Skip to main content

Sarbocha Khabar

Advertisement
सर्वोच्च खबर

सर्वोच्च खबर

634 Posts
एसपी कुमोध ढुंगेलको सरुवा पर्सा जिल्लामा

एसपी कुमोध ढुंगेलको सरुवा पर्सा जिल्लामा

बिरगंज ।  नेपाल प्रहरीका ७८ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको निर्णय अनुसार एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं परिसरका एसपी कुमोध ढुंगेललाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी दिएको छ । त्यसैगरी सम्पत्ति सुदृढीकरणकी एसपी बसुन्धरा खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा रन्जित सिंहले राठौरलाई पठाएको छ । चितवनमा भावेश रिमाल सरुवा भएका छन् भने सिन्धुपाल्चोकमा संतोष खड्कालाई पठाएको छन् । त्यसैगरी, झापामा मिलन केसी, मोरङमा नवराज कार्की, सिरहामा सन्तोष आचार्यको सरुवा भएको छ । सरुवा भएका एसपीहरुको फागुन महिना…
Read More
बिन्दबासिनीमा न्यायिक समिति कार्यालयको उदघाटन

बिन्दबासिनीमा न्यायिक समिति कार्यालयको उदघाटन

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकाको न्यायिक समितिको कार्यालय सोमबार एक कार्यक्रमका बीच उदघाटन भएको छ । गाउँपालिका उपप्रमुख ज्योती देवी चौरसियाको पहलमा निर्मित सो कार्यालयको जिल्ला समन्वय समिति पर्साका उपसभापति पुरन पटेलले रिबन काटेर समुद्घाटन करेका थिए । उदाटन पश्चात उपप्रमुख चौरसियाले आर्थिक वर्ष २०८०÷८१ मा हालसम्म यस पालिकामा ८८ वटा मुद्दा परेकोमा त्यसमध्ये ४५ वटा मुद्दाहरू टुंग्गो लागि सकेको बताईन । खासगरी आपसी झै–झगडा, जग्गाको लेनदेन, महिला हिँसा, कुटपिट लगायतका मुद्दाहरू पर्ने गरेको उनको भनाई रहेको थियो । आफु निर्वाचित भएर आइसकेपछि गाउँपालिकामा परेका मुद्दाहरुको छलफल गर्न गाह्रो हुँदा नयायिक समितिको छुट्टै कार्यालय बनाउनका लागि पहल गरेको र आज…
Read More
भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने सरकारको निर्णय

काठमाडौं, १३ मंसिर ।  सरकारले जाजरकोट भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न सेना र प्रहरी खटाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पपीडितका अस्थायी आवास निर्माण गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘अस्थायी आवास निर्माणमा समस्या भयो भन्ने आइसके पछाडि अस्थायी आवास निर्माणका लागि प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समिति बनेको हुन्छ, त्यसैको सिफारिसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई खटाउने भन्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन् । गत १७ कात्तिकमाम जाजरकोट बारेकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर…
Read More
भूकम्पपीडितलाई दिने अनुदान रकम एकै किस्तामा दिन सरकारसँग काँग्रेसको आग्रह

भूकम्पपीडितलाई दिने अनुदान रकम एकै किस्तामा दिन सरकारसँग काँग्रेसको आग्रह

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसले भूकम्पपीडितलाई अस्थायी आवास निर्माण गर्न तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । धुम्बाराही स्थित सभापति शेरबहादुर देउवाको निवासमा बुधबार बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले अस्थायी आवास निर्माण गर्न सरकारले तत्काल दिने भनिएको अनुदान रकम एकै किस्तामा दिने व्यवस्था गर्न आग्रह गरेको हो । जाजरकोट भूकम्पबाट पीडितलाई सरकारले अस्थायी आवासका लागि तत्काल प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो । तर त्यो रकम अहिलेसम्म पनि पीडितको हातमा पुगेको छैन । पीडितहरू चिसो भुइँमा त्रिपालमुनि रात कटाउन बाध्य छन् ।
Read More
नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता

काठमाडौं, १३ मंसिर । नेपालमा पहिलो पटक समलिंगी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाँउपालिकाले दोर्दी गाँउपालिका–२ का रामबहादुर गुरुङ र नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र पाण्डेको समलिंगी विवाह दर्ता गरेको हो । सर्वोच्च अदालतको आदेश एवं राष्ट्रिय पञ्जीकरण विभागको निर्देशन अनुसार, दोर्दी गाँउपालिका–२ को वडा कार्यालयले विवाह दर्ता गरेको हो । विवाहदर्ता पछि समलिंगी जोडी रामबहादुर गुरुङले सुरेन्द्र पाण्डेसँग समलिंगी विवाह गरी दोर्दी गाँउपालिका–२ को वडा कार्यालयमा समलिंगी विवाह दर्ताका लागि निवेदन दिएका थिए । समलिंगी अधिकारको वकालत गर्दै आएका अधिकारकर्मी सुनिलबाबु पन्तले समलिंगी विवाह नेपालकै पहिलो भएको दाबी गरेका छन् । यो घटना आगामी दिनका लागि कोशेढुङ्गा…
Read More
स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

