२८ चैत्र २०८० २२:४५
२८ चैत्र २०८० २२:४५
२८ चैत बिरगंज । बिन्दवासिनी गाउँपालिका वडा नं. ३ मा रहेको श्री नेपाल स्काउट निम्न माध्यमिक विद्यालय ठूलो इटियाहीमा शैक्षिक सत्र २०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम बुधवार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष मुकेश कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न अन्तिम परिक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रममा बाल विकास देखि कक्षा ८ सम्म प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल भएका विद्यार्थीहरुलाई अबिरको टिका लगाई पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरु मध्ये नियमित उपस्थिति, अनुशासन (बानी ब्यहोरा रहन सहन) दक्षता तथा अन्य क्रियाकलापहरुको मूल्याकंंन गरि हरेक कक्षाबाट एक जना…
