Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking news 3

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको छ। फागुन ९ गते वीरगन्जमा बसेकाे नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकले प्रतिनिधिसभाको निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसंगको सीमा पूर्णरुपले बन्द गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार पर्सा र बाराका सबै सीमानाका आज (साेमबार) राति १२ बजेदेखि बन्द हुने भएको हाे।
Read More
अनिल रुङटाको पक्षमा बढ्दो जनलहर,नेपाली कांग्रेस पर्सा–१ मा २५० जेन–जी युवाको प्रवेश

अनिल रुङटाको पक्षमा बढ्दो जनलहर,नेपाली कांग्रेस पर्सा–१ मा २५० जेन–जी युवाको प्रवेश

१५ फागुन, बिरगंज । पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभा उम्मेदवार अनिल रुङटाको पक्षमा चुनावी माहोल दिनप्रतिदिन बलियो बन्दै गएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ अन्तर्गतका विभिन्न वडाबाट करिब २५० जना जेन–जी युवाहरु पार्टीमा प्रवेश गरेका छन्। आयोजित कार्यक्रममा उम्मेदवार रुङटाले नवप्रवेशीहरुलाई टीका–माला लगाई औपचारिक स्वागत गर्दै युवाशक्तिको साथले परिवर्तन र विकासको अभियान अझ सशक्त बनेको बताएका छन्। क्षेत्रका सम्पूर्ण वडाबाट एकैसाथ युवाहरुको आकर्षण बढ्नुले रुङटाको जितको आधार मजबुत बन्दै गएको स्थानीय नेताहरुको दाबी छ। युवाहरुको उत्साहजनक सहभागिताले यसपटक क्षेत्र नं. १ मा नेपाली कांग्रेसप्रति जनलहर सिर्जना भएको बताइएको छ। नवप्रवेशी जेन–जी युवाहरुको भनाइ,हामी जेन–जी युवाहरु स्वच्छ राजनीति,…
Read More
सामाजिक संस्कार बिना आर्थिक समृद्धि असम्भव : मेयर सिंह

सामाजिक संस्कार बिना आर्थिक समृद्धि असम्भव : मेयर सिंह

वीरगंज वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने स्पष्ट पारेका छन् । वीरगंजमा आज सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगंज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर सिंहले मानसिकताको परिवर्तन बिना दिगो आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । मेयर सिंहले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरू विशेषगरी लहैलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने उल्लेख समेत गरेका थिए । “कसैको प्रभाव वा दबाबमा नपरी युवाहरू सकारात्मक र सिर्जनात्मक कार्यमा अग्रसर हुनुपर्छ,” उनले भने। वैभवशाली वीरगंज निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताउँदै उनले संघीय सरकारले वीरगंजलाई उपेक्षा गरेको आरोप लगाए । देशभर…
Read More
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा एसएसपी गिरीविरुद्ध मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नेपाल प्रहरीमा सेवा प्रवेश तथा बढुवा लिएको आरोपमा एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले गिरीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका हुन् । आयोगद्वारा जारी विज्ञप्तिमा गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट ‘एसएलसी’ उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको उल्लेख गरिएको छ । क्त नक्कली शैक्षिक प्रमाणपत्रकै आधारमा गिरीले २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट शैक्षिक योग्यता हासिल गरेको अनुसन्धानबाट खुलेको पनि जनाइएको छ । सोही प्रमाणपत्र प्रयोग गरी…
Read More
पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

२७ मंसिर,बिरगंज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। सशस्त्र प्रहरीले यस अवधिमा सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरी भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य बराबरका विभिन्न वस्तु तथा सामान बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार सशस्त्र प्रहरीको सक्रियता बढेसँगै अवैध चोरी–तस्करी नियन्त्रणको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि भएको छ। “गत आर्थिक वर्षमा हामीले रु २८ करोड ९२…
Read More
रविको दाबी- प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ

रविको दाबी- प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको हुँ

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू कानुन बमोजिमका सबै प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको दाबी गरेका छन् । नख्खु कारागारमा रहेका लामिछाने मंगलबार दिउँसो कारागारबाट निस्किएका थिए । सोमबारबाट उग्र भएको जेनजी प्रदर्शन मंगलबार झनै आक्रोशित बनेको थियो । सोही क्रममा लामिछाने पनि कारागारबाट बाहिरिएका थिए । कारागारबाट निस्किएपछि पत्नी निकिता पौडेलमार्फत सन्देश जारी गर्दै उनले भविष्यमा आइपर्ने सबै कानुनी प्रक्रियाका लागि आफू तयार रहेको पनि बताएका छन् । ‘आम नागरिकको दबाब पछि सरकारले मेरो रिहाइको लागि कानुनबमोजिमको प्रकिया पूरा गरि पत्र थमाएपछि मात्रै म कारागारबाट रिहा भई सिधै आम नागरिक…
Read More
वीरगंजमा बृहत महिला सम्मेलन सम्पन्न, २५ महिला सम्मानित

