Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 1

राष्ट्रपति-जेनजी संवादमा सेनाले गर्नेछ सहजीकरण

राष्ट्रपति-जेनजी संवादमा सेनाले गर्नेछ सहजीकरण

२४ भदौ, काठमाडौं । काठमाडौंमा मंगलबार उत्पन्न तनावपूर्ण परिस्थितिलाई संवादको माध्यमबाटै हल गर्न नेपाली सेनाले जोड दिएको छ । सेनाका एक उच्च अधिकारीले अनलाइनखबरसँग बताएअनुसार सबै सुरक्षा संयन्त्रका प्रमुखसहित भएको छलफलबाट वार्ताबाटै समाधान निकाल्नुपर्नेगरी सुझाव राष्ट्रपति रामचन्द्र पौडेललाई दिइएको छ । ‘त्यहीअनुसार राष्ट्रपति कार्यालयले संवादका लागि आह्वान गरिसकेको छ, त्यो छलफलमा अब कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न मोडलका कुरा हुनेछन्,’ उनले भने, ‘परिस्थितिलाई साम्य पार्न लिनुपर्ने विकल्पहरुमा छलफल हुनेछन् र निर्णय हुन्छ ।’ राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी प्रदर्शनकारीलाई वार्ताका लागि आह्वान गरिसकेका छन् । बैठकमा नयाँ सरकार गठनदेखि भावी प्रक्रियाका विषयमा छलफल हुनेछ । त्यहाँ हुने निर्णयलाई नेपाली सेनाले…
Read More
नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न कानुन मन्त्री चौरसियाको आग्रह

१४ भदौ,  बिरगंज कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले नेपाल र भारतबिचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न आग्रह गरेका छन् । शनिवार वीरगञ्ज  भिष्वा होटलमा  मिडिया फर बोर्डर हार्मोनीले आयोजना गरेको नेपाल–भारत सीमापार मिडिया सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री चौरसियाले दुवै देशका पत्रकारहरूसँग उक्त आग्रह गरेका हुन् । त्खायसै गरि खानेपानी मन्त्री प्रदीप यादवले नेपाल र भारतको सम्बन्ध अझ प्रगाढ र सौहार्दपूर्ण बनाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् । मिडिया फर बोर्डर हार्मोनी नेपालद्वारा वीरगंजमा आयोजित नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभको समापन कार्यक्रममा मन्त्री यादवले दुवै मुलुकबिच आपसी सम्बन्ध सुमधुर बनाउन कन्क्लेभले पारित गरेको घोषणापत्रले सहयोगी भूमिका…
Read More
नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्धारा रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयद्धारा रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सम्पन्न

२९ वैशाख,बिरगंज । नेपाल बीमा प्राधिकरण मधेश  प्रदेश कार्यालयले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको ५७ औं बार्षिकोत्सवको उपलक्ष्यमा जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारी, सर्भेयर, बीमा अभिकर्ता तथा बीमा प्राधिकरणको सहभागी हुने गरी बैशाख २९ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेश कार्यालयले आयोजना गरेको उक्त कार्यक्रममा दुई जना महिला सहित  ३० जनाले  रक्तदान गरेका छन् भने दृष्टि आँखा अस्पतालका चिकित्सक द्वारा निशुल्क आँखा चेक जाच बाट ७०  जना लाभान्वित भएका छन्  । उक्त रक्तदान तथा नि:शुल्क आँखा जाच कार्यक्रम सहभागी भई रक्तदान गर्ने  रक्तदाताहरुलाई नेपाल बीमा प्राधिकरणका मधेश प्रदेश कार्यालय प्रमुख प्रिती देवले…
Read More
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं : शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको  छ। विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन जारी राखेपछि मन्त्री भट्टराईले राजीनामा दिएको स्रोतको भनाइ छ। मन्त्री भट्टराईले भने मन्त्रालयका अधिकारीसँग आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन्। उनले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा बस्न तयार भएका छैनन्।  विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि शिक्षकहरूले दिँदै आएका छन्।
Read More
पर्सामा भूमि समस्या समाधान आयोगले ‘३ पालिका ३ महिने ऐक्सन प्लान’ अभियान सुरु

पर्सामा भूमि समस्या समाधान आयोगले ‘३ पालिका ३ महिने ऐक्सन प्लान’ अभियान सुरु

वीरगन्ज,२८चैत: वीरगन्जमा बिहीबार भुमि समस्या समाधान आयोग पर्साकाे जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ । बिहीबार भुमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्साको सभाहलमा सम्पन्न बैठकमा पर्सामा सञ्चालितल `तीन पालिका तीन महिने ऐक्सन प्लान अभियान´ बारे छलफल  भएको छ । आयोगले पर्सा जिल्लामा रहेका भुमिहिन सुकुम्बासी, भुमिहिन दलित तथा अव्यवस्थित वसोवासीहरुको समस्या र समाधानको लागी तीन महिने एक्सन प्लान अभियान सञ्चालनमा ल्याएको छ । बैठकमा अध्यक्ष अहमदले भूमि सम्बन्धी समस्या समाधानका लागि ३ महिने ऐक्सन प्लान अभियानलाई तीब्र बनाउने बताए । उनले भने,` ३ महिना भित्र भुमिहिनहरुलाई लालपुर्जा दिने लक्ष्य सहित यो अभियान सुरु…
Read More
खेलकुद महासंघ समाजवादीको दोश्रो महाधिवेशनबाट निर्वाचित पटेलद्वयलाई सम्मान