स्वर्णिम वाग्ले रास्वपाको उपसभापति, सुमना श्रेष्ठ सहित ३ जना सहमहामन्त्री

काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । यस्तै सहमहामन्त्रीमा कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिन आचार्य चयन भएका छन् । महोत्तरीमा जारी बैठकले संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठलाई निरन्तरता दिएको छ । पार्टी कोषाध्यक्ष लिमा अधिकारी सह–कोषाध्यक्ष वसुमाया तामाङ र दीपक बोहरालाई तोकेको छ । यस्तै पार्टीका सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल, रमेश प्रसाई रहेका छन् । यसअघि उपसभापति रहेका डिपी अर्याल सोही पदमा कायमै छन् । उनी र वाग्ले सहित पार्टीमा अब दुई उपसभापति रहनेछन् । महामन्त्रीमा मुकुल ढकाल यथावत् छन् । प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार निरन्तर नै रहनेछन् ।
Read More
युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

युवकलाई कुटपिट गरेर हत्या गरेको आरोपमा सात जना पक्राउ

धनगढी, १३ मङ्सिर । विवाहमा गएका कैलालीका एक युवकको सामूहिक कुटपिटबाट मृत्यु भएको छ। लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामूहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। सामूहिक कुटपिटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट ज्यान गएको हो। घेराघाटका डिल्ली कोइरालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरूको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो। नेपालगन्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो। टीकापुर अस्पतालका…
Read More
‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदेऊ छेउ’ घन्किँदा नवीनसँगै नाचे ज्येष्ठ नागरिक

मोहम्मद हबिब भैरहवा, १३ मङ्सिर । ‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ, भ्रष्टाचारी जतिलाई पुर्‍याइदिऊँ छेउ’  भन्दै गायक नवीन पौडेलले गीत के गाएका थिए रुपन्देहीको सैनामैना बस्ने ८६ वर्षीय ज्ञानधरी अर्याल नाच्न स्टेज निरै पुगिन् । गायक पौडेलेले हालको परिस्थिति र अवस्थालाई सङ्गीतको माध्यमबाट प्रस्तुत गर्दा गीतको लयसँगै उनी निकै बेरसम्म नाचिन् । उमेरले ज्येष्ठ नागरिक भए पनि नृत्यमा भने ‘भ्रष्टाचारी जतिलाई पुर्‍याइदिएँ छेउ’ भन्दै दोहोराउँदै तन्नेरीकै शैलीमा  अर्याल भुरुक्क भुरुक्क नाचेर साथ दिइन् । देशको समसामयिक अवस्थालाई शब्द सिर्जना साथै स्वरमार्फत  जनतालाई जागरूक गराउने पौडेलको त्यो गीतबाट अर्यालले भरपुर मनोरञ्जन गरिन् । गायक नवीनकै गीत सुनेर अर्की ७५ वर्षीय राधा गौतमले पनि जोसका साथ नाचेर साथ दिइन्…
Read More
रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

रास्वपाको केन्द्रीय समिति ५२ सदस्यीय, १४ जना मनोनीत

महोत्तरी, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो  केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको छ । जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई ५२ सदस्यीय बनाएको हो । बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै ५२ सदस्यीय बनेको हो।   केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निशा डाँगी, सांसद मनिष झा, डा तोसिमा कार्की, शिशिर खनाल, हरि ढकाल, डा स्वर्णिम वाग्ले, डा चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।
Read More
एनसेलको सबै सेयर बेचेर आजियाटा नेपालबाट बाहिरिने

एनसेलको सबै सेयर बेचेर आजियाटा नेपालबाट बाहिरिने

  काठमाडौँ, १३ मङ्सिर । मलेसियाको आजियाटा कम्पनीले एनसेलको सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको  छ । एनसेलको ८० प्रतिशत सेयर हिस्सा रहेको आजियाटाले आफ्नो सबै सेयर बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको हो। सञ्चालक समितिको बैठकले एनसेलको सबै सेयर बिक्रीमा राख्ने र बेचेर नेपालबाट बाहिरिने निर्णय गरेको आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बताए ।   सात वर्षअघि टेलिया सोनेरासँग एनसेलको सेयर किनेको आजियाटाले एनसेलको व्यापार लगातार खुम्चिँदै गएपछि नेपाल छाड्न लागेको अनुमान गरिएको छ । सात वर्ष अघि देखिको एनसेल करको विवाद कायम रहेका बेला आजियाटाले नेपाल छाड्न लागेको हो ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search