Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 1

नेपाली विद्यार्थीको समस्या समाधान नगरिए ओडीसा राज्यमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं : सरकारले ओडीसा राज्य सरकारलाई नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्न आग्रह गरेको छ। कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा विकसित घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले न्यायपूर्ण ढंगले समस्या समाधान गर्न आग्रह गरेको छ। नेपाली विद्यार्थीहरूको समस्या समाधान नगरे ओडीसा राज्यका विश्वविद्यालयमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्ने मन्त्रालयले चेतावनी दिएको हो। 'केआइआइटी घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने,' विज्ञप्तिमा भनिएको छ। विद्यार्थीहरूले निर्वाधरूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कूटनीतिक तवरबाट…
Read More
एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

एभरेष्ट पब्लिक स्कुलद्वारा फुड फेसटिबल कार्यक्रम सम्पन्न

बीरगंज । वीरगंज महानगरपालिका रनिघाट स्थित एभरेष्ट पब्लिक स्कुलले शनिवार फुड फेसटिबल कार्यक्रम सम्पन्न गरेको छ । स्कूल परिसरमा आयोजित कार्यक्रममा स्कूलका कक्षा ४ देखि ७ सम्मका विद्यार्थीहरु माछा, मासु, घोंगी, पानीपुरी लगायतका १२ वटा स्टलहरु राखेका थिए । विद्यार्थीहरुको मनोबल उच्च पार्न तथा विद्यार्थीहरुले पढदै सिक्दै कमाउदै भन्ने उदेश्यका साथ यो कार्यक्रम आयोजना गरिएको स्कूलका प्रिन्सिपल नितु चौरसियाले बताईन् । विद्यार्थीहरुले बनाएको परिकार खाएर कार्यक्रमका अतिथि एवं सहभागीहरुले खुबै प्रशंसा गरेको अभिभावक सरिता देवीले बताईन् । स्कूलका प्रिन्सिपल चौरसियाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ता, बिशिष्ट अतिथि डा. उमेश…
Read More
प्याब्सन वीरगंजको आयोजनामा भोलि देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

प्याब्सन वीरगंजको आयोजनामा भोलि देखि महिला तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता हुने

वीरगञ्ज । वीरगञ्जमा महिला क्रिकेट तथा अण्डर–१२ क्रिकेट प्रतियोगिता शनिवारबाट सुरु हुने भएको छ । प्रतियोगिता प्याब्सन वीरगञ्ज महानगर समितिको आयोजनामा ज्ञानदा एकेडेमीको मैदानमा हुने बताएका छन् । प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा छात्रातर्फ २१ वटा विद्यालय र छात्रतर्फ २० वटा विद्यालयहरुले सहभागिता जनाउने जानकारी दिएका थिए । नेपाल विद्यालय खेलकुद महासंघ सँगको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा पहिलो पटक टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा हुने खेलमा प्रत्येक टोलीमा ११ जना खेलाडी रहनेछन् भने फिल्डिङ गर्ने क्रममा ९ जना मात्र मैदानमा रहनेछन् । प्रतियोगिता…
Read More
१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता अब वीरगंजमा

१२५ बर्ष पुरानो डकह्याम्सको आधिकारिक बिक्रेता अब वीरगंजमा

वीरगंज । वीरगंज १३ राधेमाईमा समृद्धि ट्रेड एण्ड कन्सर्न संचालनमा आएकाे छ । डकह्याम्स कम्पनीकाे माेबिलकाे पर्सा, बारा र राैतहटकाे अधिकारिक विक्रेताकाे रुपमा समृद्धि एण्ड कन्सर्न संचालनमा आएकाे हाे । १२५ बर्ष पुरानाे ब्रिटिस कम्पनी डकह्याम्सकाे सबै रेन्जकाे इन्जिन आयल, गेयर आयल, हाइड्राेलिक, ट्रान्समिसन आयल पाइने डिलरकी संचालक अनिता साहले जानकारी दिइन । इंगलैण्डकाे पुरानाे कम्पनी अलक्जेनडर डकह्याम्स एण्ड कम्पनी लिमिटेडकाे अनुमतिमा नेपालकाे लागि नेपाल ल्युब आयल लिमिटेडले उत्पादन गरेकाे तथा ल्युब भिष्टा प्रा.लि. ले वितरण शुरू गरेकाे याे प्रिमियर ब्रान्ड सबै सवारीसाधनकाे लागि प्रयोग गर्न सकिने उनले वताइन । स्कुटी, मोटरसाइकल, ट्याक्टर, ट्रक, टिपर, सुमो, स्कार्पियो लगायतका सबै सवारी…
Read More
एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

