Skip to main content

Sarbocha Khabar

Advertisement

Breaking News 2

काठ तस्करीविरुद्ध संयुक्त छापा : परसवाबाट सालका गोलिया र फर्निचर प्रयोजनका काठ बरामद

काठ तस्करीविरुद्ध संयुक्त छापा : परसवाबाट सालका गोलिया र फर्निचर प्रयोजनका काठ बरामद

वीरगञ्ज । हिजोदेखि सामाजिक सञ्जाल तथा विभिन्न माध्यममा काठ तस्करीसँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि पर्साको सबैया क्षेत्रमा वन संरक्षण निकायहरू सक्रिय बनेका छन्। त्यसैक्रममा सबैया साझेदारी वन उपभोक्ता समूह, सब डिभिजन वन कार्यालय सबैया, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले वीरगञ्ज महानगरपालिका वडा नं. ३२ परसवा क्षेत्रमा छापा मारेर अवैध रूपमा लुकाइछिपाइ राखिएको सालका गोलिया तथा फर्निचर प्रयोजनका काठ बरामद गरेको छ। संयुक्त टोलीले त्रिपालले छोपेर राखिएको अवस्थामा ठूलो परिमाणमा सालको काठ फेला पारेको जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार उक्त काठ वन क्षेत्रबाट अवैध रूपमा कटानी गरी संकलन गरिएको आशंका गरिएको छ। बरामद काठ नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया…
Read More
सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्ना

सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेदको विरोधमा पर्साका सञ्चारकर्मीको दोस्रो दिन पनि धर्ना

२९,जेष्ठ बिरगंज ।  सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारकाे विभेदकारी तथा स्वेच्छाचारी निर्णयकाे विराेधमा पर्सका सञ्चारकर्मीहरुले शुक्रबार दोस्रो दिन पनि जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रबार पनि बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा धर्ना दिएका हुन् । धर्नामा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि प्रहार गरेर जनताको आवाज दबाउने प्रयास भइरहेको आरोप लगाए । उनले सरकारले पत्रकारहरूको माग सम्बोधन नगरे आन्दोलनलाई अझ सशक्त बनाइने चेतावनी दिए ।   नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट…
Read More
सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

सांसद नरेन्द्र साहको राजनीतिक सल्लाहकारमा जेनजी अर्जुन शाह नियुक्त

बिरगंज । सर्लाहीको क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य नरेन्द्र साहले पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ निवासी जेनजि अर्जुन शाहलाई आफ्नो राजनीतिक सल्लाहकार (Political Advisor) पदमा नियुक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद साहले अर्जुन शाहको अनुभव, योग्यता, क्षमता, राजनीतिक सुझबुझ, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा रहेको योगदानलाई मध्यनजर गर्दै आजकै मितिदेखि लागू हुने गरी राजनीतिक सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको वताए । सांसद साहले संसदीय कार्य, जनसम्पर्क, नीति तथा परामर्श तथा निर्वाचन क्षेत्र विकाससँग सम्बन्धित विविध विषयमा आवश्यक राजनीतिक सुझाव, सल्लाह र सहयोग प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । सांसद साहले जेनजी अगुवा समेत रहेका…
Read More
वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्जका मसाज तथा स्पा सेन्टरको अनुगमन सुरु

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका ले नगरभित्र सञ्चालनमा रहेका मसाज तथा स्पा सेन्टरहरूको अनुगमन सुरु गरेको छ। मसाज सेन्टरको नाममा अवाञ्छित गतिविधि भइरहेको भन्ने गुनासो बढेपछि महानगरले मंगलबारदेखि अभियान अघि बढाएको हो। नगर प्रहरी इन्चार्ज हरि भुषाल का अनुसार भन्सार क्षेत्रबाट सुरु गरिएको अनुगमन महानगरका सबै ३२ वडामा विस्तार गरिनेछ। अनुगमनका लागि नेपाल प्रहरी सँगको समन्वयमा नगर प्रहरी परिचालन गरिएको छ। अनुगमन टोलीले सञ्चालक तथा कर्मचारीको विवरण, नाबालिका प्रयोग भए/नभएको लगायतका विषयमा जाँच गरिरहेको छ। साथै, सञ्चालन अनुमति, दर्ता, कर भुक्तानीको अवस्था, सेवा सञ्चालनको प्रकृति तथा आचारसंहिताको पालना भए/नभएको विषयमा विशेष ध्यान दिइएको नगर प्रहरी इन्चार्ज भुषालले जानकारी दिनुभयो। नाबालिका प्रयोग…
Read More
नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