वीरगंजमा बृहत महिला सम्मेलन सम्पन्न, २५ महिला सम्मानित

वीरगंज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई समाज परिवर्तन र नेतृत्व लिन आत्मविश्वासी बन्न आह्वान गरेकी छन्। वीरगंज उद्योग वाणिज्य संघद्वारा शनिबार आयोजित ‘बृहत महिला सम्मेलन–२०८२’ मा बोल्दै उनले महिलाको योगदान परिवार निर्माणदेखि उद्योग–व्यवसाय, शिक्षा, स्वास्थ्य र सामाजिक रुपान्तरणसम्म अग्रपंक्तिमा रहेको उल्लेख गरिन्। भण्डारीले महिलाको शक्ति र त्यागलाई संस्थागत रूपमा सम्मान गर्न सकियो भने समृद्ध नेपालको सपना पूर्णरुपमा पूरा हुने बताइन्। उनले मधेसका जनताले चुरे क्षेत्रको दोहन, मरुभूमिकरण, बाढी डुबान र भूमिगत पानीको स्तर घट्ने समस्याबाट जुद्धिरहेको पनि औँल्याइन् र सरकारलाई कडाइका साथ नियमन गर्न आवश्यक रहेको बताइन्। सम्मेलनमा महिलाको उद्यमशीलतालाई प्रोत्साहन गर्न र आगामी पुस्तालाई प्रेरित गर्न जोड दिँदै उनले “महिलाको…
Read More
२०२५ मा पाकिस्तानसँगको संघर्षमा भारतको एक उदाउँदो साइबर शक्तिको रूपमा उदय

२०२५ मा पाकिस्तानसँगको संघर्षमा भारतको एक उदाउँदो साइबर शक्तिको रूपमा उदय

बिरगंज । साइबर अपरेसन हरू आधुनिक युद्धमा नियन्त्रण र रोकथामको एक मुख्य अस्त्रको रूपमा देखा परेका छन्, जसले राष्ट्रहरूलाई कम लागतमा, अस्वीकरण गर्न मिल्ने, र ठुलो स्स्रमा प्रयोग गर्न सकिने माध्यम दिन्छन्, शत्रुका क्षमताहरूमा क्षति पुऱ्याउन र जनधारणा परिवर्तन गर्न। रसिया-युक्रेन र इजरायल-गाजा जस्ता युद्ध क्षेत्रहरूमा, साइबर आक्रमणहरूले प्रायः पारंपरिक सैन्य कार्यवाही सँगै कमाण्डो र कन्ट्रोल प्रणालीहरू लाई निशाना बनाएका छन् । नागरिक मनोबल घटाएका छन ।र अन्तर्राष्ट्रिय धारणा प्रभाव पारेका छन्। अघिल्ला भारत-पाकिस्तान संघर्षहरूमा साइबर गतिविधि निकै सीमित थियो। २०१९ को बालाकोट हमला मुख्यतः सटीक सैन्य कारवाही र पछिको सूचना युद्धमा आधारित थियो, जहाँ साइबर संलग्मृता निकै न्यून देखिन्थ्यो।…
Read More
‘सुरक्षित वीरगंज’ अभियानमा प्रईम बैंकद्वारा चेक हस्तान्तरण

‘सुरक्षित वीरगंज’ अभियानमा प्रईम बैंकद्वारा चेक हस्तान्तरण

वीरगंज वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित वीरगंज’ अभियान अन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सिसि क्यामेरा संजाल विस्तारका लागि नगरभित्रका १६ वटा बैंकले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । यस अभियानमा प्रईम कमर्सियल बैंक लि. बिरगंज शाखाले  ७५ हजार  रुपैयाँको  चेक मार्फत सहयोग गरेको छ । सहयोग संकलनको समन्वय नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले गर्नु भएको थियो । महानगर प्रमुख राजेशमान सिंहको आह्वानमा ‘सुरक्षित वीरगंज’ अभियानमा सहयोग गर्न बैंकहरू एकजुट भएका हुन् । सुरक्षा प्रविधिको प्रयोगद्वारा वीरगंजलाई सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान…
Read More
प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१६, नगवास्थित इलाका प्रहरी कार्यालयअगाडि एक महिलाको शव फेला परेको छ । शनिबार बिहान फेला परेको शव वीरगन्ज–४ स्थित नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोछेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका निम्ति वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search