Sarbocha Khabar

Advertisement

मिडिया सँग सहयात्रा र सहकार्य गर्न सधैँ तयार छुु ः प्रजिअ अर्याल

Advertisement

वीरगंज । पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को रुपमा सरुवा भएर आएका गणेश अर्यालले पदभार सम्हालेको तेस्रो दिन बुधबार पर्सेली सञ्चारकर्मीहरू सँग भेटघाट एवम् परिचयात्मक कार्यक्रम गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सिडिओ अर्यालले पत्रकारिताको महत्त्व, प्रशासन सँगको सहकार्य, र समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने लगायत विषयमा धारणा राखेका थिए ।

प्रजिअ अर्यालले पत्रकारिता क्षेत्रको महत्वलाई उदाहरण सहित स्पष्ट पार्दै अमेरिकी वाटरगेट काण्डको प्रसङ्ग उल्लेख गर्दै भने, “पत्रकारिता सत्य, पारदर्शिता, र जनताको आवाजको संरक्षण गर्ने साधन हो । पत्रकारहरूले समाचार सम्प्रेषण गर्दा सबै पक्षको विचारलाई ध्यानमा राख्दै, सकारात्मक र नकारात्मक दुवै पक्षको समीक्षा सहित समाजमा सकारात्मक ऊर्जा प्रवाहित गर्नुपर्छ ।”
अर्यालले सञ्चारकर्मीहरू सँग सहकार्य गर्दै पर्सामा प्रशासनको भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धता जनाएका थिए ।

उनले आफ्नो कार्यकालको उद्देश्य समाजमा सुधार र अनुकरणीय कार्य प्रस्तुत गर्ने रहेको भन्दै भने, “मिडिया सँग सहयात्रा र सहकार्य गर्न सधैँ तयार छु । आउँदा खेरी स्वागत नगर्नुस; म काम गरेर देखाउने व्यक्ति हुँ, दमदार काम गरेको छु भने जाँदा भव्य तरिकाले बिदाइ गर्नुहोला ।”

आफ्नो अनुभव र प्रतिबद्धताको आधारमा उनले जिल्लामा प्रभावकारी र उत्कृष्ट कार्यसम्पादनको योजना पनि सुनाए । प्रजिअ अर्यालले यसअघि अन्य जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुखका रूपमा कार्यसम्पादनमा उत्कृष्टता पु¥याएको भन्दै यस पटक पनि पर्सा जिल्लाका जनताका लागि उदाहरणीय काम गर्ने अठोट दोहो¥याए ।

सो कार्यक्रममा जिल्लामा कार्यरत क्रियाशिल पत्रकारहरुले जिल्लाको बारेमा बिभिन्न प्रश्न तथा समस्याका बारेमा प्रजिअ अर्याललाई अवगत गराएका थिए ।
उनीहरुले जिल्ला प्रशासन कार्यालयमा विशेष गरि नागरिकता बनाउन तथा प्रतिलिपी निकाल्नमा बढी समय लाग्ने गरेको जनगुनासो रहेको बताएका थिए ।

साकारात्मक कुराहरुलाई पनि मिडियाले उठान गरिदिनको लागि उनले पत्रकार सँग आग्रह समेत गरेका थिए ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुगेल, सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेश महासचिव श्याम बञ्जारा, पर्साका कार्यवाहक अध्यक्ष युवराज खडका लगायत पर्सेली सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search