Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 2

एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

गण्डकी, २२ माघः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनु्भयो । पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उहाँले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सहकार्य भएको स्पष्ट गर्नुभयो । नेकपा एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको कथन…
Read More
एसपी मिश्राले आफ्नो कार्यभार सम्हाले

एसपी मिश्राले आफ्नो कार्यभार सम्हाले

१४ माघ, बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखकोमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले सोमबार आफ्नो कार्यभार सम्हालेका छन्।  चितवनबाट सरुवा भई आएका एसपी मिश्रले कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। एसपी मिश्रलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंलगायतका प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। मिश्रले इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाको आधारमा आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता जनाउँदै प्रहरी जवानदेखि अधिकारीसम्मलाई निर्देशन दिएका छन्। एसपी मिश्रले यसअघि २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा कार्य गरेका थिए। सोही कार्यकालमा उनले विभिन्न दाताहरूको सहयोगमा भाडाको भवनमा सञ्चालनमा रहेको कार्यालयलाई निजी भवन…
Read More
नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साद्धारा खुल्ला आर्ट प्रतियोगिता सम्पन्न

नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साद्धारा खुल्ला आर्ट प्रतियोगिता सम्पन्न

वीरगंज । नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिती पर्साले शनिवार खुल्ला आर्ट प्रतियोगिता सम्पन्न गरेको छ । वीरगंज बिर्ता स्थित श्री त्रिजुद्ध माध्यमिक विद्यालयको विज्ञान भवनमा आयोजिता प्रतियोगितामा ज्ञान्दा एकेडेमीका रवि राज यादव प्रथम, रोयल एकेडेमीका उपासना कुमारी द्वितिय र मिनिल्याण्डका प्रतीक कुमार गुप्ता तृतिय स्थान हासिल गरेको संघका सचिव रामनरेश चौरसियाले बताए । विभिन्न स्कूलका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगिताको निर्नायक मण्डलमा बरिष्ठ कालाकार श्याम श्रेष्ठ, सागिर अहमद, म.अजाद आलम रहेका थिए । नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साका अध्यक्ष मनिष श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, संघका भुपु अध्यक्ष कमलेश…
Read More
जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

सेढवा । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ५ शंकर सरैया टाेलमा मंगलबार राति आगलागी भएकाे छ । स्थानिय लालबहादुर दास थारुकाे घरगोठमा आगलागी हुँदा घरगोठ र पशुचौपाया जलेर नष्ट हुदा लाखौको क्षति भएको छ । मंगलबार आन्दाजी राति करिब १ बजेको समयमा भएकाे आगलागीमा घरगोठ पुर्ण रुपले जल्नुको साथै १८ ओटा खसीबाख्रा जलेर नष्ट भएकाे स्थानीय शिक्षक जाटाशंकर यादवले बताए । अत्यधिक चिसोका कारण आगो ताप्न बालिएकाे घुरबाट आगो सल्किएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ । आगलागीमा जलेकाे फुसको छानो भएको घर, काठ र पशु चौपाया गरी दुई लाख पचास हजार रुपैया बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक…
Read More
श्रीनिधि साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न, एक वर्ष भित्र आफ्नै भवन निर्माण हुन्छ ः प्रमुख कार्यकारी अधिकृत चौरसिया

श्रीनिधि साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न, एक वर्ष भित्र आफ्नै भवन निर्माण हुन्छ ः प्रमुख कार्यकारी अधिकृत चौरसिया

२६ पुस,  वीरगंज  । श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १३ औं वार्षिक साधारणसभा शुक्रवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंजको होटेल भिस्वामा सम्पन्न साधारणसभाको उदघाटन गर्नु हुदै राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक समिति सदस्य शम्भु गुप्ताले गुप्ताले अहिलेको सरकारले सहकारी विधेयक ल्याएको केही सकारात्मक पक्ष रहेको र केही असन्तुष्टिहरु पनि रहेको बताए । उनले यो सहकारी ऐन संशोधन नभए राम्रो सहकारी संस्थाका संचालकहरु पल्यान हुन सक्ने उच्च जोखिम रहेको बताएका छन् । १० लाख भन्दा बढी रकम जम्मा गर्न नपाउने र दोस्रो पटक देखि तेस्रो पटक संचालक बन्न नपाउने ब्यवस्थाले अवसरको नाममा पाखा…
Read More
जनमत पार्टीले मनायाे राष्ट्रिय धोती दिवस

