Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 2

श्री नेपाल स्काउट निमावीको अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

श्री नेपाल स्काउट निमावीको अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण सम्पन्न

२८ चैत बिरगंज  । बिन्दवासिनी गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीमा शैक्षिक सत्र २०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा बाल विकास देखि कक्षा ८ सम्म प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका विद्यार्थीहरुलाई अबिरको टिका लगाई पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये नियमित उपस्थिति, अनुशासन (बानी ब्यहोरा रहन सहन) दक्षता तथा अन्य क्रियाकलापहरुको मूल्याकंंन गरि हरेक कक्षाबाट एक जना…
Read More
नेशनल मेडिकल कलेजमा प्रहरीको छापा: सञ्चालक र ल्याब प्रमुख पक्राउ

नेशनल मेडिकल कलेजमा प्रहरीको छापा: सञ्चालक र ल्याब प्रमुख पक्राउ

वीरगन्ज । वीरगञ्जको नेशनल मेडिकल कलेजमा प्रहरीले छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। नेशनल मेडिकल कलेजका सञ्चालकसमेत रहेका म्यानेजिङ डाइरेक्टर (एमडी)  साहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय शाहलाइ  पक्राउ गरेको हो  । प्रयोगशालामा परीक्षणका लागि म्याद नाघेको केमिकल प्रयोग भइरहेको सूचनाको आधारमा  छापामारी गरेको पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले जानकारी दिए। उनका अनुसार ल्याबमा छापामारी गर्दा म्याद नाघेको केमिकलहरु बरामद भएको छ। बरामद सबै केमिकल बारे अनुसन्धान अघि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
Read More
श्री सत्य साईद्वारा रक्तदान कार्यक्रम सम्पन्न ४ महिलासहित ४८ जनाले गरे रगत दान

श्री सत्य साईद्वारा रक्तदान कार्यक्रम सम्पन्न ४ महिलासहित ४८ जनाले गरे रगत दान

वीरगंज । श्री सत्य साई मधेश प्रदेश समितिकाे आयाेजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हाेलीकाे अवसरमा भएकाे कार्यक्रममा ४ महिलासहित ४८ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्रका प्रमुख सराैभ राज पाण्डेले वताए । वीरगंजकाे घण्टाघर चाैकमा भएकाे कार्यक्रममा चन्देश्वर चाैरसिया, रविकान्त चाैरसिया सन्दिप सर्राफ, बलिराम पाण्डे, जगदिश चाैहान, अरुण चौरसिया, राेशन साह, विपिन साह कानु, विश्वजित कुमार, विशाल यादव, सुरेश सर्राफ, नरेश चाैरसिया, नरेश सर्राफ, सरस्वती श्रेष्ठ, अस्मिता चाैधरी, रविभुषण प्रसाद चाैरसिया, प्रितम ठाकुर, सुमित सत्याल लगायतकाले रक्तदान गरेकाे प्रमुख पाण्डेले वताए । श्री सत्य साई मधेश प्रदेश समितिका अध्यक्ष जीवन चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सिमितका सदस्य चन्देश्वर…
Read More
चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ विरुद्ध विरोध प्रर्दशन

चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ विरुद्ध विरोध प्रर्दशन

बिरगंज । चिनियाँ कम्पनीले विकासको नाममा मधेसको लाईफ लाईनमा सिरहा सप्तरी जिल्लाको महेन्द्र राजमार्ग बनाउने बहानामा नियमित हिसाबले चुरे पहाडको विनाश गर्दै आईरहेकाले आज वीरगंजमा चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ कम्पनी विरुद्ध विभिन्न नाराका साथ विरोध प्रर्दशन गरेका छन । चिनियाँ हस्तक्षेप बन्द गर, बिआरआई परियोजना खारिज गर, नेपाल माथिको अनावश्यक चिनियाँ हस्तक्षेप बन्द गर, राष्ट्रिय स्वधिनता कायम गर भन्ने विभिन्न नाराका साथ जुलुस निकाली नगर परिक्रमा गरी घण्टाघरमा कोण सभामा परिणत भएको थियो । सो विरोध प्रर्दशनमा चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले चुरेलाई उत्खन्न गरी विनाश गर्दै आईरहेको, जस्तै अनावश्यक रुपमा पोखरा…
Read More
नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

काठमाडौं, १३ मंसिर । नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाँउपालिकाले दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको समलिंगी विवाह दर्ता गरेको हो । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो । विवाहदर्ता पछि समलिंगी जोडी रामबहादुर गुरुङले सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए । समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरेका छन् । यो घटना आगामी दिनका लागि कोशेढुङ्गा…
Read More
‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

