Skip to main content

Sarbocha Khabar

Advertisement

समाचार

पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

पर्सामा सशस्त्र प्रहरी द्वारा पाँच महिनामै साढे १३ करोडभन्दा बढीको अवैध सामान बरामद

२७ मंसिर,बिरगंज । सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले चालु आर्थिक वर्षको झण्डै पाँच महिनाको अवधिमा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ। सशस्त्र प्रहरीले यस अवधिमा सीमावर्ती भारतीय बजारबाट भन्सार छली गरी भित्र्याइएका रु १३ करोड ६२ लाख ७२ हजार ६९५ मूल्य बराबरका विभिन्न वस्तु तथा सामान बरामद गरी बिरगंज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टका अनुसार सशस्त्र प्रहरीको सक्रियता बढेसँगै अवैध चोरी–तस्करी नियन्त्रणको प्रभावकारिता उल्लेखनीय रूपमा वृद्धि भएको छ। “गत आर्थिक वर्षमा हामीले रु २८ करोड ९२…
Read More
२०२५ मा पाकिस्तानसँगको संघर्षमा भारतको एक उदाउँदो साइबर शक्तिको रूपमा उदय

२०२५ मा पाकिस्तानसँगको संघर्षमा भारतको एक उदाउँदो साइबर शक्तिको रूपमा उदय

बिरगंज । साइबर अपरेसन हरू आधुनिक युद्धमा नियन्त्रण र रोकथामको एक मुख्य अस्त्रको रूपमा देखा परेका छन्, जसले राष्ट्रहरूलाई कम लागतमा, अस्वीकरण गर्न मिल्ने, र ठुलो स्स्रमा प्रयोग गर्न सकिने माध्यम दिन्छन्, शत्रुका क्षमताहरूमा क्षति पुऱ्याउन र जनधारणा परिवर्तन गर्न। रसिया-युक्रेन र इजरायल-गाजा जस्ता युद्ध क्षेत्रहरूमा, साइबर आक्रमणहरूले प्रायः पारंपरिक सैन्य कार्यवाही सँगै कमाण्डो र कन्ट्रोल प्रणालीहरू लाई निशाना बनाएका छन् । नागरिक मनोबल घटाएका छन ।र अन्तर्राष्ट्रिय धारणा प्रभाव पारेका छन्। अघिल्ला भारत-पाकिस्तान संघर्षहरूमा साइबर गतिविधि निकै सीमित थियो। २०१९ को बालाकोट हमला मुख्यतः सटीक सैन्य कारवाही र पछिको सूचना युद्धमा आधारित थियो, जहाँ साइबर संलग्मृता निकै न्यून देखिन्थ्यो।…
Read More
‘सुरक्षित वीरगंज’ अभियानमा प्रईम बैंकद्वारा चेक हस्तान्तरण

‘सुरक्षित वीरगंज’ अभियानमा प्रईम बैंकद्वारा चेक हस्तान्तरण

वीरगंज वीरगंज महानगरपालिकाले सञ्चालन गरिरहेको ‘सुरक्षित वीरगंज’ अभियान अन्तर्गत सार्वजनिक सुरक्षा सुदृढ गर्न सिसि क्यामेरा संजाल विस्तारका लागि नगरभित्रका १६ वटा बैंकले संयुक्त रूपमा १७ लाख ७५ हजार रुपैयाँ सहयोग गरेका छन् । यस अभियानमा प्रईम कमर्सियल बैंक लि. बिरगंज शाखाले  ७५ हजार  रुपैयाँको  चेक मार्फत सहयोग गरेको छ । सहयोग संकलनको समन्वय नेपाल बैंकर्स एसोसिएसन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले गर्नु भएको थियो । महानगर प्रमुख राजेशमान सिंहको आह्वानमा ‘सुरक्षित वीरगंज’ अभियानमा सहयोग गर्न बैंकहरू एकजुट भएका हुन् । सुरक्षा प्रविधिको प्रयोगद्वारा वीरगंजलाई सुरक्षित र व्यवस्थित शहर बनाउने उद्देश्यले गरिएको यो पहलमा बैंकहरूको योगदान…
Read More
शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं : शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको  छ। विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन जारी राखेपछि मन्त्री भट्टराईले राजीनामा दिएको स्रोतको भनाइ छ। मन्त्री भट्टराईले भने मन्त्रालयका अधिकारीसँग आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन्। उनले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा बस्न तयार भएका छैनन्।  विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि शिक्षकहरूले दिँदै आएका छन्।
Read More
प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

प्रहरी कार्यालयअगाडि महिलाको शव भेटियो

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका–१६, नगवास्थित इलाका प्रहरी कार्यालयअगाडि एक महिलाको शव फेला परेको छ । शनिबार बिहान फेला परेको शव वीरगन्ज–४ स्थित नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ । अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोछेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका निम्ति वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।
Read More
वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

