Sarbocha Khabar

Advertisement

समाचार

क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियालाइ

क्रिकेट विश्वकपको उपाधि अस्ट्रेलियालाइ

मंसिर ३ ,काठमाडौं ।  अस्ट्रेलियाले क्रिकेट विश्वकपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा आयोजक भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले छैठौं पटक विश्वकपको उपाधि जितेको हो । भारतले दिएको २४१ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । अस्ट्रेलियाको जितमा ट्राभिस हेडले शानदार १३७ रनको शतकीय पारी खेलेका थिए भने मार्नस लाबुसचाग्नेले अविजित ५८ रन बनाएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा अलआउट हुदै २४० रन बनाएको थियो । अस्ट्रेलियाले यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको थियो । अस्ट्रेलियाले…
Read More
माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया : नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने

माओवादी केन्द्र र नेसपाको एकता प्रक्रिया : नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने

मंसिर ३ ,काठमाडौं ।  नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीचको पार्टी एकता वार्ता समितिको बैठकले नयाँ नाम र चुनाव चिह्न समितिको सुझावअनुसार राख्ने निर्णय गरेको छ । आइतबार बसेको पार्टी एकता संयोजन समिति बैठकले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय गरेको हो । माओवादी केन्द्र वार्ता समिति संयोजक कृष्णबहादुर महरा र नेपाल समाजवादी पार्टी वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले बैठकपछि जारी गरेको विज्ञप्ति :  
Read More
बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

घाँस, दाउरा ल्याउन जंगल गएकी एक महिलाको बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालका अनुसार बाघको आक्रमणमा २५ वर्षीया ममता सुनारको मृत्यु भएको छ। दुई महिला घटनालाई देखेर बेहोस भएका छन्। आज दिउसो करिव १२:३० बजे राजापुर नगरपालिका-१० सुकुम्बासी वस्ती नजिक रहेको वनमा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ।
Read More
माओवादीले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो होः प्रधानमन्त्री

माओवादीले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो होः प्रधानमन्त्री

मंसिर ३ ,रुकुमपूर्व ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताएका छन् । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले भने, “हिजो हामी संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौं । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौं । जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन । दलाल पूँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन । तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन ।” सोही कारण संविधान लेख्दा नै राज्य समाजवाद उन्मुख हुने…
Read More
जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

जापानलाई हराउँदै चारदेशीय महिला टी-२० सिरिजमा नेपाल तेस्रो

मंसिर ३ ,काठमाडौँ । नेपाल चारदेशीय महिला टी-२० सिरिजमा तेस्रो भएको छ । आइतबार सम्पन्न तेस्रो स्थानको लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गर्दै तेस्रो भएको हो । नेपालले दिएको ११६ रनको लक्ष्य पछ्याएको जापानले २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन मात्र बनाएपछि नेपाल ४५  रनले विजयी भएको हो । यसअघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । सिरिजमा समूह चरणमा नेपालले जापानलाई पराजित गरेको थियो भने आयोजक हङकङ र तान्जानियासँग पराजित भएको थियो । त्यस्तै जापानले भने समूह चरणका तीनै खेलसहित तेस्रो स्थानको खेलमा पनि हार व्यहोरेको छ । यस सिरिजको फाइनल…
Read More
रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

रबि लामिछाने जनताको घरदैलोंमा (फाेटाेफिचर)

काठमाडौं, २ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने जनताको घरदैलोमा पुगेका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सो पार्टीका सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्ने कार्यक्रम अनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलोमा पुगेका हुन् । सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्ने सो पार्टीले जनाएको छ ।  
Read More
चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, एक सातामा ७ जनाको मृत्यु

चिसोका कारण भूकम्प प्रभावितको मृत्यु हुने क्रम बढ्यो, एक सातामा ७ जनाको मृत्यु

मंसिर २, काठमाडौँ । भूकम्प प्रभावित जिल्ला रुकुम पश्चिम र जाजरकोटमा चिसोका कारण मृत्यु हुनेहरु बढिरहेका छन् । चिसो बढ्दै जाादा भूकम्प प्रभावितको लागि न्यानो कपडा र बस्ने बासको राम्रो व्यवस्था नहुँदा बिरामी बढेका मात्रै छैनन्, मृत्यु हुनेको सङ्ख्या समेत बढिरहेको छ । चिसोका कारण जाजरकोटमा थप तीन जना वृद्धको ज्यान गएको हो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको हो । डुमे दमका दीर्घरोगी पनि थिए । त्रिपालभित्रको बसाइ र अत्यधिक…
Read More
नेपाली महिला क्रिकेट टिमद्वारा जापान पराजित

नेपाली महिला क्रिकेट टिमद्वारा जापान पराजित

काठमाडौँ, २ मङ्सिर । नेपालले चारदेशीय महिला टी-२० सिरिजको तेस्रो खेलमा जापानलाई पराजित गरेको छ । नेपालले दिएको ११४ रनको लक्ष्य पछाएको जापानले २० ओभरमा अलआउट हुदै ४६ रन मात्र बनाएपछि नेपाल ६७ रनले विजयी भएको हो । जापानलाई कम रनमा समेटन नेपाली बलर संगीता राईले ५ विकट लिएकी थिइन् । यसअघि पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउदै ११३ रन बनाएको थियो । सिरिजमा दुई खेलमा हार र एक खेलमा जितसहित नेपाल र तीन खेलमा हार बेहोरेको जापान फाइनलको दौडबाट बाहिरिइसकेका छन् । नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले हार बेहोरेको थियो भने दोस्रो खेलमा हङकङसँग ९ विकेटले…
Read More
उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं, २ मंशिर । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा  आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा…
Read More
रास्वपाले थाल्यो घरदैलो कार्यक्रम

रास्वपाले थाल्यो घरदैलो कार्यक्रम

काठमाडौं, २ मंशिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु आजबाट घरदैलो गर्ने भएका छन् । गत बर्ष सम्पन्न निर्वाचनमा मत दिएर बिजयी बनाएको भन्दै सांसदहरु आ आफनो निर्वाचन क्षेत्रमा घरदैलो गर्न लागेका हुन् ।   सो क्रममा एक बर्षमा भए गरेका कामहरुको जानकारी मतदातालाई दिने तथा सुझाव संकलनको काम पनि गर्नेछन् ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search