Sarbocha Khabar

Advertisement

पशुपतिमा महाशिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन ओलीको निर्देशन

Advertisement

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिरको अवलोकन गरेका छन् ।

उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए ।

उनका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए ।

महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिमा भव्य मेला तथा पूजाअर्चना हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी यही फागुन १२ देखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीर...
ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

ओली र लेखक ज्यान मारेको अभियोगमा पक्राउ

१४ चैत, काठमाडौं ।  प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकमाथि ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अ...
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा स...
वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्जसहितका नाका आज रातिदेखि ७२ घण्टाका लागि बन्द हुदैं

वीरगन्ज,१८फागुनःफागुन २१ काे प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरि भारतसंगकाे नेपाली सीमा आजराति देखि ७२ घण्टाका लागि बन्द हुने भएको...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search