खेलकुद महासंघ समाजवादीको दोश्रो महाधिवेशनबाट निर्वाचित पटेलद्वयलाई सम्मान

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादी पर्साले शनिवार स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ । महासंघ समाजवादीको चैत १८ र १९ गते काठमाडौंमा सम्पन्न दोश्रो राष्ट्रिय महाधिवेशनबाट पर्साबाट केन्द्रिय उपाध्यक्षमा आकाश पटेल र केन्द्रिय सदस्यमा विशेश्वर पटेल निर्वाचित भएका थिए । वहाँहरुकै सम्मानमा आयोजित कार्यक्रममा पार्टीका नेताहरु गंगाबहादुर खडका, भोला महतो थारु, अनिल पटेल, मदन पटेल, राधेश्याम सिंह, द्वारिका श्रीवास्तव, राघव साह लगायतकाले निर्वाचित आकाश पटेल र विशेश्वर पटेललाई अबिरको टिका लगाई खादा ओढाई सम्मान गरेका थिए । सो कार्यक्रमका अतिथिहरुले नवनिर्वाचितहरुलाई बधाई दिदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए । महासंघ समाजवादी पर्साका…
Read More
वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

पर्सा । वीरगञ्जका युवा सन्तोष कुमार साह, जो नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत छन् । सडक दुर्घटनामा परेका तीनजनाको जीवन जोगाएर उनी मानवताको अनुपम उदाहरण दिएका छन् । आज बाराको सिमराबाट वीरगञ्ज फर्किने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । वरपरका मानिसहरू सहयोग गर्न हिचकिचाइरहेका थिए भने एम्बुलेन्स पनि उपलब्ध थिएन । सन्तोष साहले एक क्षण नसोची आफ्नो गाडी रोके , घाइतेहरूलाई अस्पताल पुर्याए, र आवश्यक सबै औपचारिकता पूरा गरे। उनको त्वरित निर्णय र निस्वार्थ सेवाभावले तीन अमूल्य जीवन जोगियो । अस्पतालका चिकित्सकहरूका अनुसार समयमै…
Read More
स्ववियु निर्वाचन : ठाकुरराममा शान्तिपूर्ण तरिकाले सम्पन्न, खस्यो ४० प्रतिशत मत

स्ववियु निर्वाचन : ठाकुरराममा शान्तिपूर्ण तरिकाले सम्पन्न, खस्यो ४० प्रतिशत मत

६ चैत,वीरगन्ज वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि भएको स्ववियु निर्वाचनमा ४० प्रतिशत मात्रै मत खसेको  छ। ठाकुरराम क्याम्पसमा यसअघि २०६३ सालमा स्ववियु निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित स्ववियु पदाधिकारी र सदस्यको कार्यकाल २०६५ सालमा सकिएको थियो । त्यस पछी  यता ठाकुरराम क्याम्पसमाभने स्ववियु निर्वाचन नै हुन सकेको थिएन। मंगलबार बिहान १० देखि साँझ ५:३० बजेसम्म भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले जानकारी दिए। मंगलबार बिहान ८ बजेदेखि नै मतदान सुरु हुने भनिएतापनि तयारी पूरा नभएका कारण बिहान १० बजेदेखि मात्रै मतदान सुरु भएको थियो।…
Read More
नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

१४ फागुन, बिरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन यहि फाल्गुण १५ र १६ गते मधेश प्रदेशको वीरगञ्जमा सम्पन्न गर्न सम्पुर्ण तयारी पुरा भरएको छ। नेसनल प्याब्सनको केन्द्रीय समितिको सातौं बैठकले वीरगञ्जको टाउनहल, आदर्शनगरमा महाधिवेशन आयोजना गर्ने निर्णय भएको आज यहा भरएको प्रेस सम्मेलनमा बताइएको छ। यसअघि, सातौं राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित नेपालगञ्जमा सम्पन्न भएको थियो। निजी विद्यालयहरूको हित संरक्षण,शिक्षा क्सेत्रामा निजि क्षेत्र को लगानि कर तिर्नेसेवा सुबिधा को पहुच संघीय शिक्षासम्बन्धी ऐन, शैक्षिक सुधार, शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकास, तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालनलगायतका विषयमा छलफल गर्न यो महाधिवेशन…
Read More
पशुपतिमा महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन ओलीको निर्देशन

पशुपतिमा महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन ओलीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको अवलोकन गरेका छन् । उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए । उनका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए । महाशिवरात्रिको अवसरमा बुधबार…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search