Skip to main content

Sarbocha Khabar

Advertisement

मुद्दा शाखाका हवल्दार यादवले असुली गर्ने मनसायले कलवारलाई धम्की दिदै

Advertisement

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यारत्त हवल्दार हरिशंकर यादवले उजुरी परेका व्यक्ति सँग केही असुली हुने मनसायले फोन गरी धाकधम्की दिदै आएको घटना उजागर भएको छ ।

वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने श्याम सुन्दर प्रसाद कलवार माथि रोहित प्रसाद चौहानले आफ्नो दाई राजेश कुमार चौहान सँग भएको लेनदेन सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्सामा २०८० फागुन महिनामै जाहेरी दिएका थिए ।
श्याम सुन्दर कलवार र राजेश चौहान बिच बिगत समयमा भएको सबै लेनदेन हरहिसाब गरी समाधान भईसक्दा पनि कलवारलाई बदनाम गराउन र पैसा असुल्नकै लागि हवल्दार यादव सँग मिली मुद्दा दिएको कलवारले दाबी गरे ।

हवल्दार यादवले मुद्दा परेको व्यक्ति श्याम सुन्दरलाई नभई उनका भाई बृजकिशोर कलवारलाई बारम्बार फोन गरी आर्थिक लाभ लिने उदेश्यले धम्की दिदै आएको रेकर्ड यस अनलाईन सँग सुरक्षित छ ।

मुद्दा शाखाको म सबै भन्दा बढी जान्ने र आफुले भने अनुसारको सबै कुरा हुने भन्दै धाक लगाउदै आएका हवल्दार यादवले कलवार सँग रकम ठग्नैको लागि विभिन्न बहाना बनाई फोनमा कहिले राम्ररी कुरा गर्ने त कहिले धम्की दिदै आएका छन् । श्याम सुन्दर र राजेश बिच भएको लेनदेन सबै समाधान भईसक्दा पनि हवल्दार यादवले बिपक्षी राजेश सँग मोटो रकम लिई आफुलाई मानसिक तनाव दिदै आएको श्याम सुन्दरको आरोप रहेको छ ।

राजेशले विभिन्न व्यक्तिहरु सँग करोडौं रुपैया ठगी गरी हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ । हाल राजेश माथि जिल्ला प्रहरी कार्यालय पर्सा र सम्मानित जिल्ला अदालतमा दर्जनौं मुद्दा बिचाराधिन अवस्थामा रहेको भए पनि हवल्दार यादवले उनलाई पक्राउ गरी कारवाही गर्नु गराउनुको साटो राजेश सँग मिली उल्टै श्याम सुन्दरका भाईलाई फोन गरी म सबै थोक प्रमाणित गरी गराई जसरी पनि दोषी करार गराई छाडने भनि धम्की दिदै आएका छन् ।
हवल्दार यादव जस्ता घुसखोर प्रहरीका कारण पर्सा प्रहरी र संगठन नै बदनाम हुदै आएकोमा यस तर्फ नियमनकारी निकायको ध्यान पुग्न आवश्यक रहेको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search