Skip to main content

Sarbocha Khabar

Advertisement

शिक्षा मन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं : शिक्षकहरूले आन्दोलन चर्काउँदै लगेपछि शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएको बालुवाटार स्रोतले जनाएको  छ।

विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै शिक्षकहरूले लगातार आन्दोलन जारी राखेपछि मन्त्री भट्टराईले राजीनामा दिएको स्रोतको भनाइ छ। मन्त्री भट्टराईले भने मन्त्रालयका अधिकारीसँग आफ्नो स्वास्थ्य अवस्थाका कारण राजीनामा दिएको बताएकी छन्।

उनले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा बस्न तयार भएका छैनन्।  विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि शिक्षकहरूले दिँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search