नेको इन्सुरेन्स वीरगंजद्वारा गोल्डेन फ्युचर स्कूलमा बिमा सम्बन्धि अभिमुखीकरण

वीरगंज १९ चैत्र । पर्सा जिल्लाको बीरगंज महानगरपालिका वडा नं. ११  स्थित गोल्डेन फ्युचर स्कुल श्रीपुरमा नेको इन्सुरेन्स लिमिटेड वीरगंज शाखाले बिहिबार  “नेकोको अभियान, शिक्षामा योगदान” भन्ने मुल नाराका साथ बिमा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा कम्पनिका मधेस प्रदेश कलस्टर हेड बिक्रम आलेको निर्देशनमा विधार्थीहरुलाई पनि बिमा सम्बन्धि जानकारी हुन आवश्यक रहेको बताउदै  विद्यार्थीहरु सँग अभिमुखिकरण कार्यक्रम गरिएको बताए । नेको इन्सुरेन्स लि. वीरगंज शाखाका नितेश श्रेष्ठ, प्रनिश सापकोटाले सो स्कूलमा अध्यनरत्त कक्षा ९  का विद्यार्थीहरुलाई बिमा के हो ? बिमा कसरी हुन्छ, यसबाट हुने फाईदाहरु लगायतका विषयमा जानकारी गराएका थिए । गोल्डेन फ्युचर स्कुलका प्रिन्सिपल…
Read More
गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

गोल्डेन फ्युचरमा कक्षा १० का विद्यार्थीहरुकाे विदाई समारोह सम्पन्न

बीरगंज – बिरगंजको साह दरबार होटलमा गोल्डेन फ्युचर स्कूलले बुधबार एक कार्यक्रमका बीच कक्षा १० का विद्यार्थीहरुलाई एसईई को शुभकामा सहित फेयरवेल कार्यक्रम आयोजना गरेको छ । स्कुलका कक्षा ९ का विद्यार्थीहरुको आयोजनामा आज अपरान्ह १२ बजे उक्त कार्यक्रम आयोजना गरिएको थियो ।  गोल्डेन फ्युचरका डाईरेक्टर तथा ठाकुर राम बहुमुखी क्याम्पसका पुर्ब क्याम्पस पमुख डा.उमेश चौरसियाको सभापतित्व तथा प्रोफेसर रामनाथ यादवको प्रमुख आतिथ्य लगायत अरु शैक्षिक वर्गका प्रतिष्ठित व्यक्तित्व, समाजसेवी तथा सञ्चारकर्मी हरुको  उपस्थिति रहेको थियो । कार्यक्रममा एसईई का लागि तयारी गरिरहेका विद्यार्थीहरुलाई कक्षा ९ मा अध्यनरत विद्यार्थीहरुले फेयरवेल गरेका थिए । कार्यक्रमा बोल्दै गोल्डेन फ्युचरका डाईरेक्टर चौरसियाले आउँदो एसईईका विद्यार्थीहरुलाई…
Read More
पर्सा ३ मा चौरसियाको घरदैलो अभियान तीब्र, क्षेत्रको समस्या दीर्घकालीन समाधानको जोड

पर्सा ३ मा चौरसियाको घरदैलो अभियान तीब्र, क्षेत्रको समस्या दीर्घकालीन समाधानको जोड

