Skip to main content

Sarbocha Khabar

Advertisement

जनप्रतिनिधिले कर्यकारी अधिकृत माथी कुटपिट गरेको भन्दै कर्मचारीहरु द्वारा कामकाज ठप्पको घोषणा

Advertisement

२० चैत, वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत प्रमाेद कुमार साहलाई त्यही गाउँपालिकाका  जनप्रतिनिधिले नेम प्यलेटबाट हिर्काएपछि अधिकृत घाइते भएका छन् ।

गाउँपालिका कार्यालयमै प्रमुख प्रशासकिय अधिकृत साहलाई मंगलबार दिउसाे गाउँ कार्यपालिका सदस्य दिनेश प्रसाद कलवाहरले गाउँपालिका अध्यक्षकाे नेम प्यलेटले हिर्काउनुकाे साथै कुटपिट समेत गरेकाे कर्मचारीहरुले प्रेस विज्ञप्ति  मार्फत   वताएका छन् । कुटपिट गर्ने गाउँ कार्यपालिका सदस्य कलवारलाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ । घाइते अधिकृत साहकाे छातीमा गम्भिर चाेट लागएकाे छ ।

कर्मचारीहरुका अनुसार कार्यालय समय मै दिउसाे २ बजे गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले प्रमुख प्रशासकिय अधिकृत साहलाई आफ्नाे कार्यकक्षमा बाेलाएका थिए । त्यहीं समयमा उनकै कार्यकक्षमा बसेका गाउँ कार्यपालिका सदस्य कलवारले गाली गलौज गर्दै एक्कासी निजको कलर घाँटी समाति उनले लगाएको लुगा सर्ट च्याती लछारपछार गरी अन्धाधुन्ध हातमुक्का तथा काठ फलाम भएको गाँउपालिका अध्यक्षको नेमप्लेट समेतले हिर्काएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत साह धाेबिनी गाउँपालिका कार्यालयमा हाजिर भएदेखि नै कार्यपालिका सदस्य दिनानाथ भन्ने दिनेश प्रसादले पटक पटक सानो तिनो कुरामा विवाद श्रृजना गरि कार्यालयबाट गर्न नहुने गैर कानुनी भुक्तानी गर्न दबाब दिदै आएको र  कर्मचारीहरुसँग रिसिईवी साधी पूर्व रिसिईवीबाट प्रेरित भई बारम्बार अभद्र व्यवहार गर्ने गरेकाे कर्मचारीहरुकाे भनाई छ ।

अधिकृत साहमाथि जनप्रतिनिधिबाट नै भएकाे दुर्व्यवहार तथा कुटपिट घटनाकाे गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु घोर भत्र्सना समेत गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरुले संयुक्त रुपमा मंगलबार नै प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई तुरुन्त कडाभन्दा कडा कारवाहीको माग गरेका हुन् ।

कर्मचारीहरुले दोषीमाथि कारवाही नभएसम्म गाँउपालिका अन्तर्गतको आकस्मिक सेवा वाहेकका सम्पूर्ण सेवा ठप्प गर्ने घोषणा समेत गरेका छन् । पिडित साहले मंगलबार नै दाेषीमाथि कारवाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा उजरी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

क्यान्डल बालेर खेरुङ बाढी–पहिरोका मृतकप्रति गोल्डेन फ्युचरको श्रद्धाञ्जली

वीरगञ्ज । रसुवाको खेरुङमा आएको बाढी–पहिरोमा परी ज्यान गुमाएका मृतकहरूको सम्झनामा वीरगञ्जस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कूलमा सोम...
गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब  गठन

गोल्डेन फ्युचरमा विद्यार्थी नेतृत्व विकासका लागि तीन क्लब गठन

वीरगञ्ज । वीरगञ्ज–११, श्रीपुरस्थित गोल्डेन फ्युचर सेकेन्डरी स्कुलमा Science Innovation Club, Future Leadership Club तथा Spor...
जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

जगरनाथपुरमा समावेशी विकासमा जोड, अपाङ्गतामैत्री नीति र बजेट निर्माणको प्रतिबद्धता

पर्सा, जगरनाथपुर । पर्साको जगरनाथपुर गाउँपालिकाले लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास...
भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

भाथा बाबाको दर्शनका लागि तिलावे नदीबाट जल बोकेर डाक बममा भक्तजनको प्रस्थान

वीरगञ्ज, पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वा गोगस्थित तिलावे नदीबाट जल लिएर प्रसिद्ध धार्मिकस्थल बाबा दुधेश्वर महादेव (भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search