Skip to main content

Sarbocha Khabar

Advertisement

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

Advertisement

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) लाई स्थानीय नीति, योजना तथा कार्यक्रमसँग प्रभावकारी रूपमा जोड्ने पहल अघि बढाएको छ।
गाउँपालिकाको सभा हलमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न शाखाका प्रमुख, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई दया वा सहानुभूतिको विषयका रूपमा नभई समान अधिकार भएका नागरिकका रूपमा विकासको मूलधारमा समेट्नुपर्नेमा जोड दिएका छन्।
ACCESS परियोजना अन्तर्गत सामाजिक संस्था जिल्ला समन्वय समिति (SODCC) पर्साको आयोजना तथा एकाउन्टेबिलिटी ल्याब नेपालको प्राविधिक सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
गाउँपालिकाकी उपाध्यक्ष बविता सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय तहका भौतिक संरचना, सार्वजनिक सेवा तथा शैक्षिक क्षेत्रलाई थप पहुँचयुक्त र अपाङ्गतामैत्री बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा अपाङ्गताको वर्गीकरण, समावेशी शिक्षाको अवधारणा, पहुँचयुक्त पूर्वाधार निर्माण, बजेट व्यवस्थापन तथा उपलब्ध स्रोत–साधनको प्रभावकारी परिचालनलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको थियो।
सहभागीहरूले गाउँपालिकाभित्र रहेका विद्यालय, सार्वजनिक भवन तथा सेवा केन्द्रहरूलाई अपाङ्गतामैत्री बनाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिएका थिए। साथै, आगामी दिनमा निर्माण गरिने विकास योजना तथा बजेट विनियोजनमा अपाङ्गता समावेशी विकासलाई प्राथमिकताका साथ समेट्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
कार्यक्रममा दिगो विकास लक्ष्यको मूल मर्म “कसैलाई पनि पछाडि नपार्ने” (Leave No One Behind) अवधारणालाई स्थानीय तहको नीति तथा कार्यान्वयन प्रक्रियामा प्रभावकारी रूपमा उतार्नुपर्नेमा सरोकारवालाहरूबीच साझा धारणा बनेको आयोजकले जनाएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवले समावेशी नीति र योजनाको प्रभावकारी कार्यान्वयनबाट मात्र स्थानीय तहको वास्तविक र दिगो विकास सम्भव हुने धारणा राखे।
त्यसैगरी स्थानीय वडाध्यक्ष, शाखा प्रमुख, लैङ्गिक फोकल पर्सन, अपाङ्गता समन्वय समितिका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा बाल क्लबका प्रतिनिधिहरूले स्थानीय नीति तथा योजना निर्माणमा सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई प्राथमिकताका साथ समेट्नुपर्ने बताएका थिए।
कार्यक्रममा एकाउन्टेबिलिटी ल्याब नेपालका CFA दिपेश पटेल, SODCC पर्साका कार्यकारी निर्देशक रुपक पाण्डे तथा कार्यसमिति सदस्य पूर्णवासी राउतलगायतले स्थानीय सरकार र सामाजिक संघसंस्थाबीचको सहकार्यबाट मात्र समावेशी विकासको लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरेका थिए।
यस अन्तरक्रियाबाट प्राप्त सुझाव तथा निष्कर्षले जगरनाथपुर गाउँपालिकाको आगामी योजना निर्माण, बजेट विनियोजन र सार्वजनिक सेवा प्रवाहलाई थप समावेशी, पहुँचयुक्त र उत्तरदायी बनाउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search