Sarbocha Khabar

Advertisement

समाचार

भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

काठमाडौं, १३ मंसिर ।  सरकारले जाजरकोट भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् । गत १७ कात्तिकमाम जाजरकोट बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर…
Read More
भूकम्पपीडितलाई दिने अनुदान रकम एकै किस्तामा दिन सरकारसँग काँग्रेसको आग्रह

भूकम्पपीडितलाई दिने अनुदान रकम एकै किस्तामा दिन सरकारसँग काँग्रेसको आग्रह

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । धुम्बाराही स्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न आग्रह गरेको हो । जाजरकोट भूकम्पबाट पीडितलाई सरकारले अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर त्यो रकम अहिलेसम्म पनि पीडितको हातमा पुगेको छैन । पीडितहरू चिसो भुइँमा त्रिपालमुनि रात कटाउन बाध्य छन् ।
Read More
नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

काठमाडौं, १३ मंसिर । नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाँउपालिकाले दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको समलिंगी विवाह दर्ता गरेको हो । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो । विवाहदर्ता पछि समलिंगी जोडी रामबहादुर गुरुङले सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए । समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरेका छन् । यो घटना आगामी दिनका लागि कोशेढुङ्गा…
Read More
स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् । यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्ले सहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् ।
Read More
युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

धनगढी, १३ मङ्सिर । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट ज्यान गएको हो। घेराघाटका डिल्ली कोइरालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरूको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगन्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका…
Read More
रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

महोत्तरी, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको छ । जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको हो । बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै ५२ सदस्यीय बनेको हो।   केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।
Read More
तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

तनहुँमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३६ जना घाइते

तनहुँमा यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । बुधबार बिहान पोखरा जाँदै गरेको ग १ ख म७८९५ नम्बरको यात्रुबाहक बस तनहुँको ब्यास नगरपालिका–२ घाँसीकुवास्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा धनकुटाको सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलको टोपबहादुर मगर रहेका छन् । उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पताल तनहुँमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चालकसहित ३६ जना घाइते भएका छन्। उनीहरुको पोखरास्थित मणिपाल शिक्षण अस्पताल, दमौली अस्पताल र तनहुँको…
Read More
यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा

१३ मंसिर,काठमाडौं ।  एसीसी यू-१९ एसिया कप खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ एशिय कप खेल्ने नेपाली १४ सदस्यीय टिमको घोषणा गरेको हो । देव खनालको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा सिनियर टिमका गुलशन झालाई समावेश गरिएको छ । नेपाली टिममा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकास त्रिपाठी, दिपक प्रसाद डुम्रे, हेमन्त धामी, गुलशन झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी र् आकास चन्द रहेका छन् । यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ…
Read More
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

१३ मंसिर,काठमाडौं । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक  पुगेको छ । निरन्तर नयाँ रेकर्क बनाउँदै सुनको भाउ बढिरहेको छ । बुधबार १ हजार ६०० रुपैयाँले बढेको सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलामा…
Read More
११ माघमा राष्ट्रिय सभाको निर्वाचन

११ माघमा राष्ट्रिय सभाको निर्वाचन

१३ मंसिर,काठमाडौं । राष्ट्रिय सभाको रिक्त हुने सदस्य चयनका लागि आगामी ११ माघमा निर्वाचन हुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा रिक्त हुने सदस्य पदका लागि आगामी ११ माघमा निर्वाचन गर्ने निर्णय गरेको सरकारको प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेको हो । आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि सकिँदै छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search