गण्डकी, २२ माघः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनु्भयो । पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उहाँले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सहकार्य भएको स्पष्ट गर्नुभयो । नेकपा एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको कथन…
Read More
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २ माघः (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मक्र्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मक्र्युर होटेल सञ्चालामा आएको हो । त्यसअवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटेल व्यवसायमा मक्र्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताउनुभयो ।
Read More
श्रीनिधि साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न, एक वर्ष भित्र आफ्नै भवन निर्माण हुन्छ ः प्रमुख कार्यकारी अधिकृत चौरसिया

श्रीनिधि साकोसको १३ औं वार्षिक साधारणसभा सम्पन्न, एक वर्ष भित्र आफ्नै भवन निर्माण हुन्छ ः प्रमुख कार्यकारी अधिकृत चौरसिया

२६ पुस,  वीरगंज  । श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरगंज पर्साको १३ औं वार्षिक साधारणसभा शुक्रवार एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वीरगंजको होटेल भिस्वामा सम्पन्न साधारणसभाको उदघाटन गर्नु हुदै राष्ट्रिय सहकारी महासंघ नेपालका संचालक समिति सदस्य शम्भु गुप्ताले गुप्ताले अहिलेको सरकारले सहकारी विधेयक ल्याएको केही सकारात्मक पक्ष रहेको र केही असन्तुष्टिहरु पनि रहेको बताए । उनले यो सहकारी ऐन संशोधन नभए राम्रो सहकारी संस्थाका संचालकहरु पल्यान हुन सक्ने उच्च जोखिम रहेको बताएका छन् । १० लाख भन्दा बढी रकम जम्मा गर्न नपाउने र दोस्रो पटक देखि तेस्रो पटक संचालक बन्न नपाउने ब्यवस्थाले अवसरको नाममा पाखा…
Read More

छठ पर्वको अवसरमा बर्वामा सांगितिक कार्यक्रम सम्पन्न

वीरगंज । हिन्दुहरुको महान चाड छठ पर्वको अवसरमा वीरगंज महानगरपालिका वडा नं. १९ बर्वामा सांगितिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । युवा स्मार्ट ग्रुपको आयोजनामा आयोजित कार्यक्रममा भारत बिहारका चर्चित गायक अशोक अलबेला लगायतको टिमले सहभागी स्थानियहरुलाई मनोरञ्जन गराएका थिए । सन्दिप चौरसिया र बिबेक यादवको संयुक्त अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि बीरगंज महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष मुकेश कुमार चौरसिया, अतिथिहरु बिन्देश्वर प्रसाद चौरसिया, ध्रुप प्रसाद चौरसिया, उपेन्द्र यादव, समाजसेवी कुवर चौरसिया, केहुनिया चौकिका प्रहरी सहायक निरीक्षक राकेश यादव, अमरपट्टिका प्रहरी चौकीका प्रमुख रन्जन सिंह, त्यसैगरी मुन्ना यादव, दरोगा महतो, मुन्ना चौरसिया, युवा स्मार्ट ग्रुपका सदस्य…
Read More
प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा ८ महिला सहित ८० जनाले गरे रक्तदान

प्राईम कमर्सियल बैंकको वार्षिकोत्सवमा ८ महिला सहित ८० जनाले गरे रक्तदान

११ असोज, वीरगंज । प्राइम कमर्सियल बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मधेश प्रदेश कार्यालयको आयोजनामा बैंकको आदर्शनगर वीरगंज शाखाले “रक्तदान जीवनदान” भन्ने मुल नाराका साथ शुक्रवार बैंक परिसरमा आयोजित कार्यक्रममा ८ महिला सहित ८० जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजले जनाएको छ । रक्तदान गर्नेहरुमा दिपेश राय, शैलेन्द्र प्रसाद कुर्मी, समिम हवारी, रमेश पंडित, अकलेश प्रसाद कुर्मी, दिलिप कुमार साह, दयाकान्त प्रसाद ओझैया, कर्तव्य सिंह लगायतकाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र सिंहले बताए । सो रक्तदान कार्यक्रममा प्रईम बैंक वीरगंज शाखाका प्रबन्धक मेघनाथ सोनार, नरेश शर्मा, नितेस कुमार, मनमोहन शर्मा, निजगढ…
Read More
सरकारले ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने

सरकारले ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने

काठमाडौँ, ४ असोजः  (रासस) सरकारले सामान्य प्रक्रियाबाट फछ्र्यौट हुन नसकेका बेरुजु फछ्र्याैट गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखासमितिका सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा ‘बेरुजु फछ्र्यौट समिति’ गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सूचना सञ्चार तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने निर्णय भएको जानकारी दिनुभयो । सरकारका प्रवक्तासमेत रहनुभएका गुरुङले भन्नुभयो, “आगामी कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन उपप्रधानमन्त्री…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search