Skip to main content

Sarbocha Khabar

Advertisement

समाचार

पशुपतिमा महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन ओलीको निर्देशन

पशुपतिमा महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन ओलीको निर्देशन

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको अवलोकन गरेका छन् । उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए । उनका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए । महाशिवरात्रिको अवसरमा बुधबार…
Read More

नेपाली विद्यार्थीको समस्या समाधान नगरिए ओडीसा राज्यमा एनओसी रोक्ने शिक्षा मन्त्रालयको चेतावनी

काठमाडौं : सरकारले ओडीसा राज्य सरकारलाई नेपाली विद्यार्थीहरूको समस्या समाधान गर्न आग्रह गरेको छ। कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा विकसित घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले न्यायपूर्ण ढंगले समस्या समाधान गर्न आग्रह गरेको छ। नेपाली विद्यार्थीहरूको समस्या समाधान नगरे ओडीसा राज्यका विश्वविद्यालयमा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गर्ने मन्त्रालयले चेतावनी दिएको हो। 'केआइआइटी घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिकरूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने,' विज्ञप्तिमा भनिएको छ। विद्यार्थीहरूले निर्वाधरूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कूटनीतिक तवरबाट…
Read More
नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

३ फागुन, काठमाडौं । शनिबार काठमाडौंमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको १२ औं  महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा पर्साका कमलेश सहनी निर्बिरोध निर्वाचित भएका छन । पर्साको कालिकामाई गाउँपालिका-२ गदियानी निवासी सहनी हाल पर्साकाे अध्यमन कार्यालयमा सुब्बा पदमा कार्यरत छन।
Read More
प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

प्रधानमन्त्रीद्वारा क्यान्सरविरुद्ध खोप अभियानको शुभारम्भ

काठमाडौंँ, २२ माघः (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नुभएको छ । बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौँ महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गर्नुभएको हो । किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई  खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु…
Read More
एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

एकताबद्ध भएर पार्टीलाई सुदृढ बनाउनुपर्नेमा सभापति देउवाको जोड

गण्डकी, २२ माघः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका सबै तहका नेता तथा कार्यकतालाई एकताबद्ध भएर सङ्गठनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित प्रशिक्षण शाखा प्रमुखको लागि सङ्गठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण कार्यक्रमको आज उद्घाटन गर्दै उहाँले एकापसमा मनमुटाव नगरी एकताबद्ध भएर पार्टीलाई एकढिक्का बनाउनुपर्नेमा जोड दिनु्भयो । पार्टी एकताबद्ध भएमा बहुमत हासिल गर्न सहज हुने बताउँदै उहाँले राजनीतिक अस्थिरतालाई दृष्टिगत गर्दै नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच सहकार्य भएको स्पष्ट गर्नुभयो । नेकपा एमाले मुख्य प्रतिस्पर्धी भए पनि अविश्वास गर्नुपर्ने अवस्था नरहेको सभापति देउवाको कथन…
Read More
एसपी मिश्राले आफ्नो कार्यभार सम्हाले

एसपी मिश्राले आफ्नो कार्यभार सम्हाले

१४ माघ, बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखकोमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले सोमबार आफ्नो कार्यभार सम्हालेका छन्।  चितवनबाट सरुवा भई आएका एसपी मिश्रले कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्। एसपी मिश्रलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंलगायतका प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। मिश्रले इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाको आधारमा आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता जनाउँदै प्रहरी जवानदेखि अधिकारीसम्मलाई निर्देशन दिएका छन्। एसपी मिश्रले यसअघि २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा कार्य गरेका थिए। सोही कार्यकालमा उनले विभिन्न दाताहरूको सहयोगमा भाडाको भवनमा सञ्चालनमा रहेको कार्यालयलाई निजी भवन…
Read More
नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साद्धारा खुल्ला आर्ट प्रतियोगिता सम्पन्न

नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साद्धारा खुल्ला आर्ट प्रतियोगिता सम्पन्न

वीरगंज । नेपाल कमर्शियल आर्टिष्ट संघ जिल्ला कार्य समिती पर्साले शनिवार खुल्ला आर्ट प्रतियोगिता सम्पन्न गरेको छ । वीरगंज बिर्ता स्थित श्री त्रिजुद्ध माध्यमिक विद्यालयको विज्ञान भवनमा आयोजिता प्रतियोगितामा ज्ञान्दा एकेडेमीका रवि राज यादव प्रथम, रोयल एकेडेमीका उपासना कुमारी द्वितिय र मिनिल्याण्डका प्रतीक कुमार गुप्ता तृतिय स्थान हासिल गरेको संघका सचिव रामनरेश चौरसियाले बताए । विभिन्न स्कूलका ५० जना विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगिताको निर्नायक मण्डलमा बरिष्ठ कालाकार श्याम श्रेष्ठ, सागिर अहमद, म.अजाद आलम रहेका थिए । नेपाल कमर्शियल आर्टिष्ट संघ पर्साका अध्यक्ष मनिष श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, संघका भुपु अध्यक्ष कमलेश…
Read More
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, २ माघः (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको मक्र्युर होटेलको आज उद्घाटन गर्दै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । होटेल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलोपटक मक्र्युर होटेल सञ्चालामा आएको हो । त्यसअवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन उक्त होटेलले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले होटेल व्यवसायमा मक्र्युरले नयाँपन दिँदै यस व्यवसायलाई प्रोत्साहन पुग्ने बताउनुभयो ।
Read More
जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

जीराभवानीमा आगलागी हुँदा लाखौंको क्षति

सेढवा । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ५ शंकर सरैया टाेलमा मंगलबार राति आगलागी भएकाे छ । स्थानिय लालबहादुर दास थारुकाे घरगोठमा आगलागी हुँदा घरगोठ र पशुचौपाया जलेर नष्ट हुदा लाखौको क्षति भएको छ । मंगलबार आन्दाजी राति करिब १ बजेको समयमा भएकाे आगलागीमा घरगोठ पुर्ण रुपले जल्नुको साथै १८ ओटा खसीबाख्रा जलेर नष्ट भएकाे स्थानीय शिक्षक जाटाशंकर यादवले बताए । अत्यधिक चिसोका कारण आगो ताप्न बालिएकाे घुरबाट आगो सल्किएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ । आगलागीमा जलेकाे फुसको छानो भएको घर, काठ र पशु चौपाया गरी दुई लाख पचास हजार रुपैया बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक…
Read More
वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन सम्पन्न

वीरगंज २६ पुष । वीरगंज महानगरपालिकाको १६ औं अधिवेशन शुक्रबार सम्पन्न भएको छ । नगरसभाको १६ औं अबिधेशनको शुक्रबार (आज) एक समारोहका बिच महानगर प्रमुखले उद्घाटन गर्नुहुदै नगरबासीको चाहनालाई सम्बोधन गर्न सकिने गरि नगरसभाको १५ औं अधिवेशनले लिएको लक्ष्यलाई साकार पार्न चालु आर्थिक बर्षको संशोधित कार्यक्रम तयार पारिएको बताए। उनले चालु आर्थिक बर्षकालागि नगरसभाले स्विकृत गरेको नीति तथा कार्यक्रमबाट प्राप्त मार्गनिर्देशन र बजेटको कार्यान्वयनको सम्बन्धमा अर्धबार्षिक समिक्षा गर्दै स्विकृत आयोजना तथा कार्यक्रम मध्ये केही आयोजना तथा कार्यक्रम सम्पन्न गर्न बजेट नपुग भई थप बजेट आवस्यकता परेकोले बजेट रकमान्तरण, स्रोतान्तरण तथा शंसोधन गर्न नगरसभामा प्रस्ताव पेश गरिएको बताए । उहनले बजेट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search