Skip to main content

Sarbocha Khabar

Advertisement
सर्वोच्च खबर

सर्वोच्च खबर

634 Posts
पत्रकारिताको जग बलियो बनाउनमा महानगर सहयोग गर्न तयार छ ः प्रमुख सिंह

पत्रकारिताको जग बलियो बनाउनमा महानगर सहयोग गर्न तयार छ ः प्रमुख सिंह

६ असार,वीरगंज वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले पर्सेली पत्रकारिताको जग बलियो बनाउन महानगर जहिल्यै पनि सहयोग गर्न तयार रहेको बताएका  छन् । आजदेखि सुरु भएको तीन दिने आम संचारकर्मीलाई क्षमता अभिवृद्धि तालिमको उद्घाटन गर्दै उनले पत्रकारको क्षमताबृद्धिका लागि सहयोग गर्न आफूहरु जहिल्यै तयार रहेको बताए । मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको भन्दै उनले वीरगंजको पहिचान बृद्धि गर्ने गरि समाचार सामग्री प्रकासित गर्ने पनि  आग्रह गरेका थिए । कसैको व्यक्तिगत जीवनमा पसेर उसको चियो चर्चो गर्नुभन्दा समाज र सामाजिक समस्यालाई उठान गर्न पत्रकारहरु लागि पर्नु पर्नेमा पनि उनले जोड दिए । काम गर्दा त्रुटी भए सुधार गर्न आफू जहिल्यै पनि…
Read More
वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

वीरगंजको संकल्प लाेक सेवा इन्सच्युटमाआगलागी हुदा ५० लाख भन्दा बढीकाे क्षति

६ असार,वीरगंज ।  वीरगंज महानगरपालिकाे वडा नं. ८ स्थित जिल्ला प्रहरी कार्यालय पर्सा नजिक रहेकाे संकल्प लाेक सेवा इन्सच्युटमा बुधबार राति आगलागी भएकाे छ । मध्य रातिमा भएकाे आगलागीमा इन्सच्युट भित्र रहेकाे फर्निचर, कम्प्युटर,कागजात लगायतका सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएका छन् । अन्दाजी १२ बजे राति भएकाे आगलागीमा इन्सच्युट भित्र रहेका स्मार्ट बाेर्ड ३ वटा, डेस्क बेन्च ७० सेट, ४३ इन्चकाे टिभि १ वटा, कम्प्युटर ६ वटा, ल्यापटप ३ वटा, प्रिन्टर ४ वटा, प्राेजेक्टर २ वटा, फ्रिज १ वटा, जरनेटर १ वटा, अफिस टेबल ३ वटा, पंखा ४५ वटा, दराज, कुर्सी लगायतका सामग्री जलेर नष्ट भएकाे इन्सच्युटका संचालक अशाेक साहले जानकारी…
Read More
पत्रकार साह माथी दुर्ब्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग

पत्रकार साह माथी दुर्ब्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग

वीरगंज, २ असार । पत्रकार छठु साहमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई पत्रकारका विभिन्न संगठनहरुले कारवाहीको माग गरेका छन् । नेपाल प्रेस युनियन, पर्सा र समाजवादी प्रेस संगठन नेपाल, पर्साले छुट्टा छुटै विज्ञप्ती निकालेर दाेषी प्रहरी उपर कारवाहीकाे माग गरेका हुन् । दुबै संगठनले कालिकामाई गाउँपालिका वडा नं. २ गदियानी स्थित कालिकामाई गाउँपालिकाको कृषि तथा पशु उपशाखा संचालनमा रहेको भवन भत्काउने क्रममा शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा पत्रकार साहमाथि भएकाे दुर्व्यवहारकाे घटनाकाे घोर भत्र्सना गरेका छन् । वीरगंजवाट प्रकाशित कालिका टाइम्स दैनिक पत्रिका र अनलाइनका प्रवन्ध निर्देशक एवं रेडियो पोखरियाका अध्यक्ष समेत रहेका पत्रकार साहमाथि र प्रहरीले महिलामाथि गरेको ज्यादतीको भिडियो…
Read More
रमाना बुझन आनाकानी गर्दै नर्सिङ्ग प्रमुख साह

