Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 2

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङमा

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेइजिङ आइपुग्नुभएको छ । चीनको औपचारिक भ्रमणका लागि शनिवार हाङ्जाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहाल आज स्थानीय समयअनुसार बिहान ११ बजे बेइजिङ आइपुग्नुभएको हो । प्रधानमन्त्री दाहालले आज बेइजिङमा हुने नेपाल–चीन बिजनेस समिटलाई अपराह्न ४ बजे हुने सम्बोधन गर्नुहुनेछ । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसिपिआइटीले सम्मेलनको आयोजना गरेका हुन् । उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी हुनुहुनेछ । सम्मेलनका क्रममा नेपाल र चीनबिच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । उक्त समिटको कार्यक्रमलाई…
Read More
निकासको छैटौँ साधारण सभा सम्पन्न

निकासको छैटौँ साधारण सभा सम्पन्न

काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको छैटौँ साधारण सभा सम्पन्न भएको छ । आश्विन ६ गतेका दिन मध्य बानेश्वरस्थित सनराइज क्याफेमा सो सभा सम्पन्न भएको हो ।  कैलाश निरौला निर्वाचन अधिकृत रहनु भएको साधारण सभाले उपाध्यक्षमा पूजा कुँवर, सचिवमा प्रमीला के.सी. तथा कोषाध्यक्षमा बिनु के.सी.लाई निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरूमा विमला दाहाल, रुबि क्षेत्री, डा.ज्योति ओझा, सुस्मिता पोख्रेल र सजिना पाण्डे निर्वाचित हुनुभएको छ ।  यसअघिको उद्घाटन कार्यक्रम, प्रमिता खनालको अध्यक्षता तथा प्रमीला के.सी.को सञ्चालनमा अगाडि बढेको थियो । साधारण सभामा कोषाध्यक्ष बिनु के.सी. नेपाल बाहिर रहेकोले अध्यक्ष तथा कोषाध्यक्ष दुवैको…
Read More
प्रलेसको ७२औँ स्थापना दिवस सम्पन्न

प्रलेसको ७२औँ स्थापना दिवस सम्पन्न

काठमाडौँ । ‘विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको तथा नेपालको बाम आन्दोलन पनि टुट फुटको अवस्थाबाट अगाडि बढिरहेको सन्दर्भमा प्रगतिशील लेखक सङ्घ, एकताको दिशामा क्रियाशील भइरहनु गौरवको कुरा भएको’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सूदन किराँतीले बताउनुभयो । सङ्घको ७२औँ स्थापना दिवस तथा प्रलेस प्रतिभा पुरस्कारको उद्घाटन मन्तव्यमा वहाँले सो धारणा राख्नुभएको हो ।  आश्विन ५ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा भएको स्थापना दिवसमा मन्त्री किराँतीले, ‘नेपाली समाजको प्राज्ञिक अध्ययन नभएकाले पटक–पटक असफल भएको’ बताउनुभयो– ‘नेपाली समाज भनेको माटो र विचार भनेको जरा हो, त्यसैले नेपाली माटोमा आधारित समाजवाद आवश्यक छ ।’  समाजवादी संस्कृतिको अभ्यासको आवश्यकतामाथि जोड दिँदै…
Read More
बालेन र रविको चेतावनीलाई बेवास्ता गर्दै  शिक्षकहरूको सडकमै हाजिरी

बालेन र रविको चेतावनीलाई बेवास्ता गर्दै  शिक्षकहरूको सडकमै हाजिरी

काठमाडौँ । शिक्षकको सरुवा, बढुवा र कारबाहीको व्यवस्था स्थानीय तहलाई दिन नहुने, शिक्षकलाई ट्रेड युनियन अधिकार दिनुपर्ने जस्ता राजनीतिक र सेवा सुविधासँग सम्बन्धित गरी १७ बुँदे माग राखेर शिक्षक महासङ्घले बुधवारदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको छ । उनीहरूले देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारेर आन्दोलन गरिरहेका छन् । शिक्षकहरूको यस प्रकारको आन्दोलनले बालेन र स्वतन्त्र पार्टीलाई सबै भन्दा बढी टाउको दुखाइको विषय बनेको छ । मङ्गलवार राति मेयर शाहले एक विज्ञप्ति जारी गरी दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई अपिल समेत गरेका छन् ।  राजनीतिक आबद्धता तत्काल…
Read More
आजदेखि शिक्षकहरू अनिश्चित कालीन आन्दोलनमा