मोहम्मद हबिब भैरहवा, १३ मङ्सिर । ‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ, भ्रष्टाचारी जतिलाई पुर्‍याइदिऊँ छेउ’  भन्दै गायक नवीन पौडेलले गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षीय ज्ञानधरी अर्याल नाच्न स्टेज निरै पुगिन् । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकै बेरसम्म नाचिन् । उमेरले ज्येष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिएँ छेउ’ भन्दै दोहोराउँदै तन्नेरीकै शैलीमा  अर्याल भुरुक्क भुरुक्क नाचेर साथ दिइन् । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत  जनतालाई जागरूक गराउने पौडेलको त्यो गीतबाट अर्यालले भरपुर मनोरञ्जन गरिन् । गायक नवीनकै गीत सुनेर अर्की ७५ वर्षीय राधा गौतमले पनि जोसका साथ नाचेर साथ दिइन्…
Read More
सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

सुनको मूल्य निरन्तर उकालो, तोलाकै १ लाख २० हजार नजिक

१३ मंसिर,काठमाडौं । केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक  पुगेको छ । निरन्तर नयाँ रेकर्क बनाउँदै सुनको भाउ बढिरहेको छ । बुधबार १ हजार ६०० रुपैयाँले बढेको सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि मंगलबार ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो । बुधबार तेजाबी सुन तोलामा…
Read More
प्रधानमन्त्रीको नयाँ कार्यालयमा प्रचण्ड र ओलीको भेटघाट (फोटो फिचर )

प्रधानमन्त्रीको नयाँ कार्यालयमा प्रचण्ड र ओलीको भेटघाट (फोटो फिचर )

१२ मङ्सिर, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । सो क्रममा भूकम्पपछि पुनर्निर्माण गरिएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको प्रधानमन्त्रीले ओलीलाई अवलोकन गराएका थिए । उनीहरुले हालै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका हुन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो । दुइ नेताबीचमा समसामयिक कुराकानी भएपनि बिषय भने सार्वजनिक गरिएको छैन।
Read More
भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा लाग्न उपप्रधानमन्त्री खड्काको निर्देशन

 ११ मङ्सिर, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्प प्रभावितका लागि तत्काल अस्थायी आवास निर्माणमा लाग्न सरोकारवालालाई निकायलाई निर्देशन दिएका छन्। अस्थायी आवास निर्माणका लागि  सरकारले दिने पहिलो किस्तावापतको रकम प्रभावित नागरिकको हातसम्म पुगिसकेको बताउँदै उपप्रधानमन्त्री खड्काले भूकम्पका कारण भत्किएका संरचना पन्छाउने र तत्कालै अस्थायी आवास निर्माण अहिलेको आवश्यकता रहेकाले सोहीअनुसार काममा खटिन निर्देशन दिए। सोमबार सुर्खेतमा कर्णाली प्रदेश सरकारका मन्त्री र सुरक्षा अंगका प्रदेश प्रमुखसँगको छलफलमा उपप्रधानमन्त्री खड्काले भूकम्पपछिको पुननिर्माणपछिको कामका लागि स्रोतको कमि नरहेको बताए। उनले भूकम्पले पुर्याएको क्षतिको   तथ्याङ्क आउने बित्तिकै पुननिर्माणको काम सुरू गरिने उल्लेख गरे। उनले भूकम्पमा क्षति भएका विद्यालय, स्वास्थ्य संस्था र…
Read More
अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोइला निर्यातमा अबरोध, १०९ पक्राउ

अष्ट्रेलियाका ‘जलवायु पक्षधर’ प्रदर्शनकारीले गरे कोइला निर्यातमा अबरोध, १०९ पक्राउ

मंसिर ११, सिडनी । विश्वको सबैभन्दा ठूलो कोइला बन्दरगाहमा नाकाबन्दी गरिएको छ । दुई दिने नाकाबन्दीमा संलग्न मजदुर मध्ये १०९ जनालाइ पक्राउ गरेका छन् । सयौं प्रदर्शनकारीले अष्ट्रेलियाको न्यूक्यासल बन्दरगाहको शिपिंग लेन कब्जा गरेका छन भने जलवायु निष्क्रियताको विरोध गरेका छन् । जुन अवरोधका कारण आधा मिलियन टन भन्दा बढी कोइला देशबाट हुने निर्यात रोकिएको छ। अष्ट्रेलिया विश्वको दोस्रो ठूलो कोइला निर्यातकर्ता हो । र, आफ्नै बिजुलीको आवश्यकताको लागि कोयल ईन्धनमा निर्भर रहेको छ। सिड्नीबाट लगभग १७० किमी टाढा रहेको न्यु क्यासल बन्दरगाह कोइला ढुवानीका लागि देशको सबैभन्दा महत्त्वपूर्ण टर्मिनल हो। अष्ट्रेलियाभरबाट अनुमानित ३० हजार मानिसहरूले यसको शिपिंग लेनमा ३०…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search