रमाना बुझन आनाकानी गर्दै नर्सिङ्ग प्रमुख साह

३२ जेष्ठ, वीरगन्ज पर्सा जिल्ला स्थित वीरगञ्जको नारायणी अस्पतालकी बरिष्ठ नर्सिङ्ग प्रशासक प्रमुख श्रुति साहले आफु मनोमानी गरेर अहिले सम्म रमाना नबुझेको समाचार प्राप्त भएको छ । पर्सा जिल्लाबाट अन्य ठाउँमा सरुवा भएको हप्तौ बितिसक्दा पनि सरुवा भएको ठाउँमा जानको लागि आनाकानी गरिरहेको जनाईएको छ । स्वास्थ्य मन्त्रालयले निकालेको सरुवाको सूचना अनुसार एक हप्ता भन्दा बढी बितिसक्दा पनि ऐन कानून बिपरित तरिकाले साह यहि बसिरहेको स्रोतले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेष्ठ २३ गते प्रकाशित गरेको सूचना अनुसार साहलाई वीरगञ्जको नरायणी अस्पतालबाट कोशी अस्पताल बिराटनगरमा सरुवा गरेको हो । तर साहले बर्तमान मेडिकल सुपरिटेन्डन्ट डा. एनामुल हकलाई समेत…
Read More
पाेखरिया अस्पतालमा जटिल समस्याबाट ग्रसित बिरामीहरुलाई नि:शुल्क उपचार गर्न छलफल

पाेखरिया अस्पतालमा जटिल समस्याबाट ग्रसित बिरामीहरुलाई नि:शुल्क उपचार गर्न छलफल

२८ जेठ, वीरगंज पर्साको पोखरिया अस्पतालमा मेडिसिटी अस्पताल काठमांडौको सहकार्यमा विभिन्न जटिल समस्याबाट ग्रसित बिरामीहरुको नि:शुल्क उपचार गरिने सम्बन्धमा साेमबार छलफल भएकाे छ । पोखरिया अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष तथा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पोखरिया अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल यादव र मेडिसिटी अस्पताल काठमांडौको निर्देशक विजय रिमालसंग पोखरिया अस्पतालमै बसी छलफल भएकाे हाे । छलफलमा मेडिसिटी अस्पताल निर्देशक रिमालले गाउँमा स्क्रीनिंग गरेका बिरामीको पैसाको अभावमा अल्प आयुमै ज्यान गुमाउनु पर्ने बाध्यतालाई सहजीकरण गरी पोखरिया अस्पताल मै जटिल भन्दा जटिल समस्याबाट ग्रसित बिरामीको नि:शुल्क उपचार गर्न आफुहरु तयार रहेकाे वताए । पोखरिया अस्पतालको सभा हलमा भयको छलफलमा…
Read More
क्कली प्रमाण पत्रका आधारमा जागिर खाएका उपअनुसन्धान निर्देशकलाई भ्रष्टाचार मुद्दा

क्कली प्रमाण पत्रका आधारमा जागिर खाएका उपअनुसन्धान निर्देशकलाई भ्रष्टाचार मुद्दा

२७ जेठ, काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाएका हेमन्त चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । राष्ट्रिय अनुसन्धान विभागअन्तर्गत उप–अनुसन्धान निर्देशक पदमा कार्यरत हेमन्त चौधरीले मगध विश्वविद्यालय, बोधगया भारतबाट स्नातक उत्तीर्ण गरेको भनी नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरेको अख्तियारले जनाएको छ । उनले सेवा प्रवेशका साथै बढुवाको लागिसमेत नक्कली शैक्षिक प्रमाण पत्र पेस गरेको अख्तियारको भनाइ छ । अख्तियारले नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा सरकारी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा चौधरीलाई कैद र जरिवाना सजायको माग…
Read More
वीरगंजको मेन रोड विस्तारको सुनुवाई २४ औँ पटक पनि सर्यो