आजदेखि शिक्षकहरू अनिश्चित कालीन आन्दोलनमा

काठमाडौँ । बर्षौसम्म चक र डस्टर बोकेर  हिँड्ने शिक्षकहरूको सम्मानित जीवन हुनुपर्दछ भन्दै  उनीहरू अनिश्चित कालीन आन्दोलनमा उत्रिएका छन् । शिक्षकरुहरुसँग गरिएको ५२ बुँदे सम्झौता, नेपाल सरकारले उल्लङ्घन गर्दै प्रतिगामी दिशातर्फ अग्रसर भएकोले आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानुभाई कार्की बताउनुहुन्छ ।  शिक्षासम्बन्धी विधेयकले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन खोजिएको, शिक्षामा लगानी नबढाएको, राहत शिक्षक, इसीडीलाई विद्यालयको आधारमा नल्याएको, कर्मचारीहरूको मागलाई बेवास्ता गरिएको भन्दै  आजदेखि पठनपाठनलाई ठप्प पारिएको अध्यक्ष कार्कीले बताउनुभयो ।   संसद्‌मा दर्ता भएको शिक्षा विधेयकमा रहेका प्रावधानहरूमा असहमति जनाउँदै महासङ्घले विभिन्न २० वटा माग तेर्स्याएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो। आन्दोलनलाई सशक्त बनाउन ७७ वटै जिल्लाबाट राहत, करार, बाल…
Read More
कार्ल मार्क्सको पूँजी किन पढ्ने ?

कार्ल मार्क्सको पूँजी किन पढ्ने ?

प्रा. वैंकटेश आत्रेय म कार्ल मार्क्सको “पूँजी” अध्ययन समूहमा संलग्न हुन पुगेँ । मार्क्सद्वारा सन् १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन् । तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरूले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन्। त्यसैले म “पूँजी” अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो। “पूँजी”को अध्ययनले मेरो जीवन पूर्ण रूपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्‍यो भन्ने तथ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दछु । मैले भारतको एक प्रतिष्ठित संस्थाबाट सन्‌ १९६९ मा रसायन अभियान्त्रीकरण (केमिकल इन्जिनियरिङ) मा डिप्लोमा…
Read More
तीजको अर्थशास्त्र

तीजको अर्थशास्त्र

भरत पोख्रेल थोरस्टियन भेबलेनले आफ्नो पुस्तक “द थ्योरी अफ द लिजर क्लास” मा गरिष्ठ उपभोग [कन्सपिक्युअस कनजम्सन] बारे बयान गरेका छन् । चाडपर्वको खास समयमा हुनेखाने वर्गले सामाजिक प्रदर्शनका लागि विशेष वस्तु र खाद्यान्न [पजिसनल गुड्स] उपभोगको उत्कर्ष देखाउँछन् ।  यो प्रवृत्ति पछि पुँजीवादको संस्कृति भएको २००९ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने पहिलो महिला एलिनर ओस्ट्रमले यस विषयलाई सैद्धान्तिकरण गरिन । यही कुरा किन्सले आफ्नो एउटा लेख “इकोनोमिक पसिबिलिटिज फर आबर ग्राण्डचिल्ड्रेन” मा सम्पत्तिले समाजमा वर्ग विभाजन गरेको लेखेका छन् ।  समाजमा अनुत्पादक उपभोक संस्कृतिको आलोचनामा केनेथ ग्यालब्रेथले १९५८ मा “दि अफ्लुयन्ट सोसाइटी”, डेभिड रिजम्यानले १९६४ मा “अबुन्डेन्स फर ह्वाट ?, इ.जे. मिसानले १९६७…
Read More
राजमो नेतृ दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगु

