Skip to main content

Sarbocha Khabar

Advertisement

पत्रकार महासंघकाे सदस्यता नामावली सच्याउन पर्साका चार संगठनकाे माग

Advertisement
वीरगंज । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले सार्वजनिक गरेको सदस्यता नामावलीमा प्रति पर्साका ४ पत्रकार संगठनले आपत्ति जनाएका छन् ।
प्रेस चौतारी पर्सा,  प्रेस युनियन पर्सा, समाजवादी प्रेस संगठन पर्सा र प्रेस मंञ्च नेपालले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै चाेर बाटाेबाट सार्वजनिक गरिएकाे नामावली प्रति ध्यानाकर्षण भएको जनाउँदै सदस्यता नमावली सच्याउँन माग गरेको हो ।
जिल्ला शाखाले सर्वसम्मत रुपमा प्रदेश समिति मार्फत केन्द्रलाई सिफारिस गरेको नामावली विपरित चोर बाटोबाट पटक–पटक सार्वजनिक गरिएका सदस्यता नामावली प्रति आपती जनाउँदै जिल्ला शाखाको सिफारिस विपरित केन्द्रीय समितिले सार्वजनिक गरेको नामावलीमा गैर पत्रकार समेत समावेश गरी ल्याइएको चार संगठनहरुकाे ठहर रहेकाे जनाएका छन् ।
विधानतः शाखा र प्रदेशबाट सिफारिस नै नभएका व्यक्तिको नाम समेत आश्चर्य चकित रुपमा केन्द्रले थपेर महासंघको गरीमा समेत घटाएको तथा पर्सामा सिफारिस विपरित कुनै पनि नाम उल्लेख गरी आएमा सो नामावली स्वीकार्य नहुने जानकारी प्रकाशित गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
संगठनहरुले महासंघ विधि विधानसम्मत चल्दै आएको संस्थाका रुपमा स्थापित रहेको हुँदा कुनै व्यक्ति वा संस्थाको प्रभावमा प्रकृया मिचेर नाम थपघट गर्ने कार्यको छानविन गरी उचित कार्वाहीको माग समेत गरेको छ ।
नेपाल पत्रकार महासंघको सुर्खेतमा सम्पन्न केन्द्रिय साधारण सभाबाट पारित सदस्यता शुद्धिकरण अभियानमा हामी पूर्ण प्रतिवद्ध रहेका भन्दै संगठनहरुले विधि विपरितको नामावली नसच्चिएसम्म पर्सामा निर्वाचनको कुनै प्रकृया अगाडी नबढाउने साथै निर्वाचन नहुँदा सृजित हरेक अवस्थाको जिम्मेवार स्वयम् केन्द्रिय समिति नै हुने विज्ञप्ती उल्लेख गरिएको छ ।
प्रकाशित विज्ञप्तीमा नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहान, प्रेस चौतारी पर्साका अध्यक्ष  विजय भण्डारी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन र प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिरेन्द्र साह हिटलरले हस्ताक्षर गरेका छन् । यसअघि नै समाजवादी प्रेस संगठ नेपाल पर्साले नेपाल पत्रकार महासंघ पर्सा शाखामा गरेकाे तालावन्दी यथावत रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

पर्साका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत फेरिए, को कहाँ पुगे?

वीरगञ्ज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवासँगै पर्साका विभिन्न स्थानीय तहको प...
क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search