्नो गाडी रोके , घाइतेहरूलाई अस्पताल पुर्याए, र आवश्यक सबै औपचारिकता पूरा गरे। उनको त्वरित निर्णय र निस्वार्थ सेवाभावले तीन अमूल्य जीवन जोगियो ।

अस्पतालका चिकित्सकहरूका अनुसार समयमै उपचार नपाएको भए ठूलो क्षति हुन सक्थ्यो । अहिले तिनै घाइतेहरूको स्वाथ्य अवस्थामा सुधार छ ।

साहको यो साहसिक कार्य समाजका लागि प्रेरणादायी बनेको छ । स्थानीयहरू, अस्पतालका कर्मचारीहरू, र सहकर्मीहरूले उनको निःस्वार्थ भावनाको खुलेर प्रशंसा गरेका छन्।

नबिल बैंक : सामाजिक उत्तरदायित्वको प्रेरणास्तम्भ

सन्तोष साहको परोपकारी कार्य नबिल बैंकको नैतिक शिक्षाको प्रतिफल पनि हो। नबिल बैंकले कर्मचारीहरूलाई सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलतासँगै पेशागत दक्षता प्रदान गर्ने नीति लिएको छ, जसको प्रत्यक्ष उदाहरण उनले प्रस्तुत गरेका छन्।

संकटको घडीमा सहयोगी बन्न सकियो भने जीवन बदल्न सकिन्छ भन्ने सन्देश दिँदै, सन्तोष साह समाजका लागि प्रेरणाको स्रोत बनेका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search