वीरगंजको मेन रोड विस्तारको सुनुवाई २४ औँ पटक पनि सर्यो

वीरगंज सर्वाेच्च अदालतमा विचाराधिन रहेको वीरगंज महानगरपालिकाको मुख्य सडक (मेनरोड) विस्तारको मुद्दाको सुनुवाइ फेरि सरेको छ । त्रिभुवन राजपथअन्तर्गत वीरगंज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ति चोक, शङ्कराचार्यद्वार हुँदै मितेरीपुल सम्मको मुख्य सडक विस्तारको मुद्दा पेशी आइतबारका लागि थियो । तर सर्वोच्च अदालतले उक्त मुद्दाको सुनुवाई फेरि हेर्न नभ्याइनेमा राखेपछि २४ ओैं पटक उक्त मुद्दाको पेशी सरेको हो । वीरगंजको मुख्य सडक विस्तारको मुद्दाको पेशी आइतबार सर्वोच्च अदालतका न्यायधिशद्वय डा.मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको सयुक्त इजलाशमा परेको थियो । न्यायाधिशद्वयको इजलासमा यस अघि शुक्रबारकै मुद्धा सुनुवाईको निरन्तरता रहेकाले १ नम्बरमै परे पनि वीरगंज सडक विस्तारको मुद्धा भने…
Read More
मुद्दा शाखाका हवल्दार यादवले असुली गर्ने मनसायले कलवारलाई धम्की दिदै

मुद्दा शाखाका हवल्दार यादवले असुली गर्ने मनसायले कलवारलाई धम्की दिदै

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यारत्त हवल्दार हरिशंकर यादवले उजुरी परेका व्यक्ति सँग केही असुली हुने मनसायले फोन गरी धाकधम्की दिदै आएको घटना उजागर भएको छ । वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने श्याम सुन्दर प्रसाद कलवार माथि रोहित प्रसाद चौहानले आफ्नो दाई राजेश कुमार चौहान सँग भएको लेनदेन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्सामा २०८० फागुन महिनामै जाहेरी दिएका थिए । श्याम सुन्दर कलवार र राजेश चौहान बिच बिगत समयमा भएको सबै लेनदेन हरहिसाब गरी समाधान भईसक्दा पनि कलवारलाई बदनाम गराउन र पैसा असुल्नकै लागि हवल्दार यादव सँग मिली मुद्दा दिएको कलवारले दाबी गरे । हवल्दार यादवले मुद्दा…
Read More
पत्रकार महासंघकाे सदस्यता नामावली सच्याउन पर्साका चार संगठनकाे माग

पत्रकार महासंघकाे सदस्यता नामावली सच्याउन पर्साका चार संगठनकाे माग

वीरगंज । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले सार्वजनिक गरेको सदस्यता नामावलीमा प्रति पर्साका ४ पत्रकार संगठनले आपत्ति जनाएका छन् । प्रेस चौतारी पर्सा,  प्रेस युनियन पर्सा, समाजवादी प्रेस संगठन पर्सा र प्रेस मंञ्च नेपालले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै चाेर बाटाेबाट सार्वजनिक गरिएकाे नामावली प्रति ध्यानाकर्षण भएको जनाउँदै सदस्यता नमावली सच्याउँन माग गरेको हो । जिल्ला शाखाले सर्वसम्मत रुपमा प्रदेश समिति मार्फत केन्द्रलाई सिफारिस गरेको नामावली विपरित चोर बाटोबाट पटक–पटक सार्वजनिक गरिएका सदस्यता नामावली प्रति आपती जनाउँदै जिल्ला शाखाको सिफारिस विपरित केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीमा गैर पत्रकार समेत समावेश गरी ल्याइएको चार संगठनहरुकाे ठहर रहेकाे जनाएका छन् । विधानतः…
Read More
बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क दन्त शिविर सम्पन्न

बिन्दबासिनी–५ प्रसौनीमा निःशुल्क दन्त शिविर सम्पन्न

बीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ मा रहेको श्री मसरुर पब्लिक आधारभुत विद्यालय प्रसौनीमा “सबैलाई प्रेम गर, कसैलाई घृणा नगर” भन्ने मुल नाराका साथ अहमदिया संघ नेपालले शुक्रवार निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । मजलिस अनसारुलाह नेपाल र मजलुस खुद्दामुल अहमदिया नेपालको सहयोगमा सम्पन्न शिविरबाट ३२० जना लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ । शिविरमा देश, बिदेश बाट आएका डा.मुकेश यादव, डा. मेलिना ताफिस,डा. राज कुमार ,डा. डिएगो सोयो, डा. बेनिता कोरो लगायत  डाक्टरहरुको टिम द्वारा दन्त परीक्षण गरेका हुन। अहमदिया सँघ नेपालका अध्यक्ष कमरुल हुदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी, विशिष्ट…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search