Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 2

कोप २८ मा नेपालले पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने

कोप २८ मा नेपालले पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने

मंसिर १०, काठमाडौं । नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायुवित्त, जलवायु अनुकुलनको लक्ष्य निर्धारण पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने भएको छ । यो वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा यही मंसिर १४ देखि २६ गतेसम्म जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि युएनएफसिसीका पक्ष राष्ट्रहरुको सम्मेलन कोप—२८ हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा नेपालले सहभागिता जनाउने सो सम्मेलनमा जलवायु वित्त, अनुकुल र पर्वतिय क्षेत्रको समस्यालाई विशेष प्रथामकिताका साथ उठाइने भएको हो । सन् २०१० मा नै धनी राष्टबाट २०२० देखि लगभग सय अर्ब अमेरिकी डलर बराबरको लगानी नेपाल जस्ता विकासोन्मुख देशमा गर्ने भनी घोषणा गरिएको थियो । तर घोषणा…
Read More
काँग्रेस नेता पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी आवास निर्माण

काँग्रेस नेता पौडेलको नेतृत्वमा जाजरकोटमा एक सय अस्थायी आवास निर्माण

मंसिर९, काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ। पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको  थियो। टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए। भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउन समेत संलग्न उक्त टोली शनिबार काठमाडौँ आइपुगेको छ। टोलीमा पौडेलसहित  माननिय  गन्डकि प्रदेश सदस्य दिल्लीराम सुवेदी, इन्जिनियर दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत , महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका…
Read More
तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारी सुरू

तिलौराकोटलाइ विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अन्तिम तयारी सुरू

मंसिर९, काठमाडौं ।  प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञहरुले विश्व सम्पदा सूचीमा सूचीकृतका लागि विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार, पुष्टाईका सम्बन्धमा मुख्यसरोकारवालाहरुसँग गरेको छलफलमा सरकारले तिलौराकोटलाई सूचीकृतका लागि अन्तिम तयारी गरेको जनाएको हो । कपिलबस्तुको तिलौराकोटमा शुक्रबार तिलौराकोट कपिलबस्तुलाई विश्वसम्पदा सूचीमा सुचीकृत सम्बन्धमा विज्ञहरुद्धारा तयार पारिएको मनोनयन दस्तावेज, आधार र पुष्टाईका बियषमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकारका तर्फबाट संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँतीले सरकारका तर्फबाट गौरवको आयोजनाका रुपमा…
Read More
प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने

प्रसाईले हाले सर्वोच्चमा मुद्दा, आईतबार सुनवाई हुने

काठमाडौँ, ८ मङ्सिर ।  मेडिकल ब्यावसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन। अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आईतवार सुनवाई हुनेछ।
Read More
दुर्गा प्रसाईँ समर्थक आन्दोलनकारी धमाधम पक्राउ

दुर्गा प्रसाईँ समर्थक आन्दोलनकारी धमाधम पक्राउ

काठमाडौँ, ८ मङ्सिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् । आज ११ बजे देखी तीनकुने, काठमाडौँमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरूलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पु¥याउने उद्देश्यले आन्दोलन गर्न लागेको सूचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो । उनीहरूलाई काठमाडौँको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन् । उता, जिल्ला प्रशासन कार्यालय, काठमाडौँले तीनकुनेमा प्रसाईँ समूहलाई आन्दोलन गर्ने अनुमति नदिएको जनाएको छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घोषणा गरेका थिए ।
Read More
दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा २८ जना घाइते, शुक्रबार काठमाडौँ बन्दको आह्वान

दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा २८ जना घाइते, शुक्रबार काठमाडौँ बन्दको आह्वान

मंसिर ७, काठमाडौं । गणतनत्रको बिरोधी मेडिकल व्यवसायी दुर्गा प्रसाईं र एमालेको भातृ संगठन युवासंघकाक नेता कार्यकर्ताले बिहिबार काठमाडौंमा छुट्टा छुट्टै प्रर्दशन गरे । प्रसाईंको आन्दोलन दबाउन भन्दै आन्दोलनमा त्रत्रिएको युवा संघ र प्रसार्इं पक्ष दुबैका बराबरी जस्तै प्रर्दशनकारी थिए । तिनकुने क्षत्रेमा प्रर्दशन गरेको युवासंघको आन्दोलन केही व्यवस्थित देखिएको भएपनि बल्खु क्षेत्रमा भएको प्रसाईं नेतृत्वको प्रर्दशनमा प्रर्दशनकारी घाइते समेत भए । बल्खुमा प्रहरी र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षबीच झडप हुँदा २८ जना घाइते भए । बल्खुमा प्रदर्शनकारी कुलेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । जस क्रममा प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए । झडपमा प्रहरीसहित २८ जना घाइते…
Read More
तीनकुनेमा युवा सङ्घको शक्ति प्रदर्शन (फोटो फिचर)

