४ चैत्र २०८१ २२:२६
४ चैत्र २०८१ २२:२६
६ चैत,वीरगन्ज वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा १६ बर्षपछि भएको स्ववियु निर्वाचनमा ४० प्रतिशत मात्रै मत खसेको छ। ठाकुरराम क्याम्पसमा यसअघि २०६३ सालमा स्ववियु निर्वाचन भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित स्ववियु पदाधिकारी र सदस्यको कार्यकाल २०६५ सालमा सकिएको थियो । त्यस पछी यता ठाकुरराम क्याम्पसमाभने स्ववियु निर्वाचन नै हुन सकेको थिएन। मंगलबार बिहान १० देखि साँझ ५:३० बजेसम्म भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार २९९ मत खसेको प्रमुख निर्वाचन अधिकृत दिलिप सिंहले जानकारी दिए। मंगलबार बिहान ८ बजेदेखि नै मतदान सुरु हुने भनिएतापनि तयारी पूरा नभएका कारण बिहान १० बजेदेखि मात्रै मतदान सुरु भएको थियो।…