१६ फागुन बिरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसियाले जनतासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै आफ्नो घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । घरदैलो क्रममा सयौं युवा पार्टीमा प्रवेश गरेका छान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिस्पर्धामा रहेका उनले आफनो क्षेत्र अन्तर्गतका पोखरिया नगरपालिका -२ लामरिया, जगतपुर लगायत अन्य बस्तीमा पुगेर बासिन्दासँग साक्षात्कार गर्दै उनीहरूको आवश्यकता, सुझाव तथा अपेक्षाबारे जानकारी संकलन गरेका हुन् । ग्रामीण परिवेशमा आयोजित उक्त भेटघाटमा सहभागी सर्वसाधारणले आफ्नो दैनिकीसँग जोडिएका विविध चुनौती खुलस्त रूपमा राखेका थिए । स्वागतसहित गरिएको अन्तरक्रियामा खानेपानी अभाव, शैक्षिक पूर्वाधारको कमजोरी, स्वास्थ्य सेवा पहुँचको सीमितता…
Read More
पर्सा–४ मा पोखरियाका नगर अध्यक्षसहित ६५० जना कांग्रेसमा प्रवेश

पर्सा–४ मा पोखरियाका नगर अध्यक्षसहित ६५० जना कांग्रेसमा प्रवेश

वीरगंज । पर्सा क्षेत्र नं. ४ मा ठूलो संख्यामा नेता तथा कार्यकर्ताहरू पार्टी परिवर्तन गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित एक वडाध्यक्षसहित सयौं नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । जनता समाजवादी पार्टी, नेपालबाट निर्वाचित कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सन्जय कुमार पटेलको नेतृत्वमा ४५१ जना तथा जसपा नेपाल पोखरिया नगरपालिकाका नगर अध्यक्ष एवं मेयर प्रत्याशी राजु साह र वडा नं. ३ बसन्तपुरका वडा अध्यक्ष प्रत्याशी रबिभूषण तिवारीको नेतृत्वमा थप २०० जना नेता–कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेस पर्सा ४ का क्षेत्रीय सचिव बलिष्टर अहमदले जानकारी दिए। यसैगरी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी लगायत…
Read More
पर्सा–२ मा रिमा यादवको घरदैलो अभियान,सूर्य चिन्हमा मतदान गर्न आग्रह

पर्सा–२ मा रिमा यादवको घरदैलो अभियान,सूर्य चिन्हमा मतदान गर्न आग्रह

वीरगंज। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा यादव ले बहुदरमाई नगरपालिका अन्तर्गत सिसियाडी र बैरिया टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको छ। घरदैलोका क्रममा उहाँले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी तथा सडक–पूर्वाधार सुधारलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। “राजनीति सत्ता होइन, सेवा हो। जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धतासहित म चुनावी मैदानमा उत्रिएकी छु,” उहाँले भन्नुभयो। कार्यक्रममा एमालेका क्षेत्रीय तथा जिल्ला तहका नेताहरू, युवा तथा महिला संघका प्रतिनिधि, स्थानीय बुद्धिजीवी र कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। वक्ताहरूले पर्सा–२ मा एमालेप्रति जनसमर्थन बढ्दो रहेको दाबी गर्दै रिमा यादवको जित सुनिश्चित गर्न एकजुट…
Read More
देश परिवर्तनका लागी घन्टी छापमा मतदान गर्न चौरसियाको आग्रह

देश परिवर्तनका लागी घन्टी छापमा मतदान गर्न चौरसियाको आग्रह

१४फागुन,पर्सा । रामाकान्त चौरसियाको घरदैलो अभियान दिनप्रतिदिन प्रभावशाली बन्दै गएको छ। रास्ट्रिय स्वतन्त्र पार्टी पर्सा–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसिया पकहाँमैनपुर वडा नम्बर–३ र ४ अन्तर्गत मतदातासँग प्रत्यक्ष भेटघाट, संवाद तथा घरदैलो गर्दै देश परिवर्तनको लागी घण्टी छापमा मतदान गर्न मतदाताहरु संग आग्रह गरेका छन्। स्थानीय टोलटोलमा पुगेर नागरिकका गुनासो, सुझाव र अपेक्षा सुन्दै उनले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलोका क्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले पकहाँमैनपुरमा चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिएको छ। वडा नम्बर–३ र ४ का विभिन्न टोलहरूमा पुगेर चौरसियाले जनतासँग प्रत्यक्ष संवाद गर्दै समृद्ध…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search