राजमो नेतृ दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगु

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलाई दोस्रो स्टेजको डेंगुले आक्रमण गरेको छ । केही दिनअघि राजनीतिक कामले प्युठान जानुभएका पौडेलले बिसन्चो महसुस गरेपछि काठमाडौँ फर्कनुभएको थियो । उच्च ज्वरो आएपछि पौडेल भदौ २९ गते ह्याम्स अस्पताल भर्ना हुनुभएको थियो ।  अस्पताल भर्ना भएकी नेतृ पौडेललाई निरन्तर रूपमा प्लाज्मा चढाइँदै छ । नेतृ पौडेलको ओ पोजेटिभ रगत रहेको र आज पनि घनश्याम न्यौपाने, भीष्म जोशी, विष्णु बेल्बासे र किरण पाण्डेले रक्तदान गर्नु भएको थियो । हिजो नेतृ पौडेलको प्लेटलेस छत्तीस हजार रहे पनि आज घटेर चौबिस हजार पुगेको अवस्था छ । वहाँलाई निरन्तर रूपमा फलो गरिरहनु भएका हेम्स अस्पतालका डा.कुमार…
Read More
‘किसान समस्यालाई विचारसँग नजोड्दा अर्थवादको सिकार’

‘किसान समस्यालाई विचारसँग नजोड्दा अर्थवादको सिकार’

काठमाडौँ । 'नेपालमा किसान आन्दोलन कमजोर हुँदै जानुमा विचारको पक्ष कमजोर हुँदै जानु हो',  नेकपा(मसाल)का महामन्त्री मोहन विक्रम सिंहले बताउनु भयो । अखिल नेपाल किसान महासङ्घ(अप्फा)को आयोजनामा भाद्र ३० गते काठमाडौँ जिल्लाले आयोजना गरेको भेला तथा प्रशिक्षण आयोजनामा वहाँले सो धारणा राख्नुभएको हो ।  विचार, दृष्टिकोणले सबै कुरा प्रभावित पार्ने बताउँदै महामन्त्री सिंहले   'किसानहरूको बिचमा प्रतिक्रियावादी, सामन्तवादी विचार पसेको त्यसका साथै विभिन्न एनजिओ तथा आइ एनजिओले भ्रमको खेती गरिरहेका कारण नेपालमा किसान आन्दोलन कमजोर हुँदै गएको’  बताउनुभयो  - 'विचारको पक्ष कमजोर हुँदै जाँदा अहिले किसानको  बेग्लै समाज बनी सकेको  अवस्था छ ।'  त्यसैले वहाँको धारणा थियो, 'किसान समस्यासँग  राजनीति र सिद्धान्त पनि जोड्नु…
Read More
पत्रकार महासङ्घ आन्दोलनमा 

पत्रकार महासङ्घ आन्दोलनमा 

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले समस्या देखिएका सञ्चार गृह विरुद्ध दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको छ। महासङ्घको २०८० भदौ २९ गते शुक्रवार बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रमजीवी पत्रकारका समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै समस्या देखिएका सञ्चार गृह विरुद्ध आवश्यकताअनुसार दबाबमूलक सङ्घर्षका कार्यक्रम चलाउने निर्णय गरेको हो । महासङ्घका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा भौतिक उपस्थिति तथा भर्चुअल माध्यमबाट बसेको सो निर्णय गरेको महासङ्घले विज्ञप्तिमार्फत जनाएको छ । ‘बैठकले कान्तिपुर मिडिया ग्रुप, राजधानी दैनिक, इमेज टेलिभिजन, अन्नपूर्ण पोस्ट, एपिवान टेलिभिजन र ग्यालेक्सी फोरके टेलिभिजनलगायतका सञ्चार गृहमा पछिल्लो समय देखिएको श्रमजीवी पत्रकारको समस्याप्रति बैठकको गम्भीर ध्यानाकर्षण भएको छ’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search