वीरगञ्जका युवा बैंकर सन्तोष साह : मानवताको अनुकरणीय उदाहरण

पर्सा । वीरगञ्जका युवा सन्तोष कुमार साह, जो नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत छन् । सडक दुर्घटनामा परेका तीनजनाको जीवन जोगाएर उनी मानवताको अनुपम उदाहरण दिएका छन् । आज बाराको सिमराबाट वीरगञ्ज फर्किने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । वरपरका मानिसहरू सहयोग गर्न हिचकिचाइरहेका थिए भने एम्बुलेन्स पनि उपलब्ध थिएन । सन्तोष साहले एक क्षण नसोची आफ्नो गाडी रोके , घाइतेहरूलाई अस्पताल पुर्याए, र आवश्यक सबै औपचारिकता पूरा गरे। उनको त्वरित निर्णय र निस्वार्थ सेवाभावले तीन अमूल्य जीवन जोगियो । अस्पतालका चिकित्सकहरूका अनुसार समयमै…
Read More
प्राईम कमर्सियल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

प्राईम कमर्सियल बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

५ चैत, बिरगंज । प्राईम कमर्सियल  बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिरगंज मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जगरनाथपुर गाउपालिका वडा नं ५ , झाकडा मसिहानी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विधालयमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ । उक्त कार्यक्रममा सैकड़ो भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । बैंकका कर्मचारीद्वारा उक्त कार्यक्रममा सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता लगायतका…
Read More
स्ववियु निर्वाचन : ठाकुरराममा शान्तिपूर्ण तरिकाले सम्पन्न, खस्यो ४० प्रतिशत मत

स्ववियु निर्वाचन : ठाकुरराममा शान्तिपूर्ण तरिकाले सम्पन्न, खस्यो ४० प्रतिशत मत

६ चैत,वीरगन्ज वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि भएको स्ववियु निर्वाचनमा ४० प्रतिशत मात्रै मत खसेको  छ। ठाकुरराम क्याम्पसमा यसअघि २०६३ सालमा स्ववियु निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित स्ववियु पदाधिकारी र सदस्यको कार्यकाल २०६५ सालमा सकिएको थियो । त्यस पछी  यता ठाकुरराम क्याम्पसमाभने स्ववियु निर्वाचन नै हुन सकेको थिएन। मंगलबार बिहान १० देखि साँझ ५:३० बजेसम्म भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले जानकारी दिए। मंगलबार बिहान ८ बजेदेखि नै मतदान सुरु हुने भनिएतापनि तयारी पूरा नभएका कारण बिहान १० बजेदेखि मात्रै मतदान सुरु भएको थियो।…
Read More
गोल्डेन फ्युचर एकेडेमीमा बिज्ञान प्रविधिहरुको प्रदर्शनी

गोल्डेन फ्युचर एकेडेमीमा बिज्ञान प्रविधिहरुको प्रदर्शनी

वीरगंज । बीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरमा रहेको गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीहरुले बिज्ञान बिषयका प्रविधिहरुको प्रदर्शनी गरेका छन् । गोल्डेन फ्युचर एकेडेमीका डाइरेक्टर डा. उमेश चौरसियाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको प्रमुख आतिथ्यमा सो बिज्ञान प्रविधिको प्रदर्शनी भएको हो । कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका विभिन्न प्रविधिका औजार देखि अन्य सामाग्रीहरु प्रदर्शन गरेका थिए । प्रदर्शनको उदघाटन समारोहमा प्रहरी उपरीक्षक मिश्रले विद्यार्थीहरुले तयार गरेको विभिन्न प्रविधिहरुको अवलोकन गर्ने क्रममा निजी बिद्यालयले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत धेरै उपलब्धि हासिल गरेको बताए । आजका यी विद्यार्थीहरुले बैज्ञानिक ज्ञान हासिल गरे…
Read More
नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

नेसनल प्याब्सनको आठौँ महाधिवेशन फागुन १६ र १७ मा

१४ फागुन, बिरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन यहि फाल्गुण १५ र १६ गते मधेश प्रदेशको वीरगञ्जमा सम्पन्न गर्न सम्पुर्ण तयारी पुरा भरएको छ। नेसनल प्याब्सनको केन्द्रीय समितिको सातौं बैठकले वीरगञ्जको टाउनहल, आदर्शनगरमा महाधिवेशन आयोजना गर्ने निर्णय भएको आज यहा भरएको प्रेस सम्मेलनमा बताइएको छ। यसअघि, सातौं राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित नेपालगञ्जमा सम्पन्न भएको थियो। निजी विद्यालयहरूको हित संरक्षण,शिक्षा क्सेत्रामा निजि क्षेत्र को लगानि कर तिर्नेसेवा सुबिधा को पहुच संघीय शिक्षासम्बन्धी ऐन, शैक्षिक सुधार, शिक्षक तथा कर्मचारीहरूको वृत्ति विकास, तालिम तथा सीप विकासका कार्यक्रम सञ्चालनलगायतका विषयमा छलफल गर्न यो महाधिवेशन…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search