Skip to main content

Sarbocha Khabar

Advertisement

सन नेपाल लाइफको वीरगञ्ज शाखा नयाँ स्थानमा स्थानान्तरण

वीरगञ्ज । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरगञ्ज शाखा कार्यालय नयाँ स्थानमा स्थानान्तरण गरिएको छ। शाखा कार्यालय स्थानान्तरणको अवसरमा विशेष कार्यक्रम आयोजना गरी नयाँ कार्यालयको समुद्घाटन गरिएको हो।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार आर्याल, मधेस प्रदेश प्रमुख नवराज चौधरी, क्षेत्रीय कार्यालय प्रमुख प्रमोद साह तथा वीरगञ्ज शाखा प्रमुख नरेश पटेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा कम्पनीका प्रतिनिधि, कर्मचारी तथा स्थानीय सेवाग्राहीहरूको सहभागिता रहेको थियो। नयाँ स्थानबाट सेवाग्राहीलाई थप सहज, प्रभावकारी र गुणस्तरीय बीमा सेवा उपलब्ध गराउने उद्देश्यले शाखा कार्यालय स्थानान्तरण गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका पदाधिकारीहरूले बीमा सेवाको पहुँच विस्तार गर्दै सेवाग्राहीलाई छिटोछरितो तथा प्रभावकारी सेवा प्रदान गर्न शाखाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए।

कार्यक्रममा वीरगञ्ज शाखाका एडमिन बब्लु चौरसिया लगायत कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
नयाँ कार्यालयबाट जीवन बीमासम्बन्धी सेवा, परामर्श तथा आवश्यक सहजीकरणलाई थप व्यवस्थित बनाउँदै सेवाग्राहीको विश्वास कायम राख्ने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search