Skip to main content

Sarbocha Khabar

Advertisement

एसपी मिश्राले आफ्नो कार्यभार सम्हाले

१४ माघ, बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखकोमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले सोमबार आफ्नो कार्यभार सम्हालेका छन्।  चितवनबाट सरुवा भई आएका एसपी मिश्रले कार्यालयमा औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

एसपी मिश्रलाई जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंलगायतका प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। मिश्रले इमान्दारिता, अनुशासन र कर्तव्यनिष्ठाको आधारमा आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता जनाउँदै प्रहरी जवानदेखि अधिकारीसम्मलाई निर्देशन दिएका छन्।

एसपी मिश्रले यसअघि २०६४ सालमा वडा प्रहरी कार्यालय श्रीपुरको प्रमुखका रुपमा कार्य गरेका थिए। सोही कार्यकालमा उनले विभिन्न दाताहरूको सहयोगमा भाडाको भवनमा सञ्चालनमा रहेको कार्यालयलाई निजी भवन निर्माण गरी व्यवस्थित रूपमा सञ्चालनमा ल्याएका थिए।

एसपी मिश्र चितवनमा सरुवा भएको दुई महिनामै पर्सा जिल्लाको नेतृत्वका लागि नियुक्त भएका हुन्। उनका अनुसार आफ्नो नेतृत्वमा पर्सा जिल्लामा शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा ध्यान केन्द्रित गरिनेछ।

पर्सा जिल्लामा कार्यभार सम्हालेपछि एसपी मिश्रले प्रहरी संगठनभित्र अनुशासन, इमान्दारी र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Home
ताजा अपडेट
ट्रेन्डिङ
Search