Skip to main content

Sarbocha Khabar

Advertisement

सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास

Advertisement

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास गरेका छन्।

आज दिउँसो शितल निवासमा प्रधानमन्त्री सुशीला कार्कीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सरकार र दलबीच विश्वासको वातावरण बनाउने प्रयास भएको हो। राष्ट्रपति कार्यालय स्रोतका अनुसार फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सफल गराउन सरकार र राजनीतिक दलहरूसँग राष्ट्रपति पौडेलले आग्रह गरे। राष्ट्रपति पौडेलले देशको वर्तमान जटिल अवस्थाको निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प भएको बताएका थिए।

तर पूर्वप्रधानमन्त्रीसमेत रहेका उनीहरूले भने वर्तमान सरकारकै गतिविधिका कारण दलहरू निर्वाचनमा होमिन सक्ने वातावरण नभएको र अहिलेको सरकारले निर्वाचनको वातावरण बनाउन नसक्ने धारणा राखेका थिए। छलफलमा निर्वाचनमा सुरक्षाको ग्यारेन्टीसमेत गर्न यो सरकारले नसक्ने भएकाले सर्वपक्षीय सरकार गठन गर्नुपर्ने विषयसमेत उठेको स्रोतको भनाई छ।

शीर्ष तीन नेताको अनुहार नै हेर्न मन नलाग्ने बताउँदै आएकी अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसमेत जेनजी आन्दोलनपश्चात पहिलो पटक सहभागी भएर तीनै तीन शीर्ष नेतासँग छलफल गरेकी थिइन्। उनले निर्वाचनका लागि वातावरण बनाउने प्रयासमा सरकार लागि परेको बताइन्। निर्वाचनको वातावरण बनाउन दलहरूसँग थप छलफल गर्ने उनको भनाई छ।

दलका नेताहरुले जेनजीका माग सम्बोधन गर्न पनि प्रतिनिधि सभा आवश्यक भएकाले निर्वाचन भन्दा पनि संसद् पुनर्स्थापना गर्दा चाडो निकास निस्कने धारणा राखेका थिए। उनीहरुले दलहरुको छलफल बिना नै सरकारले पूरा गर्न नसकिने माग राखेर जेनजी सम्झौता गरेर स्टण्ड गर्न खोजेको भन्दै आपत्ति जनाएको स्रोतको भनाई छ। बालुवाटारमा पुगेका शुभचिन्तकसँग प्रधानमन्त्री कार्कीले तीन दलका शीर्ष नेता बिदा हुनुपर्ने अभिव्यक्ति दिँदै आएपनि अतत: सरकार र शीर्ष नेताहरूबीच वार्ताले सरकार र तीन दलबीचको दूरी पनि कम भएको छ।

प्रधानमन्त्री र तीन दलका शीर्ष नेताको राष्ट्रपतिको छलफलपश्चात प्रधानमन्त्री बाहिरिएकी थिइन्। त्यसपश्चात शीर्ष नेता र राष्ट्रपति पौडेलबिच छुट्टै छलफल भएको छ। साभार अन्नपूर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस

राजनीति

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

सरकारलाई सर्वोच्चको झट्का: निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

३० असार, काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेध गरेको सरकारी निर्णय सर्वोच्च अदालत द्वारा खारेज भएको छ । सर्वोच्च अदाल...
पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

पत्रकारमाथि अश्लील टिप्पणी गर्ने मिश्रामाथि निवेदन दर्ता कारबाहीको माग

वीरगंज । सामाजिक सञ्जालमार्फत पत्रकारहरूप्रति अश्लील तथा अपमानजनक अभिव्यक्ति दिएको आरोपमा नेपाल पत्रकार महासंघ पर्साले हास्य कलाका...
४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

४ महिना पुरानो भिडियोलाई सम्पादन गरी कार्यालयलाई बदनाम गरियो ः यातायात कार्यालय कलैया

वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्...
परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

परवानीपुर गाउँपालिकाद्वारा ३६ करोड ६३ लाखको बजेट प्रस्तुत

८असार बारा । बाराको परवानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ३६ करोड ६३ लाख १० हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search