जनमत पार्टीले मनायाे राष्ट्रिय धोती दिवस

वीरगंज । जनमत पार्टी  पर्साले पनि बुधबार वीरगंजमा राष्ट्रिय धोती दिवस मनाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले अंग्रेजी नयाँ वर्षको दिन बुधबार वीरगंजमा राष्ट्रिय धोती दिवस मनाएका हुन् । धोती, कुर्ता र गम्छाको पहिरन लगाएर बिहान घण्टाघर चोकमा भेला भएका जनमत पार्टीका कार्यकर्ताले त्यहाँबाट ¥याली निकालेर वीरगंज शहरको नगर परिक्रमा गरेका थिए । घण्टाघर चोकबाट सुरु भएको ¥याली माईस्थान, आदर्शनगर, घडिअर्वा हुदैं पुन घण्टाघर चोकमै पुगेर समापन भएको थियो । ¥यालीप्छि घण्टाघर चोकमा आयोजित कोणसभामा बोल्दै जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले धोती मधेसीको पहिचानमात्र नभई सांस्कृतिक धरोहरपनि भएकाले यसलाई राष्ट्रिय पोशाकको रुपमा मान्यता दिलाउन…
Read More
लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

गण्डकी, १ पुसः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माले जानकारी दिनुुभयो । सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी उहाँलाई पोखरा ल्याइएका थियो । रासस
Read More
वीरगंजमा एकसाथ करिब १३ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंजमा एकसाथ करिब १३ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

वीरगंज २८ कार्तिक । वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । वीरगंजको आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले छात्राहरुलाई प्रशिक्षण दिनुभएको थियो । वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको आज एक कार्यक्रमका बिच खानेपानी मन्त्रि प्रदिप यादवले उद्घाटन गर्नुहुदै सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालिन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । उहाँले वीरगंज महानगर पालिकाले एकसाथ नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न…
Read More

छठ पर्वको अवसरमा बर्वामा सांगितिक कार्यक्रम सम्पन्न

वीरगंज । हिन्दुहरुको महान चाड छठ पर्वको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १९ बर्वामा सांगितिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । युवा स्मार्ट ग्रुपको आयोजनामा आयोजित कार्यक्रममा भारत बिहारका चर्चित गायक अशोक अलबेला लगायतको टिमले सहभागी स्थानियहरुलाई मनोरञ्जन गराएका थिए । सन्दिप चौरसिया र बिबेक यादवको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बीरगंज महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष मुकेश कुमार चौरसिया, अतिथिहरु बिन्देश्वर प्रसाद चौरसिया, ध्रुप प्रसाद चौरसिया, उपेन्द्र यादव, समाजसेवी कुवर चौरसिया, केहुनिया चौकिका प्रहरी सहायक निरीक्षक राकेश यादव, अमरपट्टिका प्रहरी चौकीका प्रमुख रन्जन सिंह, त्यसैगरी मुन्ना यादव, दरोगा महतो, मुन्ना चौरसिया, युवा स्मार्ट ग्रुपका सदस्य…
Read More
मिडिया सँग सहयात्रा र सहकार्य गर्न सधैँ तयार छुु ः प्रजिअ अर्याल

मिडिया सँग सहयात्रा र सहकार्य गर्न सधैँ तयार छुु ः प्रजिअ अर्याल

वीरगंज । पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रुपमा सरुवा भएर आएका गणेश अर्यालले पदभार सम्हालेको तेस्रो दिन बुधबार पर्सेली सञ्चारकर्मीहरू सँग भेटघाट एवम् परिचयात्मक कार्यक्रम गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सिडिओ अर्यालले पत्रकारिताको महत्त्व, प्रशासन सँगको सहकार्य, र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने लगायत विषयमा धारणा राखेका थिए । प्रजिअ अर्यालले पत्रकारिता क्षेत्रको महत्वलाई उदाहरण सहित स्पष्ट पार्दै अमेरिकी वाटरगेट काण्डको प्रसङ्ग उल्लेख गर्दै भने, “पत्रकारिता सत्य, पारदर्शिता, र जनताको आवाजको संरक्षण गर्ने साधन हो । पत्रकारहरूले समाचार सम्प्रेषण गर्दा सबै पक्षको विचारलाई ध्यानमा राख्दै, सकारात्मक र नकारात्मक दुवै पक्षको समीक्षा सहित समाजमा सकारात्मक ऊर्जा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search