तीनकुनेमा युवा सङ्घको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौँ, ७ मङ्सिर । एमाले निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा शक्ति प्रदर्शन गरिरहेको छ । युवा सङ्घका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा सरकारका  बेथितिविरुद्ध नाराबाजी लगाइरहेका छन् । उनीहरूले भ्रष्टाचार, अपराधसहित बेथितिविरुद्ध नारा लेखिएका प्लेकार्डहरू बोकेका छन् । तस्बिर : बाबु छत्कुली
Read More
उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना

उत्तर कोरियाले गर्‍यो सियोल सैन्य सम्झौता निलम्बन, सीमामा पठायो सेना

प्योङयाङ, ७ मङ्सिर । उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप सेना र सैन्य उपकरणहरू लैजाने बताएको छ । प्योङयाङले सैन्य जासुस उपग्रहको प्रक्षेपणको प्रतिक्रियामा सियोलले सम्झौताका अंशहरू निलम्बन गरेपछि २०१८ संयुक्त सैन्य सम्झौतामा नबाँधिने पनि जनाएको छ । ‘उत्तर कोरिया सम्झौतामा कहिल्यै बाध्य हुनेछैन,’ राज्य मिडियाले बिहीबार रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका पूर्व राष्ट्रपति मुन जे इनबीचको २०१८ शिखर सम्मेलनमा व्यापक सैन्य सम्झौता प्रायद्वीपमा तनाव कम गर्न र दुई देशहरू बिच विश्वास निर्माण गर्ने प्रयासको रूपमा हस्ताक्षर गरिएको थियो। गत मे र अगस्टमा असफल भए पछि प्योङयाङले माल्लिग्योङ–१ लाई सफलतापूर्वक…
Read More
नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढङ्गबाट अघि बढ्छ

नयाँ कार्यकक्षबाट प्रधानमन्त्री प्रचण्डले भने- अब सरकार नयाँ ढङ्गबाट अघि बढ्छ

काठमाडौँ, ६ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधवारबाट नयाँ कार्यकक्षको प्रयोग गरेका छन् । पश्चिम मोहडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको सिंहदरबारको पश्चिम मोहडाको पुरानै कार्यकक्ष प्रयोग गर्दै उनले अब सरकार नयाँ ढङ्गले अघि बढ्ने बताएका हुन् । सिंहदरबारको पश्चिम तर्फको (रेट्रो फिटिंग भएको) भागमा बनाइएको कार्यालयमा सरेसँगै उनले सरकारको कामको प्रकृति र गुण नयाँ ढङ्गबाट अघि बढाउने बताएका हुन् । पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गुम्म परेर बस्नुपरेको अनुभव सुनाउँदै प्रधानमन्त्रीले अब ताजा भई काम गर्न पाएको जानकारी दिए । ‘हामी प्रधानमन्त्रीको कार्यालय सिंहदरबारकै पछिल्लो भागबाट अघिल्लो भागमा सरेका छौँ ।…
Read More
शितल निवास र वालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा,सुरक्षा सर्तकता बढाइयो

शितल निवास र वालुवाटार क्षेत्रमा पनि निषेधाज्ञा,सुरक्षा सर्तकता बढाइयो

मंसिर ६, काठमाडौं । मंसिर ७ गते अर्थात भोली युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले छुट्टाछुट्टै शक्ति प्रदर्शनको गर्ने तयारी गरिरहदा सरकारले बिभिन्न स्थानलाइ निषेधित क्षेत्र घोषणा गरिरहेको छ । सरकारले माइती घर, शितल निवास, पधानमन्त्रीको सरकारी निवास वालुवाटर, ललितपुरको पुलचोक स्थित मन्त्री क्वाटर जस्ता संभावित प्रर्दशन स्थान वरपरलाइ सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास वालुवाटार वरिपरिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा भन्दै शितलनिवास र बालुवाटार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search